Khabar Dabali Logo
  October 30, Fri

ओलीले दिए प्रधानमन्त्री हुनु अगावै यस्तो बचन

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउएका छन् ।

नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उनले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा व्यक्त गरे ।

नेपालमा लगानीको निमित्त विभिन्न ढोका चाहानुपर्ने बाध्यताका कारण लगानीकर्ता अन्यन्त्र पलायन भएर उद्योग स्थापना गरिसक्थ्यो होला तर यहाँ चाहिँ फाइलै अघि बढेन भन्ने गुनासो आउने स्थिति अब आउन दिन नहुनेमा उनले जोड दिए ।

संघीयताबारे हाम्रो अनुभव नरहेकाले आफैँले अभ्यास गरेर अघि बढ्नुको विकल्प नरहेको चर्चा गर्दैै पूर्वप्रधानमन्त्री ओलीले भने “अब हामीले राजनीतिक र आर्थिक पाटोलाई देशको अनुकूल तुल्याउँदै अलि तीव्र गतिमै हिँड्नुपर्छ । अब हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित भएको छ ।”

नेपालले ठूलो बलिदान र लामो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्रको मूल्य मान्यता, यथार्थ र साँचो अभ्यासलाई कुनै हालतमा नछाड्ने अठोट व्यक्त गर्दै उहाँले जुन देशका जनताले आत्मगौरव, आत्मसम्मान र स्वाभिमानको अनुभूत गर्दैनन् त्यहाँको अस्तित्व खतरामा पर्छ ।

गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आर्थिक संरचना र संगठनको निर्माण, पूर्वाधार क्षेत्रमा गुणस्तर, जिम्मेवारीप्रति निष्ठा, विज्ञताको प्रयोग र निजी क्षेत्रबाट आवश्यक सहयोग भएमा विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कुनै चुनौती खडा हुन नसक्ने बताए ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि भ्यालरी जुलियटले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा नेपालले ठूलो प्रगति हासिल गरेको स्मरण गराउँदै दिगो विकासको लक्ष्य हासिल गर्न शान्ति, योजना र सहयात्राको भावना हुनुपर्छ भने ।

पूर्व सचिव कृष्ण ज्ञवालीले नेपालको आर्थिक र सामाजिक धरातललाई विश्लेषण गर्दा ज्यादै चिन्तित र निकै उत्साहित हुनु पर्ने अवस्था नरहेको बताए ।

अर्थविद् जयन्द्र श्रेष्ठले विकास र समृद्धिको कुरा धेरै उठे पनि अब त्यसको मूर्तरुप संघीयताबाटै हुन्छ भन्ने जनताको अपेक्षालाई सम्बोधन गर्न सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको राजनीतिक व्यवस्थापन हुनुपर्छ भने ।

आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट र उपाध्यक्ष राजेन्द्र पण्डितले संघीयता कार्यान्वयनसँगै सबै किसिमको व्यवस्थापन गर्न सहज हुने धारणा व्यक्त गरे ।

मुलुकलाई द्रुतगतिमा विकास र समृद्धिको मार्गमा लैजान स्थानीय तहबीच सकारात्मक र रचनात्मक प्रतिस्पर्धा गराउन आवश्यक रहेको सो अवसरमा सुझाव दिइएको थियो । रासस

माघ २८ गते, २०७४ - १५:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top