Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

वाईसिएलको नयाँ निर्णयः सहिदका बा–आमालाई भरणपोषणदेखि पार्टीलाई खबरदारीसम्म

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) केन्द्रीय पदाधिकारी बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । आइतवार सोमबार पार्टी कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षासमेत गरेको छ । केहि जिल्लामा वाइसिएलको समानान्तर कमिटी गठन गर्नेलाई निलम्बन गरेको छ । उत्पादन तथा स्वरोजगारबारे विभिन्न र ठोस निर्णयहरु पनि गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकाेटा दीपशिखा र महासचिव सुबाेत्रराज श्रीपालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता छन् वाइसिएलका निर्णयहरु
  • बैठकमा ७ वटै प्रदेशहरुका संयोजक तथा इन्चार्जहरुबाट सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको समिक्षा तथा संगठनको काम कारवाहीबारे रिपोर्ट राख्ने काम भयो । निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भुमिका खेल्ने संगठनका नेता कार्यकर्तालाई केन्द्रीय पदाधिकारीले बधाई तथा धन्यवाद ज्ञापन ग¥यो ।
  • फागुन महिनाभित्र वडादेखि प्रदेशसम्मका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरिएको छ ।
  • संगठनका केन्द्रीय सचिव रञ्जित यादव, केन्द्रीय सदस्यहरु अनिल पासवान, गणेश राउतलाई २ नं प्रदेशमा क्रमश इन्चार्ज, सहइन्चार्ज र संयोजक रहेर प्यारालाल प्रदेश समिति निर्माण गरेको र जिल्लाहरुमा पनि समानान्तर समितिहरु निर्माण गरेकोले संगठनको कुनैपनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको छ । साथै समानान्तर संगठन निर्माणमा सहभागी भएको केन्द्रीय सदस्यहरु दीपक पट्टेल, कमल न्यौपाने, रविराम र अरुण कुमार यादवलाई ७ दिनभित्र आत्मआलोचनापत्र केन्द्रीय समितिमा बुझाउन र सुध्रिन चेतावनी दिने निर्णय भएको छ । ७ दिनभित्र आत्मआलोचना पत्र नबुझाए स्वत् निलम्बन भएको ठहरिने निर्णय भएको छ । साथै संगठनका केन्द्रीय सदस्य इन्द्र कठायतलाई नेपाली कांग्रेससँग साँठगाँठ गरेका कारण साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको छ ।
  • उत्पादन तथा स्वरोजगारबारे विभिन्न र ठोस निर्णयहरु गरिएका छन् । सम्पूर्ण संगठनको ध्यान मुलुकको सम्बृद्धि तथा स्वरोजगारमा केन्द्रीत गर्ने निर्णय भएको छ । सो योजना अन्तर्गत यसअघि घोषणा गरिएको ६ महिनामा १ हजारलाई रोजगारीको कार्यक्रमलाई घनिभुत बनाउने समेत निर्णय भएको छ ।
  • रोल्पाका शहिद परिवार मंगले दम्पत्तिको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकोमा संगठनले लत्ता कपडा र घरका लागि आवश्यक पर्ने सम्पूर्ण कपडाको व्यवस्था गर्ने निर्णय भएको छ । साथै वृद्ध दम्पतिलाई भरणपोषणमा सहयोग गर्ने निर्णय समेत भएको छ ।
  • पार्टीलाई निम्न कुराहरु संगठनले सुझाव दिने निर्णय भएको छ ।
  • पार्टी एकताबारे पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी स्प्रिड आधारका मात्रै गर्नुपर्नेछ ।
  • पार्टीले समान अवसर प्रदान गर्नका लागि निम्न कुराहरुमा ध्यान पुर्याउन र सुझाव दिन चाहन्छौंं । समानुपातिक प्रणालीबाट संसदमा प्रतिनिधित्व जम्मा १ पटक, मन्त्रीमण्डलमा प्रतिनिधित्व जम्मा २ पटक, प्रत्यक्ष संसदमा चुनाव लड्ने जम्मा २ पटक र तेस्रो पटक लड्न इच्छुक रहे १ पटक होल्डमा बस्ने गरी वा यस्तै कुनै बैज्ञानिक नीति र विधिको विकास गर्न आग्रह गर्ने निर्णय भएको छ । (तर पार्टीको प्रमुख नेताको हकमा भने यस्तो व्यवस्थामाथि विचार गरिनुपर्नेछ । )
  • साथै देशैभर रहेका स्थानिय तहबाट १/१ जनालाई संगठनको केन्द्रीय योजनामा क्षमता अभिबृद्धि तथा सिपमुलक तालिम दिने निर्णय भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies