Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हैजा फैलिएपछि विश्वविद्यालय नै बन्द

\"\"जाम्बिया । जाम्बियामा हैजाको प्रकोप बढेपछि यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय शुक्रबार देखि बन्द गरिएको छ ।

विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठन पाठनका साथै सवै काम कारबाही बन्द गर्ने घोषणा गरिएको स्पष्ट पारेको छ ।

जाम्बियाको राजधानी लुसाकामा रहेको जाम्बिया विश्वविद्यालय नै जाम्बियाको सवै भन्दा ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालय प्रशासनले हैजाकै कारण शुक्रबारदेखि सवै कामकारबाही बन्द गरिएको घोषणा गरेको हो । विश्वविद्यालयका रजिष्ट्रार सितली वामुन्डीलाले हैजाको प्रकोप नियन्त्रणमा नआए सम्म विश्वविद्यालय अन्तर्गतका कुनै पनि संकाय वा निकाय सञ्चालन नगर्न निर्देशन दिइएको बताए । हैजाको प्रकोपले विषेशगरेर राजधानी लुसाका बढी प्रभावित भएको र बताइएको छ । विश्वविद्यालयको व्यवस्थापनले अब सो विश्वविद्यालय कहिलेदेखि खुला हुने हो भन्ने बारेमा भने केही पनि बताएको छैन । विद्यालय तथा कलेजहरु पनि बन्द भएपछि घर फर्किन लागेका विद्यार्थीहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिने रजिष्ट्रार वामुन्डीलाले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ । जाम्बियाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा हैजाको प्रकोप देखिएको विवरणहरु प्राप्त भएको जनाएको छ । हैजाको प्रकोप सुरु भएदेखि अहिले सम्म २ हजार २४८ जना नागरिकलाई हैजा भएको विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्यमन्त्री चितालु चिलुफियाले फोहोरका कारण पछिल्लो समयमा हैजाको प्रकोप फैलाउन सहयोग पुगेको बताएका छन् । यसरी हैजा फैलाउने काममा सहयोग पु¥याएका लुसाका तथा वरपरका विभिन्न खाजा पसल (फास्ट फुड) तथा केही होटलहरु पनि बन्द गराइएको बताए । ती पसलहरुमा खाद्य पदार्थको गुणस्तर परीक्षण गर्दा हैजा फैलाउने खालको देखिएकाले बन्द गराइएको पनि उनले स्पष्ट पारेकाे लुसाकाबाट प्राप्त समाचारमा जनाइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies