Khabar Dabali Logo
  June 3, Wed

पश्चिमाहरुको ग्राइण्ड डिजाइनमा नेपाल–भारतबीच सीमा विवाद उब्जाइयो

  • कात्तिक २२ गते, २०७६ - १३:३५
  • Uncategorized

एसियामा पहिले देखिनै ब्रिटिस साम्राज्यवादको प्रभुत्व रहँदै आइरहेको छ । उसको नीति भनेको फुटाउ र राज गर हो । प्राकृतिक, आर्थिक र सांस्कृतिक हिसाबले विश्वमा एसिया मजबुद बन्दै गएको छ । त्यसमा पनि चीन आर्थिक रुपले मजबुद बन्दै गईरहेको पश्चिमाहरुलाई मन परेको छैन । इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत चीनलाई असफल बनाउन पश्चिमाहरु अहिले भारतको साथ लिएर पुरै एशियामा फुटाउने र जोड्ने काममा जोडतोडले लागि परेका छन् । खासगरी यस क्षेत्रमा ब्रिटिस कोलनी कालदेखि नै पश्चिमाहरुले आफ्ना खुफिया एजेन्सीलाई प्रयोग छन् ।

उनीहरु चीन र भारतबीचको सीमा विवादलाई कहिल्यै हल गर्न दिँदैनन् । नेपाल, चीन र भारतबीचमा पनि कहिल्यै सम्बन्ध राम्रो हुन दिँदैनन् । भारत र पाकिस्तानबीचको सीमा विवाद पनि पश्चिमा रणनीतिको उपज हो । ब्रिटिशको यहि नीतिलाई अहिले विश्व साम्राज्यवादी अमेरिकाले अबलम्बन गरिरहेको छ ।

इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत चीनलाई असफल बनाउन पश्चिमाहरु अहिले भारतको साथ लिएर पुरै एशियामा फुटाउने र जोड्ने काममा जोडतोडले लागि परेका छन् ।

बदलिदो विश्व परिवेशमा साम्राज्यवादी शक्तिलाई ध्वस्त बनाउन तेस्रो मुलुकका देशका नेतृत्वकर्ता, ब्यूरोक्य्राटहरु र नीति निर्माताहरु एक ठाउँमा आउन आवश्यक देखिन्छ । नेपालको हकमा पश्चिमाहरुको फुटाउ र राज गर नीतिलाई क्रस गर्न सबै राजनीतिक दल, नेपाली जनता युनिफाइट हुन तयार हुनुपर्छ । पहिलो कुरा आन्तरिक रुपले राजनीतिक दलहरु तयार हुनु पर्छ । दोस्रो, एसियाली मुलुकहरु पनि युनिफाईट हुने कोशीस गर्नु पर्छ । छिमेकिसँग युनिफाइट हुनु पर्छ । एकले अर्कोलाई निषेध गर्ने, सिध्याउने लाइनमा गयो भने पश्चिमाहरु हावी हुन्छन् । महाभारत युद्ध जस्तो भाइभाइ फुट्ने गभार लुट्ने तरिकाबाट नेपालीहरु आफुआफै लड्न थालियो भने सार्वभौम शत्ता गुम्ने खतरा छ ।

यस्तो अवस्थामा एशियाली मुलुकहरुको एकता, त्यसमा पनि दक्षिण एशियाली मुलुकबीचमा सम्बन्ध विस्तार हुन जरुरी छ । नेपालले चीन–नेपाल–भारतबीच बृहत्तररुपमा सहमति, सहकार्य र एकताबद्ध भएर यस क्षेत्रको चासो, सार्वभौमसत्ताको रक्षा र विकासको लागि विगतका भुलबाट पाठ सिकेर आपसी विश्वास बढाउन जुक्ति निकाल्नु पर्छ ।
अब पनि पश्चिमाहरुको दलाली गरेपछि कुर्सीमा पुग्न पाइन्छ, कुर्सीमा पुगेकाले टिकाइ रहनको लागि पश्चिमाहरुको दलाली चाकडि गर्नुपर्छ भन्ने मानसिकताले गर्दा सार्वभौमसत्तामाथि खतराको घण्टी बजिरहेको छ ।

उदारणको लागि पश्चिमाहरुले कश्मीर मुद्दा उचालेर मिल्नै नदिएर फुटाउने रणनीतिमा लागेका छन् । कश्मीर सीमा विवाद खासै ठुलो मुद्दा होइन, त्यसमा खेलेर ठुलो इस्यु बनाइदिएको हो । नेपाल र भारतको सीमानामा पनि कहिले कताको, कहिले कताको सीमा विवाद उचालेर मिल्न दिएका छैनन् ।

एक जमानामा गल्ति नै गरिएको रहेछ भने पनि समय परिवर्तनसँगै सच्याएर अघि बढ्न सकिन्छ । यतातिर ध्यान नदिइ एकले अर्कालाई बिच्काउने, सिध्याउने, हेप्ने र पेल्ने दिशातिर अग्रसर भइरहेको छ । यो ग्राइण्ड डिजाइ सबै पश्चिमाहरुको हो । हाम्रा शासकहरु उनै पश्चिमाहरुको चाकरीमा लागेका छन् । अहिले सीमानाको कुरै छाडौं, मुलुक नै सिध्याउने दिशातर्फ पश्चिमाहरु जाँदै छ । उनीहरुबाट एशियाकै मानचित्र उलटपुलट गर्ने, सार्वभौम अधिकार समाप्त गर्ने, यस क्षेत्रका स्वतन्त्र राष्ट्रको अस्तित्व समाप्त पार्ने खतरा बढिराखेको छ ।

(गुरुङ सत्तारुढ नेकपाका प्रमुख सचेतक हुन्)

कात्तिक २२ गते, २०७६ - १३:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top