Khabar Dabali Logo
  October 19, Mon

कांग्रेसले संविधानको अपव्याख्या गर्याे : गुरुङ

पोखरा ।  नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष तथा एमालेका सचिव  पृथ्वी सुब्बा गुरुङले एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकता कसैले चाहेर पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटी कास्कीको ल्होसार/ल्होछारसहित विभिन्न जनजातिहरुको पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी एकताका लागि को प्रधानमन्त्री हुने वा को अध्यक्ष हुने भन्ने विषय गौण भएको बताए ।

पद वा पोजिसन भन्दा नयाँ पार्टीको बिचार, सिद्धान्त, संगठन प्रष्ट हुनुपर्ने र त्यसमा दुबै पक्षको सहमति हुन आवश्यक रहेको उनको भनाई थियो । प्रदेश नम्बर ४ का प्रदेश सांसद तथा मुख्यमन्त्रीका दावेदार एमाले नेता गुरुङले नेपाली कांग्रेसले संविधानको अपव्याख्या गर्दै खोंचे थापेर सरकारको आयु लम्ब्याएको आरोप लगाए ।

जनादेश प्राप्त पार्टीलाई सत्ता नसुम्पेर कांग्रेसले संविधान कार्यान्वयनमा समेत बाधा खडा गरेको उनको दाबी थियो । गुरुङले सरकारले प्रदेशको मुकाम र प्रदेश प्रमुख अविलम्व तोक्नुपर्ने बताए । कार्यक्रममा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुलाई बधाईसहित सम्मान गरिएको थियो ।

पुस २८ गते, २०७४ - १५:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

बलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले...   

कोरोनाले बढायो मानसिक समस्या

बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top