Khabar Dabali Logo
  November 30, Mon

३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर

काठमाडौं । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ ।

विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियन एयरलाइन्सले ४३ हजार ६००, बरमा एयरवेजले एक लाख ८६ हजार ८५०, लुफथान्सा एयरले एक लाख ६३ हजार ६४४, गल्फ एयरले २७ लाख आठ हजार ७७७ बक्यौता रकम तिरेका छैनन् ।

यसैगरी, एयर सहाराले २४ लाख ७८ हजार १२६, बहराइन एयरले २४ लाख ६३ हजार ३७१, ओरियन्ट थाई एयरलाइन्सले पाँच लाख ८९ हजार ८१३, पाकिस्तान एयरलाइन्सले २६ लाख ८४ हजार २३८, सिंगापुर एयरलाइन्स पाँच लाख ५८ हजार १२८, किंग फिसर एयरलाइन्सले एक करोड १५ लाख ९७ हजार ५६२ बक्यौता तिरेका छैनन् ।

यस्तै जिएमजी एयरलाइन्सले एक लाख ५९ हजार १०१, युनाइटेड एयर एडिउफ रु तीन हजार ५३०, युनाइटेड एयरबेजले एक लाख ६ हजार ५५५, तुई एयरलाइन्सले नौ लाख ५८ हजार ४९८, हङकङ एक्सप्रेसले १९ लाख ६२ हजार ९७८ विमानस्थल प्रयोग गरेबापतका रकम तिरेका छ्रैनन् । कार्यालयका अनुसार ¥याक एयरबेजले एक लाख ८३ हजार ७७२, स्काइलाइन एयरबेजले सात लाख ३३ हजार २८० बक्यौता रकम पनि तिरेका छैनन् ।

नेपाली एयरलाइन्स पनि उस्तै

विमानस्थल कार्यालयका अनुसार नेपाली एयरलाइन्स समेत बक्यौता रकम नतिर्ने सूचीमा रहेका छन् । सरकारी निकायलाई तिर्नुपर्ने रकम नतिरी अटेर गर्दै आएका ती वायु सेवा कम्पनी हाल धेरै जसो बन्द अवस्थामा छन् ।

कार्यालयका अनुसार एयर नेपालले ७८ हजार ८९७, एयर काष्ठमण्डपले तीन लाख २९ हजार २८४, अल्पाइन एयरले ७२ हजार ७२८, मकालु एयरले ९४ हजार २१८, कर्णाली एयरले १६ लाख ६४ हजार ५६, सांग्रिला एयरले रु दुई लाख ३७ हजार ९४४, अल्टिच्यूड एयरले तीन लाख २९ हजार ९४५ र माउण्टेन एयरले ५२ हजार २८१ बक्यौता रकम तिर्न बाँकी छ ।

यस्तै, नेपाल एयरबेजले ११ लाख ७९ हजार ३२०, नेकोन एयर अन्तरराष्ट्रियले रु ६२ लाख ८२ हजार ३२२, नेकोन एयर आन्तरिकले रु चार करोड १० लाख दुई हजार ७३०, हिमाल हेलिकप्टरले रु ६१ हजार ५१८, कस्मिक एयरले तीन करोड ३३ लाख १२ हजार ९०६, गरुड एयरले २७ हजार ४४०, गोरखा एयरलाइन्सले छ लाख ५७ हजार ५४५ बक्यौता तिर्न अटेर गर्दै आएका छन् ।रासस

माघ ४ गते, २०७४ - १६:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top