Khabar Dabali Logo
  July 16, Thu

दोस्रो तहको नेताले खुट्टा कमाउँदा राजधानी हाम्रो हातबाट फुत्कीयो

  • पुस २९ गते, २०७६ - १३:४७
  • Uncategorized

संघीयताको मर्म विधि, विधान, संविधान, नियम, कानूनको विषयमा हामीले दलको बैठक र प्रदेशसभा र समितिको बैठकमा पटकपटक कुरा उठाएको हो । तर कुनै सुनुवाइ भएन । प्रदेशको नाम र राजधानी तोक्ने सम्बन्धमा हाम्रो पार्टीको सचिवालयको बैठकले गरेको निर्णय संविधानको धारा २८८(२)मा भएको व्यवस्था विपरित छ । त्यहाँ स्पष्ट रुपले सम्बन्धित प्रदेशसभाको दुई तिहाई सदस्यको मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने भन्ने उल्लेख गरेको छ । प्रदेशसभाको अधिकारमाथि पार्टीले हस्तक्षेप गर्न हुने थिएन । तर, किन हो मैंले बुझेको छैन ।

अझ बाहिर त २ र ३ नं. प्रदेशको पुनर्सरचना गर्न तत्कालको लागि राजधानी हेटौंडा कायम गरेको भन्ने तर्कपनि आइरहेको छ । प्रदेशसभाको बहुसंख्यक सदस्यहरु हेटौंडाको बिपक्षमा थिए । तर, पार्टीको हस्तक्षको कारण केहि गर्न सकिएन । दीपक निरौंला जीले प्रस्तुत गरेको प्रतिवेदनमाथि सदन र दलको बैठकमा छलफल हुँदा बहुसंख्य सदस्यहरु हेटौंडाको विपक्षमै मत जारी गरेका थिए । त्यसमा राजेन्द्र पाण्डेलगायतले हामीलाई साथ दिएका हुन् । तर, अन्तिम अवस्थामा किन खुट्टा कमाए थाहा भएन । मैले पटक–पटक प्रदेशको नाम र राजधानी उपयुक्त छैन, यसले कुनै पहिचान दिँदैन भएको थिएँ । यसमा ठुलो गल्ति दलको नेता तथा सभामुखबाट भएको छ । उहाँले नै प्रतिवेदन गुपचुप राखि पार्टी नेतृत्वको मुख ताकेर बस्नुभयो ।

मत विभाजित भएपछि पार्टीले हस्तक्षेपभन्दा पनि सल्लाह दिएको दलिल पेश गरेको छ । यसमा पार्टीबाट प्रकृयागत त्रुटि भएकै हो । केन्द्रीय राजधानी पनि यहि प्रदेशमा भएको हुनाले केन्द्रले चासो राख्नु ठिक भएपनि हस्तक्षेप गर्नु ठिक भएन । यसले पार्टीलाई नै असर गर्छ ।

पार्टी नेतृत्वबाट हस्तक्षेप गरेको भएपनि दोस्रो तहको नेताले खुट्टा टेकेको भए राजधानी हेटौंडा पुग्ने थिएन । यसमा दोस्रो तहका नेताहरुले खुट्टा कमाएकै हो । नुवाकोटको पक्षमा जनमत नभए पनि काभ्रेको पक्षमा बहुमत सदस्यहरु उभिएका थिए । सबैभन्दा गल्ति बागमती प्रदेशका नेताहरुले खुट्टा कमाएकोले यस्तोस्थिति उत्पन्न भयो । नेताहरुले उपयुक्त ठाउँमा राजधानी कायम गर्नुभन्दा पनि मन्त्री, सदस्यहरुको पद जोगाउन लागे । हामी एकजुट भएर मत जायर गर्न सकेको भए पार्टीले पनि कारवाही गर्न सक्ने थिएन । अहिलेलाई यो ऐतिहाँसिक निर्णयबाट हामी चुक्यौं । यसको असर अहिले होइन पछि भोग्ने छौं ।

(खतिवडा बागमती प्रदेशका सदस्य हुन्)

पुस २९ गते, २०७६ - १३:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top