Khabar Dabali Logo
  October 22, Thu

फोटो पत्रकारको राज्यबाट सुरक्षा हुनुपर्ने

काठमाडौँ । राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।

आज भृकुटीमण्डपमा नेपाल फोटो पत्रकार समूह(एनएफपिजे)द्वारा आयोजित अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटनका क्रममा हजार शब्दभन्दा एउटा तस्वीरको महत्व सयौँ गुण बढी हुने बताउँदै सत्यतथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याएको योगदान प्रशंसा गरे ।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले सत्य र निष्ठाको अर्काे नाम फोटो पत्रकारिता भएको बताए । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले फोटो पत्रकारसँग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने विचार व्यक्त गरे । एनएफपिजेका अध्यक्ष ध्रुव आले र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले फोटो पत्रकार समाजको ऐन भएकाले राज्यबाट तिनको सुरक्षा हुनुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल मुद्रण संघका अध्यक्ष माधव केसी, नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे, एनएफपिजेका सचिव प्रदीपराज वन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विभिन्न सञ्चारमाध्यमसँग सम्बन्धित दीपक केसी, सरोज बादे, राजेश गुरुङ र स्कन्द गौतमलाई जनही ५० हजार, २० हजार, १५ हजार र पाँच हजार प्रदान गरी सम्मान गरिएको थियो । प्रदर्शनीमा भारत, चीन, जापानलगायत देशमा निर्माण भएका सञ्चार क्षेत्रसँग सम्बन्धित उपकरण, पुस्तक आदि राखिएका छन् । प्रदर्शनी यही माघ २१ गतेसम्म चल्नेछ ।

माघ १९ गते, २०७४ - १७:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top