Khabar Dabali Logo
  April 8, Wed

प्रधानमन्त्रीको विकल्प खोज्नेहरु साम्राज्यवादीका एजेन्ट हुन्

  • चैत ३ गते, २०७६ - १५:१२
  • Uncategorized

प्रधानमन्त्री विरामी भए पनि पार्टी र सरकारको कामकारवाहीमा कुनै असर परेको छैन । एउटा अध्यक्ष विमारी भएपनि अर्का कार्यकारी अध्यक्ष पार्टीमा छँदै छन् । सरकारको काम पनि चलिरहेकै छ ।

यहाँ नकारात्मक सोंच भएकाहरु एमसीसी, सीमासँग प्रधानमन्त्री ओलीलाई जोडेर खेदो खनिरहेका छन् । के एमसीसीको समस्या आजको हो ? सीमा समस्या आजको हो ? किन केपीसँग जोड्नु पर्यो ? उहाँको विकल्पमा कोही आउँदा नेपालमा बिहानको समस्या बेलुका समाधान हुने कुनै जादुगर छ ? सत्तारुढ दलभएको कारणले यावत समस्या समाधान गर्ने जिम्मा हाम्रो काँधमा छ । यसको मतलब हामी चुप लागेर बसीरहेका छौं ? कोरोना रोकथाममा पनि स्वास्थ्यमन्त्री क्रियाशील रहेका छन् । नेपाल सरकार छ । सबै काम भइरहेको छ । कोरोना नियन्त्रण गर्न सरकारले कुनै करस बाँकी राखेको छैन । यो त अनावश्यकरुपले त्रास सिर्जना गर्नकोलागि कर्पोरेट घरना, मिडिया, माफिया, तक्कर र वर्गशत्रुहरुले फैलाएको त्रासमात्र हो । नेकपामा पनि खास गरी ओलीलाई जोडेर गरिएको नियोजित डिजायन मात्र हो । कतिबेला कसको के हुन्छ ? कोही बिमार हुन्छ, कोही स्वस्थ हुन्छ । बिमारी हुने वित्तिकै प्रधानमन्त्री रोगी भए विकल्प खोज्नु पर्ने भन्ने हुन्छ ? यो भन्ने आधिकार पार्टी बाहेक अरु कसैलाई छैन । पार्टीले राम्रो काम गरिरहेकै छ ।

प्रधानमन्त्रीको किन विकल्प चाहियो ? कसलाई प्रधानमन्त्री बन्नु छ ? प्रधानमन्त्रीले आराम गर्नुहुन्छ । आरामको जरुरत पनि पर्छ । प्रधानमन्त्री डाइलोसिसमा हुँदा पनि देशको काम गरिरहनु भएको थियो । नेपालीले आवश्यकताभन्दा बढि कल्पना गर्छ । फाल्तु गफ गरेर हुन्छ ?

सयौं वर्षसम्म भारतीय सेना कालापानीमा आएर बसेको छ । राजा महेन्द्रको पालामा आएर बसेको हो । यसबीचमा दुई दर्जन शासक सत्तामा आए सीमा समस्या समाधान गर्न कसले पहल गर्यो ? २५ वर्ष कांग्रेसले शासन गर्यो, किन हटाउन सकेन ? तत्कालिन एमाले र माओवादी पटकपटक सरकारमा गए । कतिजना रक्षामन्त्री भए, त्यतिवेला किन महशुस गरेन ? ७२ ठाउँमा सीमा मिचिएको छ । एउटा गाउँमा पनि अमेरिकन फौज आएको छ र ? एक इन्ची जमिन कब्जा गरेको छ ? अनि अमेरिका आएर खाइदेला भनेर अनावश्यक हल्ला फैलाउनुको अर्थ के हो ?

यो सबै साम्राज्यवादी र भारतीय विस्तारवादीका एजेन्टहरुले फैलाएको हल्ला हो । त्यसकारण नेपालमा केही पनि भएको छैन । केपी ओलीको ठाउँमा ज्ञानेन्द्रलाई प्रधानमन्त्री बनाएर समाना गर्न सक्छन् ? शेरबहादुरले सक्छन् ? प्रचण्डले सक्छन् ? नेपालको जुन सामाजिक, आर्थिक अवस्था हो, ओली जीलेनै कति समाना गर्न सक्नुहुन्छ ? यसो भन्दैमा कुनै पनि चिजको नजर अन्दाज गर्नुपर्छ भन्न खोजिएको होइन । आवश्यक तयारी गर्नुपर्छ । जोगिनु पर्छ । सतर्कता अपनाउनु पर्छ । यस बारेमा काम भइरहेकै छ नि । अनावश्यरुपले उठाएका कुराहरुको पछि लागेर हुन्छ ?

चैत ३ गते, २०७६ - १५:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल । बुटवल धागो कारखानाको भवनमा बनाइएको काेरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव...   
४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं । विगत ४ दिनदेखि नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले...   

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ७७ हजार २४५ ले पाए ५० कित्ता

काठमाडौं । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक...   
चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

काठमाडाैं । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर...   
लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

पृष्ठभूमि यतिबेला विश्व कोरोना भाईरस महामारिको चपेटामा परेको छ । लगभग संसारका सबै जसो मुलुकहरु कोरोनासँग...   

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका व्यावसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न...   
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास...   

खरिद प्रक्रिया विवादित भएपछी स्वास्थ्य सेवा विभागदृारा पुनः बोलपत्र आह्वान

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न पुन: बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य...   
सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस नेता एंव सांसद गगनकुमार थापाले सामाजिक सञ्जालबाटै...   
क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top