Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी टुट्दैछ एमाले–माओवादी एकता, ओलीलाई त्रास र प्रचण्डलाई दबाबले घेर्यो

\"\"काठमाण्डौ । नेकपा एमाले र माओवादीबिच हुने भनिएको पार्टी एकता प्रक्रिया अनिश्चित बनेको छ । पार्टी एकतापछि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा दुई दलबिच सहमति जुट्न नसक्दा एकता अनिश्चित बनेको हो । पछिल्लो समय पदीय भागबण्डामा केन्द्रित बनेको दुई दलका नेताहरुबिचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । एकीकृत पार्टीको अध्यक्ष पदले नै एमाले र माओवादीबिच हुने भनिएको एकता टुटाउने संकेत समेत देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘वान टू वान’ वार्तामा केही निर्णय नहुनु, एकता संयोजन समितिले एकताबारे ठोस निर्णय गर्न नसक्नु र दुबै दलका दास्रो तहका नेताले एकता भड्काउने तथा एकले अर्कालाई पेल्ने आसयको अभिव्यक्ति दिनु एमाले–माओवादी एकता नहुने संकेत हो । यतिबेला माओवादी केन्द्रका नेताहरुले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा स्विकार गरेपछि प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने बताइरहेका छन् । तर एमाले नेताहरुले सो मागको खण्डन हुनेगरि माओवादी अध्यक्ष प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन नसकिने बताएका छन् । दुई दलका नेताहरु एकले अर्काको अभिव्यक्तिमाथि ‘काउन्टर’ गर्ने हिसाबले सवाल–जावाफको प्रतिस्पर्धामा उत्रिएको दखिन्छ । जस्तो केही समयअघि एमाले नेता शेरधन राई र माओवादी नेता देवेन्द्र पौडेलको अभिव्यक्तिलाई यसको उदाहरण मान्न सकिन्छ । प्रचण्डलाई अध्यक्ष नबनाए माओवादी एकतामा नजाने र प्रचण्डलाई अध्यक्ष बनाउनु परे एकता नगर्ने भन्ने एमाले नेताका अभिव्क्तिले पनि एकताको संकेत देखिँदैन । दुवै पार्टीका शीर्ष र उपल्लो तहका नेताबाट बाहिर जे–जस्ता कुरा आए पनि एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष समेत आफैँ हुनुपर्ने अडानमा छन् । ओली सरकारको नेतृत्व छाड्दा अरु लोकप्रिय बन्ने र पार्टीको नेतृत्व छाड्दा आफु पार्टीभित्रै अल्पमतमा पर्ने त्रासमा रहेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार ओली बरु एमालेकै दास्रो तहका नेतालाई पार्टी नेतृत्व दिने तर प्रचण्डलाई पार्टी अध्यक्ष बन्न नदिने तयारीमा छन् । आलीको सोहीे तयारी बमोजिम नै एमाले नेताहरुले प्रचण्डलाई अध्यक्ष मान्न नसकिने अभिव्यक्ति दिएको उनले बताए । उनले खबरडबलीलाई बताए अनुसार प्रचण्डलाई पार्टी अध्यक्ष बनाउँदा एमालेभित्र ओली गुट कमजोर बन्ने ओलीको विश्लेषण छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसलाई देशभरबाट हराउने उद्देश्यका साथ चुनावी तालमेल र पार्टी एकतासम्मको घोषणा गरेका दुबै दलका नेताहरुले वाम गठबन्धनको बहुमत आएमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्ने अभिव्यक्ति दिएका थिए । चुनावलगत्तै दुई पार्टीबीच सहजै एकता हुने तथा ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने सबैले अनुमान लगाएका थिए । तर, चुनावी परिणाम आए लगत्तै एमालेका नेताहरुले प्रचण्डलाई पार्टी अध्यक्ष मान्न नसकिने बताए । प्रचण्डलाई अध्यक्ष मान्न एमाले तयार नभएकाले नै एकता अनिश्चित बनेको माओवादी नेताहरु बताउँछन् । माओवादी केन्द्रभित्र एमालेले प्रधानमन्त्री र पार्टी अधयक्ष दुबैपद नछोड्ने भए पार्टी एकता गर्न नहुने बहस चलेको छ । दुबै पद छोडेर पार्टी एकता गर्दा एमालेमा विलय भए जसतो हुने भन्दै एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बने मात्र पार्टी एकतामा जाने तयारी भएको माओवादी केन्द्रका एक केन्द्रीय कार्यालय सदस्यले बताए उनका अनुसार पार्टीका अधिकांश नेताहरुले दुबै पद छोडेर एमालेसँग एकतामा जान नहुने दबाब प्रचण्डलाई दिइरहेका छन् । दुबै दलको समान हैसिय हुनेगरी पार्टी एकता गर्ने भन्दै वाम गठबन्धन बनेपनि चुनावी परिणामको घोषणासँगै एमालेका नेताहरुको महत्त्वाकांक्षा चरमचुलीमा पुगेको उनले बताए । ‘सरकार तथा पार्टी दुवैको नेतृत्व ओलीले नै सम्हाल्नुपर्ने भन्दै एमाले नेताहरु जसरी शृंखलाबद्ध ढंगले सार्वजनिक अभिव्यक्ति दिएका छन्, ती एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिने तत्त्वहरु हुन,’ उनले खबरडबलीसँग भने, ‘उनीहरुले एकता चाहेका छैनन्, माओवादी एमालेमा विलय होस भन्ने चाहेका छन्, हामी विलय हैन पार्टी एकताको पक्षमा छौँ ।’ दुबै दलका नेताहरको पछिल्लो अभिव्यक्ति हेर्दा एमाले र माओवादीबिच पार्टी एकता हुने सम्भावना कम देखिन्छ । दुबै दल आ–आफ्नो अडानमा टसमस देखिँदैनन् । दुबै दलमा यही अडान कायम रहे पार्टी एकता नहुने देखिन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने उखानलाई चरितार्थ गर्न लागेका दलले आ–आफ्नो अडान छाडेर दुबैलाई सम्मान मिल्नेगरी सहमति नगरे पार्टी एकता टुट्ने निश्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies