Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अर्थमन्त्रालय सम्हालिसकेका सभामुखले पहिलाे पटक सेयर किन्दै यसाे भने..

काठमाडौं । नेपाली जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाएर आर्थिक समृद्धि हासिल गर्ने उदेश्यसहित सरकारले अघि सारेको जनताको जलविद्युत कार्यक्रममा राजनीतिक दल तथा देशको महत्वपूर्ण पदमा रहेका व्यक्तिहरुले पनि लिए पछि यसमा सबैकाे चासाे बढेकाे छ । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मुल नाराका साथ अघि बढाइएको यो अभियानमा सभामुख कृष्ण बहादुर महरा पनि सहभागि भएका छन् ।  जनताको जलविद्युत कार्यक्रम अन्तर्गत दोस्रो चरणमा सेयर निष्काशन गरेका रसुवागढी हाइड्रो पावर र साञ्जेनको प्राथमिक सेयरमा आवेदन दिंदै उनी सेयर बजारमा प्रवेश गरे ।

दुई आयोजनामा गरी सभामुख महराले डेढ लाख रुपैयाँको आवेदन दिएका छन् । उनले रसुवागढीमा एक लाख रुपैयांको एक हजार कित्ताका लागि र साञ्जेनमा ५०० कित्ता अर्थात ५० हजार रुपैयाँको आवेदन दिएका हुन् ।  त्यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि सोही परिणामको सेयर खरिदका लागि आवेदन दिइन । पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनको धर्मपत्नी राधिका शाक्यले पनि सेयरमा आवेदन दिएका थिए । माथिल्लो त्रिशुली थ्री बीको सेयरमा आवेदन गरेका उनीहरुले २० कित्ता सेयर प्राप्त गरेका थिए ।

त्यस्तै ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले र पूर्वसभामुख समेत रहेकी उनकी धर्म पत्नी  ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख रुपैयाँको १ हजार कित्ता सेयर आवेदन दिए भने साञ्जेनमा पाँच सय अर्थात ५० हजार रुपैयाँको आवेदन दिए ।  मन्त्री पुन र पूर्वसभामुख घर्ती पहिलो आयोजना माथिल्लो त्रिशुली थ्री बीको २० कित्ता सेयरधनी भइसकेका छन् ।  महराको सेयर बजारमा पहिलो इन्ट्री अर्थमन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका सभामुख महरा पहिलो पटक सेयर बजारमा प्रवेश गरेको बताएका  छन् ।

उनले भने, \'अर्थमन्त्रालय त सम्हालियो तर सेयरमा प्रवेश गरिएको थिएन । वास्तवमा सेयर बजारमा प्रवेश गरेको पहिलो चोटी हो ।\' उनले थपे, \'मलाई सेयर बजारमा सहभागि गराउनु भएकोमा ऊर्जामन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।\'  सभामुख महराले पूँजी बजारलाई गतिशील बनाउन सकेमात्रै संविधानले परिकल्पना गरेको साम्यवाद आउने उल्लेख गरे । विगतमा बन्द अवस्थामा रहेको पूँजी बजारलाई गतिशील बनाउनु पर्ने उनको भनाई थियो । नेपालमा जलविद्युतको पर्याप्त संभावना रहेको र जनता नै मालिक हुने जनताको जलविद्युत कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies