Khabar Dabali Logo
  January 19, Tue

शीतलहर पीडितको मार्मिक पत्र

प्रिय सुर्य 

आज १९ दिन पुरा भएर २० दिन हुदैछ । यतिका दिनसम्म तिमि कहाँ छौ कता छौ ? म बेखबर छु । तिमि यतिका निस्ठुरी भन्ने त मैले सोचेकै थिइन । मेरो जीवन तिम्रो अभाबमा बेहाल- बेहाल छ । के अब पनि तिमि मलाई सम्झेर छिटै फर्किदैनौ ? के तिमि मेरो चाहालाई पुरा गर्न आउदैनौ ?  सुनेको छु मैले तिमि त सबैको भलो चहाने र भलो गर्ने भगवान हो रे  ! यदि तिमि सबैको भलो गर्न चाहने भगवान हौ भने आउ सुर्य आउ  ।छिटै आउ ।

यहाँ किसानहरुको सपना हराइरहेको छ, मजदुरको मुटु काँपिरहेको छ । वृद्धाहरुको होस हराइरहेको छ । तेति मात्र कहाँ हो र सुर्य सप्तरीमा ३० जना अब तिमिलाई कहिले नदेख्ने गरि गैसके । रौतहटमा स्कुले किताब नपल्टिने गरि बन्द भो । अझ भनौ एक हप्ते सुत्केरी, दश बर्षे बालक, ६७ बर्षे देशका हजुर बा पनि रहेन अब । अस्ति सडकमा ठेला चलाउने दाई पनि बिहान मृत भेटिए । हिजो साईकलमा तरकारी ल्याउदै गरेको किसानि दाई पनि सडकमै बिहोस भै ढले । धन्न छेवैमा आगो बालिरहेको रहेछ र त सबै मिलेर तातोपन गरि ज्यान बचाए ।

आलु सखाप भो, सिमि सखाप भो, हरियो जन्य तरकारी काउली बन्दा, मोटर कोसा सबै सखाप हुँदैछ र हजारौ हेक्टर जमिनमा लगाइएको गोलभेँडा पनि । रात कुन हो दिन कुन हो एकैनास बर्साइरहन्छ सित । उति नै चलिरहन्छ चिसो सिरसिरे बतास र कालै बनाई मारी दिन्छन तरकारी बोटलाई ।

निरासाभित्र पनि थोरै आशा लागेर होला बिषादि पसलमा विष किन्ने किसानको लर्को देख्दा लाग्छ अब जानी जानी हामी मृत्युको मुखमा जादै छौ । अबको तरकारी अहिले, आज खाना त लाएक छैन भने महिनौ दिनसम्म नि अब यो बचेका र बाँचेका तरकारी खाना योग्य छैन् ।
हो सुर्य अब नि तिमि के घमन्डी गरिरहन्छौ  ?  के रमिता हेरिरहन्छौ  ? जगतमा रहेका हजारौ हजार प्राणिहरु तिम्रो पर्खाईमा कठिन दिनहरु काट्ने साहास गरिरहेका छन । स्यालहरु रातभरी हमिङ्ग गर्दै आफुलाई बचाउने कोसिस गरिरहेका छन, मैना चरी , काग, बकुल्ला त्यतिकै चिच्याइरहेका हुन्छन ।

हो प्रिय अब त आउ । मेरा यि ओठहरु नराम्ररी फुटीसकेका छन । गालाका हालत नि उस्तै छ । कतिका दिनदेखि त्यो कालो हुस्सुभित्र तिमिलाई हेर्दा हेर्दै आखाँहरु पनि थाकिसक्यो । दिनकै सुनिन्छ समाचारमा न्यानो, तातो कपड़ा बाँडेको बाड्यै छ रे सरकारले अनि अलि अलि झोला बोक्नेहरुले नि तर गुनासो सुनिन्छ उस्तै “सरकारले झुल दियो भने लामखुट्टे भन्दा नि ठुला ठुला प्वाल भएका दिन्छन भने ब्ल्याङ्केट दियो भने त्यसैमा पानी उम्रने खालको दिन्छ”। हो प्रिय सुर्य यो सब चर्तिकलालाई जहाँ छ त्यही रहन देउ यि सबलाई एकैपटक हटाउने गरि तिमि अब छिटै आउ र भोली नै आउ ।

म माघे संक्रान्तिमा तिम्रो लागि तरुल, पिडाँलु, रोटी, तिलौरा, मुरिका डल्ला च्युराका डल्ला मिठो मिठाईमा बनाएर राख्ने छु तिम्रो त्यो न्योपनमा हराउँदै तिमि र म संगै खाउला ल । अब त मलाई बाद्य नबनौं प्रिय हर बोतललाई रित्तो बनाई तिमि बिनाको न्यानोको आभास गर्न त्यो सिसि र खाली गिलाको सम्बन्ध बढाईरहन ।

उहि तिम्रो शीतलहर पीडित

पुस ३० गते, २०७४ - १३:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top