काठमाडौं । नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुग्याउन खोजेको छ। वरिष्ठ नेता माधव नेपाल सहमतिमा आए उक्त दिनसम्ममा प्रस्ताव सचिवालयवाटै अनुमोदन गराई टुग्याउने तयारी गरेको हो।
त्यसका लागि आज (शुक्रबार) र भोलि (शनिबार) दुई अध्यक्षले वरिष्ठ नेता नेपालसँग घनीभूत छलफल गर्ने भएका छन्। ७७ जिल्ला कमिटिमध्ये ४५ तात्कालिन एमाले र ३२ माओवादीले नेतृत्व लिने समझदारी वने पनि पूर्वएमालेमा नेतृत्वका विषयमा विवाद देखिएपछि प्रक्रिया अवरुद्ध हुँदै आएको थियो।
वरिष्ठ नेता नेपालले पार्टीमा जिम्मेवारी चयनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी गर्न खोजेको भन्दै निरन्तर असन्तुष्टि जनाउँदै आइरहेका छन्। उनले कमिटीहरुको एकता कमिटि–कमिटिको हुनुपर्ने र त्यसका लागि निश्चित विधि बनाई जानुपर्ने पक्षमा अडान लिइरहेका छन्।
तर, प्रधानमन्त्री ओली एकता प्रक्रिया विशिष्ट अवस्थामा भएकोले विगत कमिटिमा रहेका मात्रै भनेर अल्झिन नहुने र सबैलाई समेटनुपर्ने अडानमा छन्। पूर्वएमाले नेताहरुबीच सहमति नजुट्दा एकता ढिलो भइरहेको छ।
दुई अध्यक्षले वरिष्ठ नेता नेपाललाई मनाउन यसै साता मात्रै पनि अहिलेसम्म चार पटक छलफल गरिसकेका छन्। बिहीबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले नेता नेपालसँग छलफल गरेका थिए। बैठकमा सहमति जुटाउने विविध विषयमा छलफल भएको स्रोत बताउँछ।
९ वैशाखभित्रै एकता प्रक्रिया टुग्याउने तयारीका साथ नै अध्यक्षद्वयले साताव्यापी चीन भ्रमणमा रहेका महासचिव विष्णु पौडेललाई पनि भ्रमण छोट्याई काठमाडौं फर्किन निर्देशन गरेका थिए । शनिबार मात्रै स्वदेश फर्किने कार्यतालिका रहेका पौडेल अध्यक्षद्वयको निर्देशनपछि बिहीबार नै स्वदेश फर्किएका छन्।
एकतामा अब उल्झन ल्याउन नदिन अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाल र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई मिलाउने बिकल्प खोजिरहेका छन्। त्यही क्रममा उनले नयाँ प्रस्ताव अहिले राखेका छन्। दुवै पक्षले अडान नछोडेपछि मध्यमार्गी विकल्पका रुपमा प्रचण्डले जनप्रतिनिधि भए पनि वरिष्ठलाई नेतृत्व दिनुपर्ने नयाँ प्रस्ताव राखेका छन्।
प्रचण्डको त्यस्तो प्रस्तावमा ओली र माधव नेपाल दुवै सकारात्मक रहेको स्रोत बताउँछ। दुई दिनको छलफलबाट पनि निष्कर्ष निस्कन नसके सिधै नेतृत्व घोषणा गरेर जानुपर्ने सुझाव ओली पक्षका नेताहरुले प्रधानमन्त्रीलाई दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: