/  Tue, December 11, 2018

तीन करोडको लागतमा धर्मशाला निर्माण

कञ्चनपुर । भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिर संरक्षण समितिले रु तीन करोडको लागतमा सो मन्दिरमा धर्मशाला निर्माण गरेको छ ।

मन्दिरमा सङ्कलित रकमले प्रसिद्ध सिद्धनाथ मन्दिर परिसरमा दर्शनार्थीका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गरिएको हो । चार वर्षअघि निर्माण कार्य प्रारम्भ गरिएको धर्मशालामा दर्शनार्थी बस्नका लागि ११ कोठा, एक हल, शौचालय र स्नान घर निर्माण गरिएको छ ।

प्राचीन सिद्धनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको रकम सङ्कलन गरी धर्मशाला निर्माण गरिएको समितिको कार्यालय प्रमुख गोविन्द महताले बताए । धर्मशाला निर्माणको सबै कार्य यस वर्ष पूरा हुने उनको भनाइ छ ।

आर्यघाटका लागि जग्गा दान 

मन्दिर, विद्यालय तथा खेल मैदानका लागि प्रायः जसो जग्गादान गर्ने गरेको पाइन्छ तर दक्षिणी क्षेत्रअन्तर्गत एक स्थानीयले शव दाह गर्ने आर्यघाटका लागि जग्गा दान गरेका छन् ।

पुनर्वास नगरपालिका–१० विकास बस्तीका स्थानीय समाजसेवी मीनबहादुर देउवाले करीब रु सात लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा शव जलाउने आर्यघाटका लागि निःशुल्क रूपमा दान गरेका छन् । देउवा परिवारले आर्यघाटका लागि जग्गा दान गरेपछि स्थानीय बासिन्दालार्ई शव जलाउन सहज भएको छ । देउवाद्वारा आर्यघाटका लागि जग्गा प्राप्त गरेपछि पुनर्वास नगरपालिकाले शव जलाउने थलो, खानेपानी धारा, करीब ३०० जना मलामी विश्राम गर्ने पक्की टहरो निर्माण गरिएको छ ।

आर्यघाट निर्माण भएपछि पुनर्वासका वडा नं १ देखि ११ सम्म का स्थानीय लाभान्वित भएका छन् ।

आर्यघाटका लागि नगरवासी जनताले नगरपालिकामा समेत बारम्बार गुहार लाउँदै आइरहेका थिए । कामचलाउ आर्यघाटका रूपमा प्रयोग हुँदै आएको वडा नं १० स्थित दोंदा नदीको किनारमा रहेको देउवा परिवारको जग्गा उपलब्ध गराइदिन केही समाजसेवीले अनुरोध गरेपछि मीनबहादुर देउवाको नाउँमा रहेको पाँच कट्ठा जग्गा प्राप्त गर्न सकिएको कुरा समाजसेवी छविलाल खनियाले बताए । रासस

साउन २४ गते, २०७५ - १४:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्मचारीमाथि मुख्यमन्त्रीहरुको आक्रोश, प्रधानमन्त्रीले ‘मथ्थर’ बनाए

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी...   

१२ बर्षअघिको सिक्लेस सम्झिए प्रचण्डले, बाटो पक्की गर्ने घोषणा

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   

बैतडी ओखर बगैँचा स्थापना हुँदै

बैतडी । फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा...   

कैद र जरिवाना असुल गर्न बाँकी

दोलखा । चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाइरहँदा जिल्ला अदालत दोलखामा भने विभिन्न...   
मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी

मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी

तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल...   

प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु

रुपन्देही । प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५...   

शेयर बजार: दोहोरो अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका...   

यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा

काठमाडौं । काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा...   

शर्त उल्लङ्घन गर्ने जलविद्युत् कम्पनीलाई कारवाही

काठमाडौं । सरकारले तोकेको नियम उल्लङ्घन गरी जलविद्युत् आयोजना सञ्चालन तथा शेयर स्वामित्व परिवर्तन...   

गर्भवतीको हेलिकप्टरमा उद्धार

जाजरकोट । सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top