/  Sat, October 20, 2018

रोनाल्डोका वकिल भन्छन्- बलात्कार आरोपमा पेश गरिएका प्रमाणहरु झुटो हो

यो वर्ष नै इटालियन क्लक युभेन्टस गएका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपमा पेश गरिएका प्रमाणहरु झुटो भएको उनका वकिलले बताएका छन्।

३३ वर्षे रोनाल्डोले सन् २००९ मा अमेरिकाको लस भेगसमा आफूलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन्। भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन्।

तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु फेक भएको दाबी गरेका छन्। ती महिलाले लगाएको बलात्कारको आरोप झुट रहेको र ती महिलाले आरोप दर्ता गर्ने क्रममा सबै झुटा कागजात बनाएको रोनाल्डोका वकिलले बताएका छन् ।

रोनाल्डो आफैंले पनि यो घटना झुटो भएको बताउदै आएका छन् । जर्मनीको एक पत्रिकाले छापेको अन्तवार्ता गलत भएको भन्दै रोनाल्डोले यसअघि नै आफ्नो भनाई राखिसकेका छन् ।

तर पनि उनी कानुनी रुपमा यसको समाधानका लागि दुई दिन अगाडी वकिलसँग भेट्न लिस्वन पुगेका थिए । सो भेटपछि पहिलो पटक रोनाल्डोका वकिल पिटर क्रिष्टिएन्सनले जारी गरेको वक्तव्यमा रोनाल्डोले सबै आरोप ‘स्पष्ट रुपले अस्वीकार गरेको र आरोप निकै घृणित रहेको’ उल्लेख गरिएको छ।

रोनाल्डोका वकिल क्रिष्टिएन्सनले आरोप सम्बन्धी खबर प्रकाशित गर्ने सञ्चार माध्यम निकै गैरजिम्मेवार रहेको उल्लेख गरेका छन् । चोरी गरिएको र सजिलै म्यानुपुलेट गर्न मिल्ने डिजिटल कागजातको भरमा आरोप लगाएको उनले बताएका छन् । यस्तै कागजातको महत्वपूर्ण भाग पूर्णरुपले परिवर्तन गरेर झुट बनाइएको रोनाल्डोका वकिलले बताएका छन् ।

३४ वर्षे काथरीनले लस भेगसको पुलिसमा आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित रिपोर्ट फाइल गरेकी थिइन्। २०१० मा काथरीनलाई यो घटना लुकाउन पुलिसको संलग्नतामा तीन लाख ७५ हजार अमेरीकी डलर दिएको बताइएको छ। तर, रोनाल्डोका वकिलले यो सम्झौता भएको भए पनि बलात्कारका कारण भने नभएको बताएका छन् । एजेन्सी

अशोज २५ गते, २०७५ - ११:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान जारी छ। वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस...   

ओली सरकारप्रति बाबुराम भट्टरार्इको टीप्पणीः न हाँसको चालमा न कौवाको

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकारको...   

टेलिकमको यी २२ अफर लिएर मज्जा लुट्नुस्, विद्यार्थीलार्इ पनि यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु सोमबार...   
फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्स । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...   
विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्। सोमबार बिहान...   

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

सोल । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली...   

टीकाको दिन प्रहरीको निःशुल्क बस

कास्की । दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक...   

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई...   

किन जाँदैछन् रामचन्द्र पाैडेल १२ दिन लामो भारत भ्रमणमा ?

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत भ्रमणमा जाने भएका छन् । १२ दिन लामो...   

मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमी बाँकी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top