Khabar Dabali Logo
  September 21, Mon

यी हुन् सरकारका १० निर्णय : रेष्टुरेण्टदेखि हवाई यातायातसम्म अशोज १ बाट खुल्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञावली सरकारका प्रवक्ता, खतिवडा मन्त्रिसरह आर्थिक सल्लाहाकार

शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्ने । सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भीक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुने ।

काठमाडौं । सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यी हुन् मुख्य निर्णयः
– असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने ।

– असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने ।

– असोज १ गतेदेखि होटल रेष्टुरेन्टहरु खुला गर्ने ।

– पूर्व अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने र मन्त्री सरह सेवा सुविधा उपलब्ध गराउने ।

– एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने । एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने । एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने । पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउने । एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पु¥याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम संचालन गर्ने ।

– सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने ।

– नेपालमा सञ्चालित विभिन्न परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति विदेशबाट ल्याउन खुला गर्ने । उनीहरूले ७२ घण्टाभित्रको पीसीआर, आडीटी नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्ने । आयोजनाले व्यवस्थापन गरेको क्वारेन्टिनमा उनीहरू बस्ने प्रतिबद्धता भएमा मात्र कामदार, जनशक्तिलाई नेपाल आउन अनुमति दिइने ।

– हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकको लागि कार्तिक १ देखि नेपाल आउन अनुमति दिने । नेपाल आउने हरेक विदेशी नागरिकले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट ल्याएर आउनुपर्ने ।

– अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द राख्ने निर्णय । नेपाल प्रवेश गर्ने सबै नाका र खुला सीमाबाट हुने सबै प्रकार गतिविधि समेत यस अवधिमा बन्द रहनेछन् । तर, समस्यामा परेका नागरिकलाई भने निश्चित विन्दुबाट प्रवेश भने खुला रहनेछन् । इलामको पशुपतिनगर र दार्चुलाको खलंगा नाका पनि खुला गर्ने निर्णय । चीनतर्फ रसुवाको नाका खुला ।

– शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्ने । सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भीक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुने ।

भदौ ३० गते, २०७७ - १९:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा संक्रमण

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ हजार २० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य...   

धरानमा एक संक्रमितको मृत्यु

धरान । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको...   

भुकम्प अपडेट : ६ रेक्टरस्केल, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

काठमाडौं । एकाबिहानै गएको भुकम्प ६ रेक्टरस्केलको भएको भुकम्प मापन केन्द्रले बताएको छ । केन्द्रका...   

भूकम्पको ठुलै धक्का, मानिसहरू घरबाहिर

काठमाडौं। आज बिहानै काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मानिसहरू...   

यी हुन् सरकारका १० निर्णय : रेष्टुरेण्टदेखि हवाई यातायातसम्म अशोज १ बाट खुल्ने

काठमाडौं । सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु खुला गर्ने...   

कुलमानको नियुक्तिबारे प्रधानमन्त्री ओलीको कानुनी प्रश्न

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान...   

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात खुल्ने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन...   
थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा...   
उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १२ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top