Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पत्रकार महासंघमा ओली पक्षको पत्तासाफ : विपुल पोखरेल पक्षको अग्रता कायमै

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा अग्रता लिएको छ । महासंघकाअनुसार प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव पक्ष) सहितको संयुक्त प्यानलले अग्रता कायमै राखेको छ । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलबाट निर्वाचनमा होमिनुभएका निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा अग्रता लिएपनि पछाडि रहेको छ । देशको अधिकांश जिल्लामा मतगणना जारी रहेको र केही जिल्लाको परिणाम मात्र आएको छ ।

आएको परिणामअनुसार दुवै प्यानलबाट विजयी शुरुवाट भइसकेको छ । महासंघ निर्वाचन समितिका संयोजक कपिल काफ्लेकाअनुसार अहिलेसम्म प्राप्त तथ्याङ्कअनुसार बिपुल पोखरेलले ८६४ मत प्राप्त गर्नुभएको छ । अन्य अध्यक्षका उम्मेदवारमा निर्मला शर्माले ३७१, गजेन्द्र सिंह बुढाथोकीले २९ र ९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ७५८, माधव नेपालले ३८६ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार महिला उपाध्यक्षमा बाला अधिकारीलाई ८०१ र दाना केसीलाई ३३६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष (समावेशी) अन्तर्गत उदय जिएमले ३९६ र अवधेश झाले ३५२ मत प्राप्त गर्नुभएको छ । मोहनकुमार सिंहले ७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महासचिवमा रोशन पुरीलाई ६८९, बालकृष्ण बस्नेतलाई ३९७ र सुबोध गौतमलाई ७९ मत प्राप्त गरेको छ । त्यस्तै, सचिव खुलातर्फ गोविन्द चौलागाईलाई ६८८, रामकृष्ण ज्ञवालीले ३२२, जन्मदेव जैशीले ७१ र यम विरहीलाई ७३ मत प्राप्त भएको छ ।

निर्वाचन संयोजक काफ्लेकाअनुसार महिला सचिवमा सिर्जना अर्याललाई ७२४ र निमा काफ्लेलाई ४०२ मत प्राप्त भएको छ । त्यस्तै, सचिव आदिबासीमा नारायण किलम्बुलाई ७११, शाहीमान राईलाई २९२ र रामकुमार श्रेष्ठलाई १४० मत प्राप्त भएको छ । सोहीअनुसार दलित सचिवमा हेमकर्ण विकलाई ७२३ र मधु शाहीलाई ४०२ मत प्राप्त भएको छ ।

त्यस्तै, सचिव मधेसीमा दिपेन्द्र चौहानलाई ६९०, स्वेता सिन्हालाई ४०७ र देवकुमार यादवलाई ४७ मत प्राप्त भएको छ । सोहीअनुसार सचिव एशोसियट्स तर्फ पवन आचार्यलाई ६७८, रामेश्वर कार्की २७७, केपी ढुंगाना ६७, केशवराज खनाल ४७, राधेश्याम दाहाल ३१ र विनय देवकोटाले २२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाललाई ६५७, कृष्ण गिरी ३२०, माधव दुलाल १०० र प्रकाश थापालाई ५४ मत प्राप्त भएको छ । त्यस्तै, लेखा समिति संयोजकमा लेखनाथ न्योपानेलाई ६५३, द्वारिका काफ्ले ३१७ र लक्ष्मण कार्कीलाई १६२ मत प्राप्त भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies