Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सस्तो मदिराका कारण आक्रान्त बन्दै समाज

\"\"अछाम । अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ । दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ । करिब २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण शुरु भएको अछाममा मदिराको सही व्यवस्थापन हुन नसक्दा त्यसबाट नकारात्मक असर देखिन थालेको छ । गाउँगाउँमा सहजै रुपमा उपलब्ध हुने कमसलखालको मदिरा सेवनकै कारणले थुपै्र मानिसको जीवन बर्बाद हुने स्थितिमा पुग्न थालेको छ । पचहत्तर युपीको न्यूनतम रु २५÷३० सम्ममा पनि मदिरा उपलब्ध हुन थालेपछि के युवा के वृद्धवृद्धा सबैमा यसको खपत बढेको छ । मदिरासेवन अछामीका शरीरमा अर्बुदजस्तै बनेर जरा गाड्न थालेको छ । अत्यधिक मात्रामा मदिरा सेवनकै कारणले स्वयं व्यक्तिको स्वास्थ्य र ज्यानमा त प्रत्यक्ष असर परेको छ नै घरपरिवार र समाजमा झैझगडा बढेको छ । प्रहरीको अध्ययनअनुसार समाजमा हुने हत्या, आत्महत्या, कुटपिट, गालीगलोजलगायत अधिकांश घटनाका पछाडि मदिरा सेवन नै प्रमुख कारण रुपमा देखिएको छ । गत आवमा प्रहरीमा परेका निवेदन र उजुरीमध्ये ७० प्रतिशतभन्दा बढी घटना हुनाको पछाडि मदिरा सेवन नै प्रमुख कारणका रुपमा देखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । ‘कुनै पिर पर्दा होस् या खुशीयाली मनाउँदा होस्, अधिकांशले मदिरा नै सेवन गर्ने पाइएको छ ।’ श्रीमान् मदिरा सेवन गरेर घर आएपछि श्रीमतीसँग झगडा हुने र त्यही कारणले महिला हिंसाका घटना बढ्नाका साथै स्वयं व्यक्ति तनावमा आएर आत्महत्या गर्नसम्म पुगेको न्यौपानेले बताए । दुर्गम गाउँसम्म ७५ युपीसम्म मदिराको मात्रा भएको ‘कर्णाली सौफी’सहजै उपलब्ध भइरहेको छ । रु २५ देखि ३० सम्ममा पाइने उक्त मदिरा गाउँगाउँमा सहजै उपलब्धताकै कारणले न्यून आय भएका मानिसले सेवन गर्न सक्ने हुँदा यसबाट समाजमा भयावह अवस्था नै सिर्जना भएको मेल्लेख गाउँपालिका–५ का रेवन्त अधिकारीले बताए । कर्णाली सौफीकै कारणले सिंगो गाउँ नै आक्रान्त बनेपछि गत वर्ष तत्कालीन गाउँ परिषद्ले मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको थियो । ‘कर्णाली सौफी समयमै बिक्रीवितरणमा प्रतिबन्ध नलगाएमा थुपै्र कलिला जीवन यसले निल्ने छ’, अधिकारीले भने । गाउँगाउँमा मदिरा सेवनबाट हुने नकारात्मक असर बढ्ने थालेपछि दुई वर्षअघिदेखि नै न्यून गुणस्तर भएको मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्न थालेको हो । कमसल खालको मादक पदार्थको प्रयोगले अर्बुद र क्षयरोग निम्त्याउने र त्यसबाट गरीबहरु थप समस्यामा पर्ने भएकाले जिल्लाका प्रायःजसो कार्यक्रममा आवाज उठ्न थालेपछि अछाम उद्योग वाणिज्य संघको अगुवाइमा सर्वदलीय बैठकले ५० युपीमाथिको न्यून गुणस्तरको मदिरा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies