Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –मन्त्रि नै नभएको मैंले कसरी निर्णय गरेँ ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल ट्रष्टको स्वेतपत्रमा आफ्नो नाम आएको भन्दै आपत्ति जनाएका छन् । उनले आफुँ मन्त्री नै नभएको मितिमा आफुँबाट निर्णय भएको भनेर लेखिएको भन्दै स्वेतपत्रमाथि गम्भिर प्रश्न उठाए ।

‘असोज ३० गतेमा म गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै मैंले पत्रकार सम्मेलन पनि गरें । त्यो दिनै मलाईं विना विभागिय जिम्मेवारीमा पठाइएको छ र म मन्त्री नै छैन् ।’

प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्दै शर्माले भने, ‘मन्त्री नै नभएको मान्छेको जबरजस्ती नाम लेखिने कुरा र कर्मचारीहरुले होइन भन्दा भन्दै लेखिनुको कारण के ? लेख्नुपर्ने नाम किन लेखिएन ?’

प्रभाकरले सरकारले जारी गरेको स्वेतपत्र स्वतेपत्र नभई ‘अस्वेतपत्र’ भएको बताए ।

प्रभाकर २०७४ असोज ३० गते गृहमन्त्रीको पदबाट हटेका थिए । नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।

तर शर्माले भने आफू गृहमन्त्री नभएको बेला भएको निर्णयमा नाम मुछिएकामा आपत्ति जनाए ।श्वेतपत्रअनुसार यसबारे थामसेर्कुको प्रस्ताव स्वीकृत गर्ने निर्णय कात्तिक १३ गते २०७४ मा भएको थियो ।

उनले अघि भने, ‘मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजेको हो ? म असत्यसामू आत्मसमर्पण गर्दिनँ । तर्सिन्न पनि । सरकारले मलाई त ढाँट्न सक्ला तर जनतालाई ढाट्न सक्छ ? किमार्थ सक्दैन ।’

आफ्नै पार्टीको सरकार भएको र सरकारलाई सफल बनाउन सहयोग गर्दागर्दै झुटा आरोप लगाएको भन्दै पूर्वमन्त्री शर्माले विश्वासको संकट भएको बताए । उनले भने, ‘लेख्नुपर्ने नाम नलेख्ने, नलेख्नुपर्ने ठाउँमा लेखेर मिडियाबाजी गराउने किन गरियो ? यसबारे रक्षामन्त्री र प्रधानमन्त्रीको जवाफ चाहियो ।’

हेर्नुहाेस् भिडियाेमा जनार्दनको आक्राेश :

https://www.youtube.com/watch?v=KrSHYt-wDzM
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies