Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रचण्ड : सधैं तनावमा तर शान्त र अडिग !

काठमाडौं । नेपाली राजनीतिमा सधैं चर्चाको शिखरमा रहिरहने नेता हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कहीं जाँदा होस् या केही बोल्दा होस्, प्रचण्डको चर्चा परिचर्चा कम भएको छैन ।

निरन्तर बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एकता प्रक्रियाका सन्दर्भमा उठेको विभागको विषयलाई टुंगो लगाउन नसकेपछि प्रचण्ड सपरिवार दुबई उडेका थिए । नितान्त पारिवारिक मानिएको प्रचण्डको दुबई भ्रमणलाई पनि कतिपयले विवादित बनाउन खोजेका थिए ।

पारिवारिक स्रोतले बताए अनुसार प्रचण्ड पत्नी सीता दाहालको आग्रहमा सपरिवार दुबई निस्केका थिए । दुबई भ्रमणमा प्रचण्ड परिवारले निकै सावधानी अपनाउन खोजेको जस्तो देखिन्थ्यो । उनले मिडिया र स्थानीय कार्यकर्ताबाट दूरी बनाएका थिए । उनको विदेश भ्रमण र भ्रमणमा खिचिएका तस्वीरहरू यसअघि विवादित बन्ने गर्दथे ।

यद्यपि दुबईमा गएर कुनै विदेशीलाई भेटेको भन्ने समाचार अपुष्ट रूपमा आइरह्यो । यस विषयमा प्रचण्डको सचिवालय भन्छ,– ‘अध्यक्ष कमरेडलाई कोही अमूक मान्छे भेट्न विदेश गइरहनु पर्दैन । यसपाली उहाँ नितान्त पारिवारिक भ्रमणमा निस्कनुभएको थियो । त्यसमा पनि विविध रंगहरू घोलेर प्रचार(प्रसार भएकोमा उहाँ दुखी हुनुहुन्छ ।’

संयोग पनि कस्तो परेको थियो भने दुबई भ्रमण जानुभन्दा केही अघि प्रचण्डले आफ्नै निवासमा भारतीय बाह्य जासुस संस्थाका प्रमुखलाई भेटेको समाचारहरू बाहिरिएका थिए । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । भारतीय जासुस संस्थाका प्रमुख सामन्त गोयलले बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको समाचार पनि गतसाताका हटकेक बनेका थिए । सरकारका प्रवक्ताले उक्त दाबीको खण्डन गरिसकेका छन् ।

आउनेबित्तिकै पूर्वराजामाथि प्रहार
भनिन्छ प्रचण्ड यत्तिकै बोल्दैनन् । उनी समय र परिस्थितिमा आफूलाई ढाल्न माहिर मानिन्छन् । चाहे राजनीतिक होस् या अराजनीतिक होस्, परिस्थितिलाई विश्लेषण गरेर बोलिहाल्ने उनको बानी छ ।

गत १९ गते बीपी मार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्दै प्रचण्डले राजा महाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्न बकबक गरिरहेको भन्दै चर्को आक्रोश पोखे ।

जनता भइसकेका पूर्वराजामाथि किन प्रहार गर्नुपर्यो भनी सोधेको प्रश्नमा प्रचण्डनिकट एक नेता भन्छन्, –‘यो या त्यो रूपमा सामन्तवादका अवशेषहरूले देशमा अराजकता मच्चाउने प्रयास गरिरहेको छुपेको छ र रु अध्यक्षज्यू बाहिर रहँदा नेपालमा अदृश्य चलखेल बढेकै थियो नि । त्यही सन्दर्भमा उहाँको अभिव्यक्ति आयो । त्यो अभिव्यक्ति बिल्कुल सान्दर्भिक छ ।’

प्रचण्डले बढी बकबक गरे नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिएका थिए । नसच्चिए नसोचेको हविगत भोग्नुपर्ने उनको चेतावनी थियो । स्मरण रहोस् अघिल्लो दिन राप्रपाका अध्यक्ष कमल थापाले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनेर राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

सधैं तनावमा
प्रचण्डको पारिवारिक तनावको पाटोलाई अलग गर्ने हो भनेपनि उनीमाथि पार्टीभित्रका विवादहरूले निम्त्याउने तनावले कम प्रहार गरिरहेका हुँदैनन् । पार्टी एकता प्रक्रियालाई टुंग्याउने विषयमा लामो समयदेखि विवाद भएकाले निश्चित रूपमा त्यसलाई हल गर्ने दिशातर्फ लैजाने तनाव प्रचण्डलाई छ ।

यतिबेला पार्टीभित्रैबाट प्रचण्डलाई असहयोग रहने गरेको उनको बुझाई छ । पछिल्लो समयमा पूर्व माओवादी पक्षकै केही नेता आफ्नो विरुद्धमा लागेको ब्रिफिङ निकटस्थहरूले उनीसामू लगेका थिए । प्रचण्डलाई पार्टीभित्र सम्मान जनक उपस्थितिको दबाब पनि रहने गरेको छ । एकीकरण प्रक्रिया अन्तर्गत प्रदेश कमिटी, जिल्ला र स्थानीय निकायका कमिटीहरूमा प्रचण्डको पूर्ण बोलबाला रहेको देखिन्छ । तर प्रचण्ड यतिले मात्र सन्तुष्ट छैनन् ।

प्रचण्डले सरकारको काम नजिकबाट हेरिरहेको उनी निकटस्थ स्रोतको दाबी छ । ‘सरकारका कतिपय कामहरूमा उहाँले प्रधानमन्त्रीसँग भद्र असहमति जनाउनुभएको हामीले बुझेका छौं,’ उनले भने,– ‘तर सरकार असफल भए नेकपा नै असफल हुने र अध्यक्षका हिसाबले आफू पनि बच्न नसक्ने अध्यक्ष कमरेडको बुझाई छ ।’

प्रचण्डलाई यदाकदा सरकार विरोधी भएको पनि आरोप लाग्ने गर्छ । तर सार्वजनिक कार्यक्रमहरूमा सरकारलाई काँध थापिरहेका भेटिन्छन् उनी । प्रधानमन्त्री ओली उपचारका लागि बाहिर भएको अवस्थामा प्रचण्डले पार्टीभित्र विश्वासको वातावरण नबिग्रने गरी भेटघाट र छलफल चलाउनुपर्ने हुन्छ । यस मामिलामा प्रचण्ड पहिल्यैदेखि सचेत देखिन्छन् ।

यसअघि प्रधानमन्त्री स्विजरल्याण्डको डाभोसमा रहेका बेला भेनेजुएलामा अमेरिकी हस्तक्षेपको कडा विरोध गरेर विज्ञाप्ति निकाले जुन विवादित बनेको थियो । यसले पार्टीभित्र केही अविश्वासको सिर्जना गरेको भएतापनि प्रचण्ड आफ्नो अडानबाट टसको मस भएनन् । बरू सचिवालय बैठकबाट आफ्नो विज्ञप्ति सही रहेको निर्णय गराए ।

प्रचण्ड गल्तीबाट छिटो सिक्ने नेताका रूपमा नेपाली राजनीतिमा दर्ज छन् । उनी निकट एक नेता भन्छन्,– ‘उहाँलाई अस्थीर भएको आरोप बेलाबेलामा लाग्ने गर्छ, तर वास्तवमा त्यो गतीशीलता हो । यसलाई धेरै कम मानिसले बुझ्न सक्छन् । सकेसम्म गल्ती नगर्ने तर गल्ती भइहालेमा सार्वजनिक रूपमै स्वीकार्न सक्ने व्यक्तित्व राजनीतिमा कोही छ भने त्यो प्रचण्ड मात्र हो ।’

पार्टी काममा व्यस्त
एकता हुँदा भएको सहमति अनुसार पार्टीका दुई अध्यक्षमध्ये एकजना बाहिर हुँदा औपचारिक रूपमा पार्टीले कुनै निर्णय गर्दैन । अध्यक्ष प्रचण्ड बाहिर हुँदा पनि अर्का अध्यक्ष ओलीले औपचारिक रूपमा पार्टीको बैठक बोलाएर निर्णय गराउने गरेको अभ्यास नेकपामा छैन ।

प्रचण्ड अहिले आफ्नो निवासमै राजनीतिक भेटघाट गरिरहेको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । ‘त्यति साह्रो भेटघाट पनि होइन तर आजकल उहाँ पार्टीकै आन्तरिक काममा व्यस्त हुनुहुन्छ,’ जुगलले भने ।

प्रचण्ड सधैं मेहेनेत गरिरहने नेतामध्ये एक हुन् । उनी यत्तिकै बस्न सक्दैनन् । यतिबेला त झन् पार्टीभित्रको विवाद मिलाउनुपर्ने छ उनलाई । सरकारको लोकप्रियता घटिरहेको बेलामा काँध थाप्ने जिम्मा पनि प्रचण्डकै हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies