Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चिनीलाई पनि चुरोटलाई जस्तै हानिकारक मान्ने बेला आयो कि?

गएको दशकमा धूमपानलाई सीमान्तकृत र कलङ्कित बनाइएको छ। ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्य खोल राख्नुपर्ने बाध्यकारी व्यवस्था गरियो। त्यो सबै मानिसहरूलाई चुरोट खानबाट निरुत्साहित गर्न गरिएको हो। र, चिनी पनि चुरोटकै बाटो लागिरहेको देखिन्छ।

ब्रिटेनमा गुलियो पेय पदार्थमाथि कर लगाइएको छ। र अहिले अग्रणी थिङ्क ट्याङ्कले गुलिया पदार्थको आवश्यकता भन्दा बढी खपतका कारण चिनी प्रयोग हुने सबै खाद्यपदार्थहरूलाई आकर्षक नबनाइयोस भनेर साधारण खोल राखेर बेच्नुपर्ने व्यवस्था गर्न माग गरिएको छ।

उक्त माग इन्स्टिट्यूट फर पब्लिक पोलिसी रिसर्च (आइपिपिआर) ले आफ्नो नयाँ प्रतिवेदनमा गरेको छ। गुलियो पेयपदार्थले \'असामयिक मृत्युको सम्भावना बढाउँछ\'

\"साधारण खोलले हामीलाई राम्रो सामान छान्न मद्दत गर्छ र व्यस्त अभिभावकलाई सामान किनिदिन कर गर्ने बच्चाले गर्ने पिरलोमा कमी ल्याउँछ,\" उनले भने।

यसको साथै तयारी खानेकुराहरूको विज्ञापनमा पनि प्रतिबन्ध लगाउने लगायतका अरू उपायहरू अपनाइएको उनी हेर्न चाहन्छन्। त्यसबारे पहिल्यै मन्त्रीहरूले सोचिसकेका छन्। तर के साधारण खोल हाल्ने कदम सफला होला?

कदमविरुद्ध उद्योग
उद्योगहरूले यसबारे आपत्ति जनाइसकेका छन्। खाद्यान्न र पेय पदार्थसम्बन्धी महासङ्घले सामानको ब्र्याण्डिङ गर्न पाउनु आफ्नो \"आधारभूत व्यवसायिक स्वतन्त्रता\" र \"प्रतिस्पर्धा विपरित\" भएको दाबी गरेका छन्।

त्यस्तै खालको तर्क चुरोट उद्योगहरू पनि अघि सारेका थिए। तर एकपछि अर्को सरकारले त्यसपछि कडा अडान राख्दै आएका छन्।

तर गुलिया खानेकुराहरूमा साधारण खोल हाल्ने कुरालाई भने सरकारले निर्देशन दिइसकेको छैन। बरु, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी मन्त्रालय डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केअरले इङ्गल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक डेम स्याली डेभिसले के भन्छिन् त्यो सुन्न पर्खिरहेको जनाएको छ।

किन? किनभने सन् २०३० सम्ममा बालबालिकामा देखा पर्ने मोटोपनाको समस्या आधा कम गर्ने लक्ष्य पूरा गर्न साहसिक कदम चाल्न आवश्यक छ।

त्यसका लागि कुनै पनि कसर बाँकी नराखिएको सुनिश्चित गर्नका लागि डेम स्यालीलाई त्यस्ता कदमहरूको समीक्षा गर्न भनिएको छ। खासमा, उनले आइपिपिआरले अघि सारेको अर्को उपाय अपनाउन पनि सुझाव दिइसकेकी छन्।

त्यो उपाय भनेको चाहिँ गुलियो पेय पदार्थदेखि अन्य अस्वस्थकर खानेकुरासम्म कर बढाउनु एउटा सहि विकल्प हुने उनको सुझाव छ। र, उनी साधारण खोलको उपायबारे पनि खुला छिन् जुन अझै कडा कदम हुने पक्का छ।

बच्चाको मोटोपन घटाउन आमाबुबाको के भूमिका

बितेको दशकबाट के स्पष्ट भएको छ भने जे सम्भव छैन भन्ने देखिएको थियो त्यो छिट्टै सम्भव हुनसक्छ। सन् नब्बेको दशकको सुरुमा स्वास्थ्य अभियानकर्मी र प्राज्ञिक निकायहरूले सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध लगाउनुपर्नेमा निरन्तर दबाब दिइरहेका थिए।

सरकारले एकपछि अर्को गर्दै उक्त कदमलाई निरूत्साहित गर्‍यो। तर पेट्रिसिया हेविट स्वास्थ्यमन्त्री भएपछि अवस्था विस्तारै परिवर्तन हुनथाल्यो एकपछि अर्का कडा उपायहरू अवलम्बन गरियो।

उनको त्यस्तो प्रयासले काम गरेको देखिन्छ किनकि विगत १० वर्षमा चुरोट पिउनेको दरमा एक तिहाईले कमी आएको छ।

चुरोटको विकल्पमा विद्युतीय उपकरणमार्फत निकोटिन मिश्रित वाफ तान्ने र फाल्ने \'भ्यापिङ\'को वृद्धिका कारण पनि चुरोट पिउनेको सङ्ख्यामा कमी आएको हो।

तर जनस्वास्थ्यबारे चालिएका कडा नियमहरूको पनि त्यसमा भूमिका रहेकोमा कुनै शङ्का छैन।

सुर्तीजन्य उत्पादनमा सादा खोल हाल्नुपर्ने नियम पहिलोपटक लगाउने अस्ट्रेलियाकै उदाहरण हेर्ने हो भने पनि त्यस्तो कदमले धूमपान दरमा कमी ल्याउन उल्लेख्य भूमिका खेल्ने देखाएको छ।

मोटोपनाबारे बहस तीब्र रुपमा बढिरहँदा चिनीमाथि चालिने कडा कदमहरूको पक्षमा धेरै कुरा सुन्न पाइने अपेक्षा गर्नुहोस्। बिबिसि

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies