Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मेस्सीको पेनाल्टी गोल रोक्ने आइसल्याण्डका गोलकीपर भन्छन्-एउटा सपना जस्तै लागिरहेछ

मस्को । सपना नै थियो हानेस होल्डोरसनका लागि । नहोस् पनि किन ? संसारकै खतरनाका मानिने मेस्सीको प्रहार रोक्ने जिम्मेवारी उनको काँधमा थियो । आइसल्याण्ड पहिलोपटक विश्वकपमा पुगेको टीम । त्यसैपनि मन अत्तालिन्छ । तर होन्डोरसनले निकै कुशलतापुवर्क अर्जेन्टिनी टीमको वरिपरि बुनिएको प्रतिबिम्ब भत्काउन सफल भए । उनले कौशलता नदेखाएको भए अर्जेन्टिनाले ५ भन्दा बढी गोल पक्कै गथ्र्यो होला । मेस्सी, जसको खुट्टामा बल परेपछि पोष्ट नपुगि रोकिँदैन भनिन्छ । तर हिजोको खेलमा भने उनी चलेनन् । चल्न पाएनन् । चल्नबाट रोकिए । यतिसम्म कि पेनाल्टीको सुन्दर अवसर समेत उनले उपयोग गर्न सकेनन् । फ्रिकीक पाएको बेला पोर्चुगलका रोनाल्डोले अगाडिको रक्षापंक्तिलाई छक्याउँदै बाउन्स प्रहार गरेर गोल गर्न सफल भएको बेला एकमात्र गोलकिपरलाई समेत भेदन गर्न नसकेपछि मेस्सीको अवस्था के भयो होला सहजै अनुमान गर्न सकिन्छ । र, मेसीलाई यो अवस्थामा पु¥याउन सफल भए यीनै होन्डरसन । फिफाको आधिकारिक वेभसाइटसँग कुरा गर्दै होन्डरसनले आफ्नो सपना साँचो भएको बताए । “पेनाल्टीलाई जोगाउनु मेरा लागि सपना जस्तै थियो । यो एउटा निर्णायक पल थियो । यसले हामीलाई एक एक बराबरी अंकमा टिकिराख्न महत्वपूर्ण भूमिका खेल्यो ।” हैल्डोरसलले अगाडि भनेका छन्, “मैले मेसीका धेरै पेनाल्टी किक हेरेको थिएँ । उनी प्रहारका लागि अगाडि आउँदा मलाई उनी मेरो बारेमा के सोचिरहेका होलान भन्ने अनुभूति भयो । अनि यसअघिका सबै पेनाल्टी किक हेरेको आधारमा मैले उनले पक्कै  पनि मेरो दायाँतर्फ बल प्रहार गर्ने सोचेँ ।” आइसल्याण्डको प्रदर्शन पहिलोपटक विश्वकप खेल्न गएको टीम जस्तो थिएन । कतिपयले यसलाई फाइनल खेल हेरेजस्तो माने । तर आइसल्याण्डको अबको प्रदर्शन कस्तो हुन्छ, त्यो भने यसै साता बिहिबार नाइजेरियासँग हुने खेल हेरेपछि भन्न सकिएला । तर एउटा सत्य चाहिँ के हो भने आइसल्याण्डसँग बराबरी अंक बुटल्न बाध्य भएको कारण अर्जेन्टिनाका लागि भने अंकतालिकामा माथि उक्लिन शुरुआतमैं ठूलो समस्या परेको छ । सन १९८४, अप्रैल २७ मा जन्मेका हाल्डोरसन पेशाले चलचित्र निर्माता हुन । उनको फुटबल यात्रा त्यति लामो पनि छैन । उनले सन् २०१२ को मार्चमा नर्वेजियन क्लब एस के ब्रानका गोलकिपर पिटोर लेसिजेव्स्की घाइते भएपछि उनको स्थानमा गोलकिपरको जिम्मेवारी लिएका थिए । एजेन्सी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies