Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एमाले-माअोवादी एकताको माले उद्गमस्थलमा उत्साह

मोरङ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएपछि नेकपा(माले)को उद्गमस्थलका नेता तथा कार्यकर्तामा उत्साह छाएको छ । मोरङ जिल्ला कम्युनिष्ट आन्दोलनको उद्गमस्थल मानिन्छ । जिल्लाको इटहरा, डिपु (हाल रतुवामाई नगरपालिका) मा विसं २०३५मा नेकपा (माले) को गठन भएको थियो । सो ठाउँमा तत्कालीन मालेका नेता(पछि एमाले महासचिव) मदन भण्डारी घरै बनाएर बस्नुभएको थियो । अहिले नेता भण्डारीको घर रतुवामाई–१०(साविक इटहरा)मा पर्छ । मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लाबारीले सोही घरलाई संरक्षण गरेर राखेको छ । प्रतिष्ठानले उर्लाबारी–३मा मदन भण्डारी सङ्ग्रहालय पनि निर्माण गरेको छ । तत्कालीन एमालेका नगर सचिव गंगाप्रसाद बाँस्तोला जननेता भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका दिन दुई ठूला कम्युनिष्ट पार्टी एक हुनु भण्डारीले देखेको समृद्धिको यात्राको शुरुआत भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब वर्तमान सरकार भण्डारीले देखेको समृद्धिको यात्रामा हिँड्नुको विकल्प छैन । एकीकरण हुँदा पार्टीमा कहाँ परिन्छ भन्ने कुरातर्फ नसोचेर समग्र कम्युनिष्ट आन्दोलन बलियो बन्छ भन्ने कुरामा जिल्ला र गाउँतहसम्मका नेता कार्यकर्ताले प्राथमिकता दिनुपर्ने हुन्छ ।” मोरङ क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य एवं तत्कालीन नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज कुलप्रसाद साम्बा एकीकरणसँगै शहीदको बलिदानीलाई सम्मान गर्दै जनतालाई परिवर्तनको अनुभूति दिलाउन गुटउपगुटको राजनीति पनि यहीँ अन्त्य हुनुपर्ने आवश्यकतामा जोड दिन्छन् । उनले चाँडोभन्दा चाँडो वडा तहसम्मको एकीकरणको अभियान सञ्चालन भएमा भावनात्मक एकता बलियो बन्ने विश्लेषण गर्छन् । दुई दलबीचको एकताले जनस्तरबाट उत्साह व्यक्त भइरहेको छ । निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धतानुरुप अब अघि बढ्नाको विकल्प नरहेको तत्कालीन एमाले मोरङका अध्यक्ष विनोद ढकाल बताउँछन् । तत्कालीन माओवादी केन्द्रका मोरङ संयोजक गोपी आछामी सुशासन, आर्थिक उन्नति र समाजवादका लागि दुई कम्युनिष्ट पार्टीबीच एकता भएको बताउँदै भन्नुहुन्छ, “निर्वाचनको समयमा जनतासँग वाचा गरिएको समृद्धिको यात्रा शुरु गर्न अब ढिला गर्छन् ।” एउटा दलले मात्र परिवर्तन गर्न सम्भव नहुने बुझेपछि बढेको एकीकरणको आवश्यकताले परिवर्तनको अनुभूति गर्न पाउने अवस्था सिर्जना हुने उनले बताए । उनले भने “यो एकताले संघीयतालाई संस्थागत गर्न सहज बन्छ ।” नेकपामा आबद्ध उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई सरकारले अब जनताको पक्षमा जनपक्षीय कार्यक्रम ल्याउन आवश्यक रहेका बताउछन् । उनी आगामी बजेटले नागरिकलाई विकास र समृद्धिमा जोड्न सके मात्र नेकपाले समृद्धि ल्याउन सक्नेमा जनतामा विश्वास बढ्ने धारणा राख्छन् । राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक समृद्धितर्फ अगाडि बढेको छ भन्दै उनले वर्तमान कम्युनिष्ट सरकारले स्थानीयस्तरमै लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले निर्वाचनको समयदेखि नै दुई पार्टीबीच हुने एकताको सन्देशले कार्यकर्तामा उत्साह भइरहेको बताउँदै पार्टीलाई एकताबद्ध गराउँदै आगामी पाँच वर्षभित्र समृद्धिको यात्रा कोर्न सके मात्र कम्युनिष्ट एकताको महत्व जनताले बुझ्ने स्पष्ट गरे । मोरङका छ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये पाँच निर्वाचन क्षेत्रमा नेकपाले जीत हात पारेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies