Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेश ४ः विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ बहुमतले पारित ग¥यो । आजको बैठकमा ‘राजश्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले प्रदेशको समृद्धिको आधार आर्थिक पक्ष भएकाले राजश्व प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले कृषि, मनोरञ्जन, पर्यटनलगायतका क्षेत्रमा राजश्व संकलनलाई प्रभावकारी बनाइनुपर्ने र गिट्टी बालुवाजस्ता नदीजन्य वस्तुको उपयोगमा पनि करको दर निर्धारण गरिनुपर्ने बताए । प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कर वृद्धि मात्रले सर्वसाधारण मर्कामा पर्ने बताउँदै कर निर्धारणमा व्यावहारिक पक्षमाथि ध्यान पु¥याउन आग्रह गरे । अर्का सदस्य हरिशरण आचार्यले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोग न्यून गर्दै विद्युत्बाट चल्ने साधनलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि सवारीसाधन कर छुट गरी प्रोत्साहित गर्नुपर्ने बताए । छलफलमा उठेका जिज्ञासाको प्रत्युत्तरमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको समृद्धि र विकासलाई लक्ष्य गरी बजेट ल्याइएको बताउँदै यसको कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नभनी अघि बढ्न आग्रह गरे । आजै, मन्त्री गुरुङले विनियोजन विधेयक, २०७५ सभासमक्ष प्रस्तुत गर्नुभयो । अर्को बैठक बुधबार ११ः०० बजे बस्ने कार्यक्रम छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies