Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पुर्व माओवादी नेताहरु एकैठाउँमा, कार्यदल पनि ओलीसँग असन्तुष्ट

काठमाडौं । नेकपामा पछिल्लो समय फेरि विवाद देखिएपछि पूर्वमाओवादीका नेताहरू एक ठाउँमा उभिएका छन् ।

यसअघि पार्टी विवादमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको भनेर चर्चामा आएका पूर्वमाओवादीका नेताहरू अहिले देखिएको विवादमा एक ठाउँमा उभिएका हुन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका कारण पछिल्लो समय नेकपामा विवाद देखिएको भन्दै उनीहरू यसपटक ओलीलाई साथ नदिने निर्णयमा पुगेका हुन् ।

पूर्व माओवादी मात्रै नभएर पूर्व एमालेका माधव नेपाल, झलााथ खनाल र वामदेव गौतम सबै नेता तथा कार्यकर्तासमेत ओलीविरुद्ध देखिएका हुन ।

पछिल्लो घटनाक्रमले नेकपाभित्र अध्यक्ष ओली पुर्णरुपमा एक्लिएका छन् । स्थायी कमिटीको निर्णय पालना गर्न आनाकानी गरेपछि उनकै पक्षका विष्णु पौडेललगायतका नेताहरु समेत बिच्किएका हुन ।

यसअघि असार १४ मा स्थायी कमिटी बैठक चलिरहेका बेला ओलीले भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपाली नेताहरुले भूमिका खेलेको बताएपछि पार्टीभित्रैबाट उनले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेको थियो । त्यतिबेला पार्टी विवाद उप्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड निकट स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, लेखराज भट्टलगायतले दुबै पद छाड् भन्नु पार्टी एकताको भावना विपरीत हुने तर्क गर्दै ओलीलाई साथ दिएको चर्चा व्यापक भएको थियो ।

त्यसपछि समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदनले ओलीले पूरै कार्यकाल प्रधानमन्त्री चलाउने र सहमतिका आधारमा सामुहिक रुपमा पार्टी सञ्चालन गर्ने निर्णय गर्यो । साथै, प्रचण्ड कार्यकारी अध्यक्ष रहने तथा कार्यकारी अध्यक्षको भूमिकालाई पुनर्भाषित गर्ने भनेपछि विवाद साम्य भएको थियो । तर प्रतिवेदन कार्यान्वयन भने हुन सकेन ।

अध्यक्ष ओलीले कार्यदलको प्रतिवेदन विपरित एक्लैले राजदूतहरुको नियुक्ति र मन्त्रीपरिषद् पुनर्गठन गरेपछि नेकपामा फेरि विवाद चर्किएको हो । जसका कारण ओली पार्टीमा एक्लिएका छन् । पार्टीमा एक्लिएपछि ओलीले यसपटक पनि पूर्वमाओवादीका केही स्थायी कमिटी सदस्यहरूलाई बालुवाटार बोलाएर छलफल गर्दै फकाउने प्रयास गरे । तर, उनको त्यो प्रयास असफल भएको छ ।

यसअघि पार्टीमा विवाद देखिएपछि एक्लिँदा पूर्वमाओवादीका नेताहरूको साथ पाएका ओली यसपटक पनि त्यही आशामा थिए । तर, स्थायी कमिटी बैठक र कार्यदलले गरेका निर्णय कार्यन्वयन गर्नुको साटो एकलौटी चलेको र अरुका कुरा नसुनेको भन्दै उनीहरूले ओलीलाई साथ नदिने स्पष्ट पारिसकेका छन् ।

यसअघि ओलीलाई साथ दिएका पूर्वमाओवादी निकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पहिले ओलीले दुवै पद छोड्नुपर्ने माग एकता विरोधी थियो र त्यसको विपक्षमा लागेका हौं । यसपटक ओलीको तानाशाही प्रवृतिका कारण पार्टीमा विवाद देखिएको हो । यसपटक उहाँ (केपी ओली)लाई साथ दिन सकिँदैन । यसअघि ओलीलाई साथ दिएका पूर्वमाओवादीका नेताहरू कसैले पनि यसपकट साथ दिँदैनौं भनि सकेका छौं । यसपटक पूर्वमाओवादी सबै एक ठाउँमा छौं ।’

पूर्वमोओवादी निकट एक स्थायी कमिटी सदस्यले अहिले पूर्व एमाले र माओवादी भन्ने नहरे पनि ओलीको तानाशाही प्रवृत्तिविरुद्ध एक ठाउँमा उभिन बाध्य भएको बताए ।

ओलीको कार्यशैलीप्रति उनी निकटकै नेता पनि रुष्ट बनेका छन् । त्यसको पछिल्लो उदाहारण हो, स्थायी कमिटीले २६ असोजमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय कार्यदल तात्नु ।

ओलीले उक्त कार्य किन दलले दिएको प्रतिवेदन कार्यान्वयन गरेनन् ? भन्ने प्रश्न उक्त कार्यदलका सदस्यहरू सोध्ने तयारीमा छन् । त्यसमा अग्रसरता ओली निकट मानिएका उक्त कार्यदलका संयोजक तथा पार्टी महासचिव विष्णु पौडेलले गरेका छन् ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies