Khabar Dabali Logo
  November 1, Sun

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूद्वारा पद बहाली

पोखरा । प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले आज पद बहाली गरेका छन् ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली गरेका हुन ।

पद बहाली कार्यक्रममा पोखरास्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारीका साथै सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रशासन तथा बैठक शाखा हेर्ने) का सचिव लालमणि ओझा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले पनि आजै पद बहाली गरे ।

पद बहाली कार्यक्रममा प्रमुख सचिव अर्यालले संविधानको कार्यान्वयन र संघीयताको व्यवस्थापन गर्नु अहिलेको आवश्यकता भएको बताउँदै उक्त जिम्मेवारीलाई पूरा गर्न लगिने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख सचिव अर्यालका अनुसार प्रदेश नं ४ मा मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय एउटै भवनमा रहने छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा राख्न लागिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन कार्यालयको नवनिर्मित भवनमा राखिनेभएको छ ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राख्ने तयारी गरिएको छ भने भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी डिभिजन कार्यालयमा राख्ने गरी तयारी गरिएको छ ।
अन्य मन्त्रालयका सचिव आउने क्रममा रहेको प्रमुख सचिव अर्यालले जानकारी दिए । रासस

माघ १८ गते, २०७४ - १६:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एघार दिनपछि ओलीसँग भेटेर के भने प्रचण्डले ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल...   
टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

इस्तानबुल । टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका...   
ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top