Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सँगै काम गर्ने महिलासँग जब श्रीमान फसे, अनि मर्न अाैषधी खाएँ

\"\"त्यसरात जब मेरा पति घरबाट निस्के, मलाई मेरो दुनियाँ सकिएको महशुस भयो । यो तबाहीको आवाज कही पनि सुनिएन, बरु यसको ठाँउ भयानक मौनताले लियो । म आफ्नी १० बर्षकी छोरीसँग उभिएका ति तस्वीर सम्झिरहेकी थिएँ, जुन हामीले पछिल्ला १० वर्ष सँगै रहेर सजाएका थियौँ । मैले कैयौपटक उनीसँग कुरा गर्ने कोशिष गरे । तर, हरेक पटक उनले जवाफ दिए अब हाम्रो विवाह सकियो । पछि मलाई उनका साथीबाट थाहा भयो कि उनी आफूसँगै काम गर्ने एक महिलासँग सम्बन्धमा छन् । ती अवस्थाको बयान गर्नका लागि ‘स्तब्ध रहनु’ कुनै सही शब्द थिएन । म अब अरु जिउन चाहँदिन थिए । आफूलाई सिध्याउन भनेरै मैले धेरै औषधी खाएँ । सायद म मर्थेँ, तर खै कसरी बाँचेँ ? मैले उनका अगाडि कहिल्यै आफ्नो जीवनको कल्पना गरेकी थिइनँ । मैले विवाहपछि आफ्नो भविष्यको बारेमा केही सोचेकी पनि थिइनँ । मैले मेरो मायालाई अरु दोस्रो कुनै महिलासँग देख्न सक्दिन थिएँ । म यो सच्चाईएको स्वीकार गर्न चाहँदिन थिए । म आफ्नो जीवन साथीलाई अर्को महिलासँग बाँड्नका लागि तयार थिइँन । म पीडा र दुःखले घेरिएकी थिएँ । म ति महिलालाई गाली गरिरहेकी थिएँ, जबकी यो भुलेकी थिए कि यसमा मेरा पतिको पनि उत्तिकै जिम्मेवार छन् । म यो सम्झिरहेकी थिएँ कि, यो सबै एक पलमा भएको होइन । बितेका केही याद मेरो दिमागमा चल्न लागे । र, म ती घटना एक–एक गरेर जोडन थालेँ । मैले आफ्नैतिर हेर्न लागेँ, न म सुन्दरी छु, न धेरै पैसा कमाउँछु । ‘तिमीलाई पाउनु मेरो सौभाग्य हो’, यो कुरा मेरा लागि बदलियो र भयो, ‘तिमी मेरो जिन्दगीमा आउनु दूर्भाग्य थियो ।’ ‘तिमी बहुतै राम्रो छौँ ’ यो बदलिएर भयो, ‘तिमी मसँग रहन लायक छैनौँ ।’ मैले उनका गर्लफ्रेन्डका अगाडि आफूलाई गाउँकी काम नलाग्ने केटी महशुस गर्न लागेँ । उनी मलाई भन्थे, ‘तिमीलाई अंग्रेजी बोल्न समेत आउँदैन, तिमीलाई कसले नोकरीमा राख्छ ?’ म उनको नजरमा तल परेकी मात्र थिइँन म आफै पनि आफूलाई कमजोर महशुस गर्न लागेँ । मलाई लाग्न थाल्यो कि म उनका लागि योग्य छैन । म घरका सबै काम हेर्थेँ । बजारबाट समान किन्नेदेखि बीमारीको रेखदेखसम्मका सबै काम म नै गर्थेँ । उनले मलाई बाहिर लैजान बन्द गरे, न कुनै पार्टीमा न कुनै डिनरमा न त कुनै सामाजिक समारोहमा । जुन व्यक्तिलाई मैले सबैभन्दा बढी माया गरेँ, उही मलाई छाडिरहेको थियो । मबाट टाढा राखिरहेको थियो । विस्तारै–विस्तारै हामीबीचको प्रेम सकियो । मलाई यो प्रेम सकिएको महसुश भयो, मैले यसलाई फिर्ता पाउने कोशिष गरेँ । सफल हुन सकिँन । एक रात उनी घरबाट निस्के । घरबाट हिडेपछि उनी कुनै अर्को घरमा बस्न थाले । म आफ्नो छोरी र घरका अन्य सदस्यसँग पुरानै घरमा बस्न थालेँ । यस्तो होइन कि मेरो घरवाला मलाई त्यहीँ राख्न चाहन्थे । उनीहरुलाई आशा थियो कि शायद मेरो त्यहाँ बसाईले मेरो पति फर्केर आउँछन् । ढोकामा हरेक ‘नक’ हुँदा म दौडिएर जान्थेँ । तर, त्यहाँ कहिले कुरियलवाला वा कहिले नोकरको अनुहार देखेर निराश हुन्थेँ । मैले आफ्नो पुरा जिन्दगी उनको आसपास बुनेँ । मेरो उमेर उनीसँगै बितेको थियो । यो समय नयाँ शुरुवात गर्ने बेला थिएन । आफ्नो सम्बन्ध बचाउनका लागि मैले कैयौ पटक सोचेँ । मै आफै लडेँ । मेरो मानसिक अवस्था सम्झाउनका लागि मेरी छोरी सानी थिइन् । यी सबै कारणले मेरो स्वास्थ्य निकै खराव भएको थियो । म चाहन्थेँ कि उनको काँधमा टाँउको राखेर आराम गर्न सकुँ । मलाई उनको आवश्यकता महशुस हुन्थ्यो । म चाहन्थेँ कि उनले लगाएको घाउमा उनी नै मलम लगाउन् । तर, उनले कोर्टमा सम्बन्ध विच्छेदको निवेदन गरे । धेरै कठिन हालतकाबीच मैले मुद्दा लडेँ । मलाई यो सम्झन तीन वर्ष लाग्यो कि जुन सम्बन्ध बचाउन मैले यति प्रयास गरेँ, जुन पहिला नै मरिसकेको थियो । म जो व्यक्तिका लागि यति धेरै गरिरहेकी थिएँ, जसको जिन्दगीमा मेरो केही अस्तित्व भएन । अन्तिममा म थाकेँ । म थाकेँ, अदालतका जाँदा जाँदा । वकिलका सवालको जवाफ दिदादिँदै । र, कानुनी खर्च जम्मा गर्दागर्दै । आखिरमा आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि तयार भएँ । मैले आफ्नो नयाँ परिचय स्वीकार गरेँ ‘सम्बन्धविच्देदवाली’ । एक यस्तो उपनाम जसलाई हाम्रो रुढीवादी समाजले इज्जतसँग हेर्दैन । म त्यसबेला ३९ बर्षको थिएँ । मेरो लागि सबैभन्दा पहिला चुनौति नयाँ घर खोज्ने थियो । मलाई कैयौँ प्रश्नको सामना गर्नुपर्यो, जस्तै तिम्रो पति कहाँ छन् ? उनी के काम गर्छन् ? म यी सवालका लागि तयार थिइँन । म पुराना ती दिन सम्झिन चाहदैनथेँ । मेरो साथीले मलाई समयबाट बाहिर निकाल्ने कोशिष गरिन् । उनी मेरो जिन्दगीमा कुनै भगवान भनेर आइन् । उनले मलाई साहस दिइन्, ‘सिंगल मदर’ हुनका लागि तयार बनाइन् । यी सबै त्यति सजिलो थिएन । मेरो पतिले सम्बन्ध विच्छेद गरेलगत्तै ती साथीसँग विहे गरे । जब म उनीहरुलाई देख्थेँ, मेरा पुराना घाउ बल्झिन्थे । त्यहीँ कठिनघडीमा मेरो बुवा–आमाको पनि निधन भयो । मेरो जिन्दगीमा मात्र दुई चिज बाँकी रहेँ, मेरो नोकरी र मेरो छोरी । मैले आफ्नो करियरमा ध्यान दिन लागेँ । विस्तारै–विस्तारै कर्पोरेट घरानाको सीढी चढन थालेँ । मैले आफ्नो मनपर्ने विषय अर्थात् ‘लेखन’ मा आफुलाई व्यस्त गरेँ । आफ्नो पतिलाई खाना बनाउनुको सट्टा मेरो साथीका लागि खाना बनाउन लागेँ । आफ्नो पतिको कमी पूरा गर्नका लागि मैले भर्चुअल दुनियाँ अथवा सोशल मिडियामा केही साथी बनाउन शुरु गरेँ । यो भर्चुअल दुनियाँले मलाई आभास गरायो कि आसपासको संसार कति ठूलो छ । मेरो एक्लोपन फेसबुकमा मेरो पोस्टमा आउने लाइक र कमेन्टसले टाढा बनाउन थाल्यो । म फेरि एक पटक आफ्नो जिन्दगीमा जिउन लागेँ । मलाई मेरो शक्तिको महसुश हुन थाल्यो । र, मैले मेरो पीएचडी पुरा गरेँ । जुन चिज मेरो जिन्दगीबाट खोसियो, मैले ती सबै पलहरु पाउने कोशिष गर्न थालेँ । लज्जा महसुस गर्नुको सट्टा, मैले मानिसँग भेट्न र विवाहका वारेमा जान्न शुरु गरेँ । यति मात्र होइन मैले सुन्दर साडी लगाउन थालेँ । म ती मानिसहरुलाई जवाफ दिन चाहन्थे जसले सम्बन्धविच्छेद गरी एक्की महिला सधै दुखी रहनुपर्छ भन्ने मान्यता राख्थे । यस्ता मानिस मलाई देखेर आफ्नो आँखा ठूला बनाउथेँ । तर, यसले मेरो आँखाको चमक झन् बढाउँथ्यो । मैले आफ्नो घर बनाएँ । कार्यालयको काममा केही विदेश यात्रा पनि गरेँ । चार वर्षपछि मलाई एक ठूलो फैसला गर्नुथियो । एक नोकरीको शिलशिलमा शहर छाडेर अर्को शहर जानु थियो । मैले नयाँ शहरमा बस्ने निर्णय लिएँ । मैले एक स्वतन्त्र महिलाका रुपमा दोस्रो जन्म लिएँ । आज मलाई कसैले काँधमा राख्न जरुरी छैन । म एक्लै हिँडन सक्छु । पुरा आत्मविश्वासका साथ चाहेँ जतिसुकै अध्यारो किन नहोस् । (यो जीवनकथा दक्षिण भारतमा रहने एक महिलाको जिन्दगीमा आधारित छ । बीबीसी हिन्दीका लागि संवादादात पद्या मीनाक्षीले उनीसँग कुराकानी गरेकी थिइन् । महिलको आग्रहमा उनको परिचय गोप्य राखिएको छ ।) जीवनकथाको अरू शृृंखला यस्तो छ  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies