Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

यी हुन् युवा अर्बपति, कसको सम्पत्ति कति ?

फोर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ ।

लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन् । फोर्ब्सका अनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सम्पत्ति ४७.३ अर्ब डलर बराबरको छ । दोस्रो स्थानमा अजीम प्रेमजी, तेस्रोमा लक्ष्मी मित्तल, चौथोमा हिन्दुजा ब्रदर्स र पाँचौँ स्थानमा पालोनजी मिस्त्री परेका छन् । भारतका यी शीर्षस्थ पाँच अर्बपतिहरूको उमेर ६१ देखि ८९ वर्ष बीचको रहेको रहेछ । ठूला सयजना अर्बपतिहरूको सूचीमा कैयौँ युवा पनि समेटिएका छन् । यी हुन् भारतका पाँच युवा अर्बपतिः

भाविन र दिव्याङ्क तुराखिया

छत्तीस वर्षीय दिव्याङ्क तुराखिया र ३८ वर्षीय भाविन तुराखिया डाइरेक्ट-आई कम्पनीका सहसंस्थापक हुन् । डाइरेक्ट-आई विभिन्न प्रविधि कम्पनीहरूको समूह हो, जसको स्थापनमा सन् १९९८ मा २५ हजार भारु लागतमा गरिएको थियो । फोर्ब्सका अनुसार सो कम्पनीको सम्पत्ति अहिले एक अर्ब ५५ करोड डलर अर्थात् ११, ४३३ करोड भारु बराबरको छ । भारतका ठूला सयजना अर्बपतिको सूचीमा यी दाजुभाइ ९७ औँ स्थानमा रहेका छन् । खेलकुदसम्बन्धी व्यवसायबाट थालनी गरेका मुम्बईका यी दाजुभाइले अन्लाइन विज्ञापनदेखि एपजगत्‌मा सफलता हासिल गरेका छन् । भारतका साथै अमेरिका र संयुक्त अरब एमिरेट्सबाट पनि यी दाजुभाइको कम्पनी सञ्चालनमा छ ।

विजय शेखर शर्मा, पेटीएम

भारतमा \'नोटबन्दी\'पछि पेटीएमले अभूतपूर्व सफलता हासिल गरेको छ । डिजिटल बिल कारोबारबाट थालिएको उसको यात्रा अहिले ई-कमर्सको दुनियाँमा पुगेको छ । विजय शेखर शर्माले सन् २०१० मा पेटीएमको स्थापना गरेका थिए । भारतका ठूला १०० धनीको सूचीमा ४० वर्षीय विजय शेखर ७४ औँ स्थानमा रहेका छन् । पेटीएमको अहिलेको सम्पत्ति दुई अर्ब १५ करोड डलर अर्थात् १५, ८५५ करोड भारु बराबरको छ । अलिगढका विजय शेखरले प्रारम्भिक दिनमा आफ्नो अङ्ग्रेजी भाषा राम्रो नभएका कारण समस्या झेल्नुपरेको थियो। स्नातक पढ्दै गर्दा उनले आफ्नो व्यवसायको थालनी गरेका थिए ।

शमशीर भायलील, भीपीएस हेल्थ केयर

युवा अर्बपतिहरूको सूचीमा तेस्रो स्थानमा रहेका ४१ वर्षीय शमशीर भायलील भीपीएस हेल्थ केयरका सञ्चालक हुन् । उनी फोर्ब्सको सूचीमा ९८ औँ स्थानमा छन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति एक अर्ब ५४ करोड डलर अर्थात् ११, ३६९ करोड भारु बराबरको छ । सन् २००७ मा एउटा अस्पतालबाट व्यवसाय थालेका शमशीरले भारतबाहेक संयुक्त अरब एमिरेट्स र ओमानमा आफ्नो व्यवसाय विस्तार गरिसकेका छन् । केरलामा जन्मिएका शमशीरले संयुक्त अरब एमिरेट्समा एक रेडियोलोजिस्टका रूपमा काम थालेका थिए । एक वर्ष जागिर खाएपछि उनले अस्पताल स्थापना गरे । हालै केरलाका बाढीपीडितका लागि उनले ५० करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए । समीर गहलोत, इन्डियाबुल्स ग्रुप दिल्लीको हौजखास क्षेत्रमा जस्ताको छाना भएको घरबाट कार्यालयबाट व्यवसाय थालेका समीर गहलोत भारतका सबैभन्दा सम्पन्न युवा हुन् । चवालीस वर्षीय समीर ‍इन्डियाबुल्स ग्रुपका संस्थापक अध्यक्ष हुन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति चार अर्ब दुई करोड डलर अर्थात् ३०, ९२५ करोड भारु बराबरको छ । भारतका शीर्षस्थ अर्बपतिको सूचीमा उनी २९ औँ स्थानमा परेका छन् । मेकानिकल इन्जिनिरिङ पढेका हरियाणाका समीर जागिर खान विदेश गए। दुई वर्षपछि स्वदेश फर्केर एउटा \'ब्रोकरिङ\' कम्पनी सस्तोमा किने । त्यससँगै उनले घरजग्गा कारोबारलाई पनि अगाडि बढाए र सफलता पाउँदै गए ।

डा. रञ्जन पई, मणिपाल ग्रुप

डा. रञ्जन पई भारतको चिकित्साक्षेत्रको चिरपरिचित नाम हो। मणिपाल एडुकेशन एण्ड मेडिकल ग्रुपका अध्यक्ष भारतीय अर्बपतिहरूको सूचीमा ८६ औँ स्थानमा रहेका छन् । फोर्ब्सका अनुसार ४५ वर्षीय रञ्जनको सम्पत्ति एक अर्ब ८६ करोड डलर अर्थात् १३,७०५ करोड भारु बराबरको छ । मलेशियाको मेलका मणिपाल मेडिकल कलेजको व्यवस्थापक निर्देशकका रूपमा काम थालेका रञ्जनले विस्तारै सफलताको बाटो तय गर्दै गए । मणिपाल ग्रुपअन्तर्गत छवटा मेडिकल कलेज र १६ वटा अस्पताल सञ्चालनमा छन् । भारतबाहेक नेपाल, मलेशिया, दुबई र एन्टिगुवामा सो समूहका मेडिकल कलेज छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies