Khabar Dabali Logo
  April 12, Mon

बेनी–जोमसोम सडक एक सातापछि संचालन हुने

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउन गत चैत १४ गतेदेखि यातायात बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमति लिएर एक सातासम्म विस्फोटक पदार्थ प्रयोग गरी सडक फराकिलो बनाउने काम गरिएको हो । बन्द भएको सडक आजदेखि सञ्चालन भएको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए । निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले गत पुसदेखि पहाड काट्ने काम गर्दै आएको थियो ।

उनका अनुसार विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा बनाउने काम गरिए पनि पुरै भिरको काम सक्न भने केही महिना लाग्नेछ । एक हजार ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने भएकाले सडक चौडा बनाउन लामो समय लाग्ने आयोजनाले जनाएको छ । बेनी–जोमसोम सिधा सवारी सञ्चालन भएसँगै एक सातादेखि बेनी हुँदै जोमसोम र जोमसोमबाट बेनी हुँदै आवतजावत गर्ने पर्खाइमा रहेका यात्रुलाई सहज भएको छ ।

चैत २० गते, २०७७ - १६:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश...   

एमाले प्रवेश गरेका माओवादीका चार प्रदेश सभा सदस्यको पद खारेज

जनकपुरधाम । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा...   

विभूषणमा नेपालको नयाँ नक्सा नहुनु गम्भिर त्रुटि, संसदलाई जवाफ जाहियो : पुष्पा भुसाल

काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले संशोधित नक्सा नराखिएकामा प्रमुख प्रतिपक्षी...   

५ सय ५९ कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ७८...   

कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस

काठमाडौं । कर्णाली प्रदेश सभाको सातौं अधिवेशन २०७८ वैशाख ३ गते आह्वान गर्न कर्णाली प्रदेशको मन्त्रिपरिषदले...   

माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन...   
संसदीय समितिमा जिम्मेवारी हेरफेर : महत्वपूर्ण समितिमा माधव पक्षका सांसद ‘आउट’ ओली पक्ष ‘इन’(नामावली सहित)

संसदीय समितिमा जिम्मेवारी हेरफेर : महत्वपूर्ण समितिमा माधव पक्षका सांसद ‘आउट’ ओली पक्ष ‘इन’(नामावली सहित)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा...   

कैलालीको त्रिनगर नाकाबाट भित्रिएका १३ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । संक्रमित...   

संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा गर्न वर्तमान सरकारलाई...   

राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top