Khabar Dabali Logo
  October 28, Wed

आफ्नै सरकारविरुद्ध माइतीघरमा गर्जिए गगन थापा, के भने ?

काठमाडौं । हिजो साँझ पक्राउ परेका डा. गोविन्द केसीको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रर्दशन भइरहेको छ । मंगलबार बिहान ८ बजेबाट शुरु
भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री, नेता, कलाकार र केसीका समर्थकहरुको बाक्लो उपस्थित छ ।

‘श्रीमान गोविन्द केसीलाई लाग्छ भने हामीलाई पनि मानहानी लागोस, कांग्रेस नेता तथा पूर्वमन्त्री गगन थापाले भने ‘हामीले अदालतको मान बढाउन विगतमा आन्दोलन गरेका हौँ, डा केसीले उठाएको विषय चिकित्साशास्त्रको मात्रै होईन, यो सबै जनतासँग जोडिएको छ ।’

सम्बोधन गर्दै नेता थापाले भने ‘डेढ करोड खर्च गरेर पढेको चिकित्सकलाई मन्त्रीले चाहेर पनि गाउँ पठाउने नसक्ने अवस्था छ, त्यसैले मुहान सफा हुनुपर्छ केसीले मुहान सफा गर्ने अभियान गर्नुभएको हो ।, केसीले उठाएको मुद्धा जनताले उठाएको मुद्धा हो ।’ केसीले उठाईएको मुद्धा तत्काल छानविन गरियोस्, दुधको दुध पानीको पानी होस्’ थापाले भने ।

प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रलगायत शीर्ष नेताहरुको उपस्थिती रहेको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । उनी अनसनस्थलबाटै पक्राउ परेका हुन् ।

केसीलाई अदालतको अवहेलना मुद्दामा बयानका लागि सर्वोच्च अदालत लगिएको छ ।

पुस २५ गते, २०७४ - १०:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top