Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

३० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपियाे

\"\"दार्चुला । चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । शनिबार आयोजना स्थलमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउबाले आयोजनाको उद्घाटन गरे । योसँगै ३० मेगावाट विद्युत पनि राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ । दार्चुलाको शिखर बलाँचमा रहेको उक्त आयोजनाको १५/१५ मेगावाट क्षमताका दुईवटा युनिट छन् । पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने माघ १७ बाट अर्काे युनिटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यो समयमा निर्माण लागत बढ्दा र सम्भाब्य बिजुली उत्पादन नहुँदा प्राधिकरणलाई कराडौंको नोक्सानी भयो । चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो यो आयोजनाको सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले पाएको थियो । आयोजनाको हेडवर्क्स लटिनाथ गाविसमा पर्दछ । त्यहाँ चमेलिया नदीलाई बाँध बाँधेर पानीलाई दुईवटा इन्टेकबाट डिसेल्टिङ बेसिन (बालुवा थिग्राउने पोखरी)मा जम्मा गरिएको छ । त्यहाँ संग्लिएको पानी मुख्य टनेलमा जान्छ । त्यसबाट फेरि पेन स्टक र बाइसर्केसन पाइप हुँदै दुईवटा युनिटमा पानी बाँडिन्छ । सो पानी पावरहाउसको टर्बाइनसम्म पुग्छ र ३० मेगावाट बिजुली उत्पादन हुन्छ । पावरहाउस भने हेडवर्क्सभन्दा ६ किलोमिटर टाढा शिखर गाविसको बलाँच भन्ने स्थानमा छ । हेडवर्क्सबाट पाँच डायमिटरको ८४३ मिटर लामो सुरुङ खनेर पावर हाउससम्म पानी लगिएको छ । ६११ मिटर सुरुङ खनिसकेका बेला २३२ मिटर क्षेत्रमा चमेलियाको सुरुङ खुम्चिएको थियो । त्यसलाई मर्मत गर्दा १ अर्ब ९ करोड रुपैयाँ थप खर्च लाग्ने निष्कर्ष इञ्जिनियरसहितको टोलीले निकालेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies