Khabar Dabali Logo
  August 15, Sat

नेतृत्वकाे गदृारीले सिंगो माओवादी पार्टी र आन्दोलन नै विघटन हुने अवस्था बन्याे

  • फागुन १ गते, २०७६ - १३:२५
  • Uncategorized

२५ औं जनयुद्ध दिवस मनाइ रहदा जनयुद्धको नेतृत्व लिएको महान तथा गौरवशाली पार्टी अहिले विभाजित अवस्थामा छ । एकातिर जनयुद्धका महान नेता भनिएका प्रचण्ड–बाबुराम अहिले संसदीय आहालमा चुर्लुम्म डुबेका छन् । त्यसको विपक्षमा जनयुद्धको लिगेसी लिएर किरण र विप्लबले नेतृत्व गरेका पार्टीहरु जनयुद्धकै गतिमा विभिन्न मोर्चाहरु बर्ग संघर्ष विकास गरिरहेका छन् । मुलतः अहिले संसदीय व्यवस्थामा डुब्ने र फाल्ने दुई वटा धारमा हिजोका माओवादी आन्दोलनकारी विभाजित भएका छन् ।

हिसाबले हेर्दा अहिले जनयुद्धको लिगेसी जसले क्रान्ति गर्नुपर्छ । जनवादी सत्ता स्थापित गर्नुपर्छ भनेर निरन्तर क्रियाशिल छन् । तिनिहरुमात्र असलि जनयुद्धका हिमायति हुन् । मुख्य न्यूनतम सपना भनेको नयाँ जनवादी क्रान्ति स्थापना गर्नु थियो । अहिले नौलो जनवादी क्रान्ति भनेको बैज्ञानिक समाजवादी व्यवस्था हो बुर्जुवा गणतन्त्र स्थापना गर्नु जनयुद्धको स्पिरिड थिएन । अहिले सत्ताधारी शक्तिहरु राजनीतिक क्रान्ति शुरु भयो अब आर्थिक क्रान्ति आवश्यक छ भनिरहेका छन् । त्यो अत्यन्त झुट सपना बाँडिरहेका छन् । वास्तवमा राजनीतिक क्रान्ति पुरा भएको छैन । राजनीति क्रान्ति भनेको नौलो जनवादी क्रान्तिनै हो । जनताको जनवादी क्रान्ति पुरा भएको छैन । जनताको अधिनायकत्व स्थापना भएको छैन । शोषण उत्पीडनको अन्त्य भएको छैन झन बढेको छ । समाजमा नव धनाड्य वर्ग स्थापित भएका छन् । राष्ट्रिय पुँजीपति वर्ग विस्तापित भएका छन् । त्यसको ठाउँमा दलाल पुँजीपति वर्गले घरजम गरिरहेका छन् । त्यसकारण २५ औं जनयुद्ध दिवसमा आइपुग्दा जनयुद्धको लिगेसी क्रान्तिकारी पार्टीसँग रहेको छ । सत्तामा छैन । सत्ताभन्दा बाहिर छन् । विद्रोहको झण्डा बोकेका छन् । त्यो शक्तिमा मात्रै जनयुद्धको लिगेसी छ ।

सर्वहारा जनताको सत्ता स्थापित गर्ने सर्तमा जनयुद्ध गरिएको थियो । विगतमा प्रचण्ड बाबुरामले लेखेका दस्तावेजबाट पनि पुष्टि हुन्छ । १० बर्षको अवधिमा नीति र नेतृत्व राम्रैसँग चलिरहेको थियो । जब माओवादी शान्तिप्रकृयामा आए त्यसपछि नेतृत्वले युद्धको न्यूनतम उदेश्यलाई तोडमोड गरेर आत्मसमपर्णको बाटो रोज्यो । नेपाली जनतामाथि गद्दारी गर्यो । विश्वासघात गर्यो । गणतन्त्रको नाममा संसदीय व्यवस्थाको पुनरावृत्ति गरियो । मुल नेतृत्वमा आएको विचलन, शहिद योद्धा र मुक्तिमामी जनताप्रति विश्वासघात र संसदीय व्यवस्थामा डुबेको कारणले अहिले माओवादी आन्दोलन छिन्नभिन्न भएको हो । शहिद, घाइते, अपाङ्गहरुको रगत खेर जान नदिन अहिलेको क्रान्तिकारी पार्टीले वर्ग संघर्ष गरिरहेको छ । नेतृत्वले गद्दारी गरेपछि एक खालको कालो युग शुरु भएको थियो । विचलन आएको थियो । तर, क्रान्तिकारीहरुले फेरी क्रान्तिको ज्वारभाटा सिर्जना गर्ने तयारी गरिरहेका छन् ।

२५ औं जनयुद्ध दिवस हामी देशव्यापीरुपमा मनाउँछौं । जनतालाई जनयुद्धको महत्व र सकारात्मक परिवर्तनकोबारेमा प्रचार गछौं । प्रतिक्रियावादी, संशोधनवादी, विस्तारवादी र सामराज्यवादीको इशारा देश र जनतामाथि घात गर्नेका विरुद्ध हामी सशक्त प्रतिरोध गछौं । बुर्जुवा, अर्ध सामन्ती, अर्धअपनिवेशिक व्यवस्थालाई ध्वस्त गरी बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने उदेश्यसहित हामी निरन्तर अगाडि बढ्छौं ।

अर्को कुरा प्रचण्डले भनेको जस्तो विप्लबले प्रचण्डको नक्कल गर्न क्रान्ति गरेका होइनन् । विप्लबले कहिपनि प्रचण्डको नक्कल गरेका छैनन् । विप्लबले नयाँ ढंगले क्रान्तिको तयारी गरिरहनु भएको छ । उहाँले एकीकृत क्रान्तिको नेतृत्व गरिरहनु भएको छ । उहाँले नयाँ ढंगले पार्टीलाई संस्लेशण गर्नुभएको छ । क्रान्तिको तौलतरिका क्रातिको रणनीति र कार्यनीति नयाँ ढंगले विकास गर्नुभएको छ । हिजोको विप्लबको आधारमा प्रचण्डले त्यसो भनेको भए त्यो उहाँको भ्रम हो । विप्लब विचार, अध्ययनको हिसाबले धेरै माथि गइसकेका छन् । राजनीतिक वैचारिक हिसावले धेरै माथिबाट सोचिरहनुभएको छ । विप्लबलाई प्रचण्डको कपी भन्नु हास्यस्पद हुन्छ ।

(पन्त विप्लव नेतृत्वको नेकपा निकटका अधिवक्ता हुन्)

फागुन १ गते, २०७६ - १३:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुपाल्चोककाे लिदी बस्ती स्थानान्तरण गरिने

सिन्धुपाल्चोक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको...   
गण्डकी प्रदेशमा थप १० जनामा देखियो कोरोना

गण्डकी प्रदेशमा थप १० जनामा देखियो कोरोना

काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पोजिटिभ देखिएको छ । पोखराको क्षयरोग उपचार केन्द्र मा...   

१ करोड ६ लाख हिनामिना गरेको अभियोगमा असई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई १ करोड...   

आयुर्वेदिक औषधिले कोरोनाका संक्रमित छिट्टै निको

काठमाडौं। आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई...   

आजदेखि १५ भदौसम्म काठमाडौं उपत्यकामा यस्ता गतिविधि गर्न रोक

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड...   

दुई अर्ब रुपियाँले घट्यो टेलिकमको आम्दानी

काठमाडौं। कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको...   

९० प्रतिशतमा विद्युत पहुँच

काठमाडौं । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल...   

जुगल पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध...   

पौडेल पक्षको निरन्तर विरोध, देउवा अगाडि बढेको–बढ्यै

काठमाडौं। १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा सभापति शेरबहादुर देउवा र इतर पक्षका गतिविधि...   
भरतपुरमा डाक्टरकै घरमा स्टिकर टाँस्न गए स्थानीय, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन

भरतपुरमा डाक्टरकै घरमा स्टिकर टाँस्न गए स्थानीय, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन

चितवन । भरतपुर महानगरपालिकाका बासिन्दाले कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीलाई नै मानसिक तनाव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top