Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

डढेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डढेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पु¥याएको र ठूलो परिमाणमा साना बोटबिरूवा नोक्सान भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार रसुवाअन्तर्गत धुञ्चे, ठाडे, राम्चे, लोकिल, जुरेढुङ्गा, भार्खु र कालिका एवं नुवाकोटको घ्याङफेदी र सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रका वनजङ्गल डढेलोको चपेटामा परेका छन् ।

शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदयाममा हावाको निरन्तरता, बढी मात्रामा भिरपाखोजस्ता समस्याले डढेलो नियन्त्रण गर्न कठिनाइ हुने गरेका कारण अग्निरेखा तथा फायर फाइटिङका माध्यमबाट ठूलो नोक्सानी न्यूनीकरण गर्न समस्या भए पनि निकुञ्ज प्रशासन निभाउन प्रयासरत रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताए ।

डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीले महत्वपूर्ण योगदान दिइरहेको बताइएको छ । छयालीस प्रकारका स्तनधारी जनावर र २५० प्रजातिका पक्षी भएको निकुञ्ज जङ्गलमा डढेलोको असरले केकति नोक्सान भएको भन्नेबारे लेखाजोखा भने हुन सकेको छैन ।

सलाई, लाइटरजस्ता आगोसँग सम्बन्धित वस्तु सुरक्षित राख्न र चुरोट तथा तमाखुजस्ता धूमपान गरेका आगोको ठुटा जथाभावी नफ्याँक्न बारम्बार चेतनामूलक सन्देश प्रवाह भइरहे पनि जङ्गलमा डढेलो लगाउने बानी आजै हट्न नसक्दा वर्षेनी ठूलो मात्रामा वनजङ्गल नोक्सान हुँदै आएको छ ।

डढेलो लगाउने समस्या पुरानो रोग भए पनि यस्ता समस्या न्यूनीकरण गराउने कार्यमा भने कसूरदारलाई कारवाहीमा ल्याउन सकिएको छैन । निकुञ्जका अलावा वन कार्यालय र सामुदायिक वन क्षेत्रका भूभागमा डढेलो लगाउने व्यक्ति खोज्न नसक्दा वर्षेनी यस्ता समस्याले विकराल रूप लिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुरक्षासँग सम्बन्धित निकायको अनुसन्धानबाट हरेक कुनाकुनाका घटना पत्ता लगाई कानूनी दायरामा ल्याउने गरिए तापनि डढेलो लगाउने व्यक्तिको पहिचान गर्ने संयन्त्र वनसँग सम्बन्धित निकायमा नदेखिएकाले अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई आग्रह गर्नुपर्ने अवस्था आएको बुद्धिजीवीले बताएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies