Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन् । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उनले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गरे ।

मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइसकेको छ उनले भने । उनले विराट ट्रेड एक्स्पोले यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन थप टेवा दिने चर्चा गर्दै व्यापार र उद्योगलाई बढावा दिने विराटनगर किमाथाङ सडकको २३ किमी ट्र्याक खोल्न मात्र बाँकी रहेको जानकारी दिए । मुख्यमन्त्री राईले व्यापार मेलाले यस प्रदेशमा कृषि, पर्यटन र उद्योगको क्षेत्रमा थप प्रेरणा मिल्ने धारणा राखे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक छ उनले भने । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले राजनीतिक क्रान्तिपछि अब नैतिक क्रान्तिको आवश्यकता औँल्याए । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योग र व्यापारका क्षेत्रमा लागेका मानिसलाई हौसला प्रदान गर्न सरकारी कामकाज सरल हुनुपर्नेमा जोड दिए । मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारदाको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योगी मोति दुगडले पनि विराट एक्स्पोको महत्व माथि प्रकाश पारेका थिए । प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शंकरपुरमार्ग विराट मेडिकल अस्पतालको नजीकै पुस ६ देखि १४ गतेसम्म लाग्ने सो मेलामा प्रत्यक्ष रुपमा रु २० करोडको आर्थिक कारोवार हुने नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिंकडाले जानकारी दिए । मेलामा नेपालका २०८ र भारत, पाकिस्तान र बङ्गलादेशका ४२ गरी २५० वटा स्टल छन् । दैनिक उपभोग्य सामग्री, मेशिनरी पार्टपुर्जा, गाडी, तयार पोशाक, छालाका सामान, हस्तकला वस्तु, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies