Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नयाँ शक्ति पार्टी गठनको दुइ बर्षः जुट्नेभन्दा फुट्ने धेरै

काठमाडाैं । नयाँ शक्ति पार्टी स्थापना भएको आज दुई वर्ष पुगेको छ । पूर्वमाओवादी, सरकारी सेवाबाट सेवा निवृत्त कर्मचारी, कलाकार तथा विभिन्न पेशागत संघसंगठनमा आवद्ध रहेका व्यक्तित्वहरुलाई एकतृत गर्दै ०७३ मा डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन भएको थियो । पार्टी स्थापना दिवसका अवसरमा आज वानेश्वरदेखि बबरमहलसम्म र्याली निकालिएको थियो । र्यालीपछि नयाँ शक्ति पार्टी स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको राष्ट्रिय भेलाको उद्घाटन राजधानीको कार्की पार्टी प्यालेसमा चलिरहेको छ । यो छोटो अवधिमा पार्टीको स्पष्ट दृष्टिकोण नहुनु र कम्युनिस्ट स्कुलिङ र गैरकम्युनिस्ट स्कुलिङबीच अन्तद्र्वन्द्वले पनि नयाँ भनिएको शक्तिमा नयाँ रक्त सञ्चार हुन सकेन । पार्टी थप कमजोर हुँदै गयो । पार्टी नेपालको तेस्रो स्थापना दिवस तामझामका साथै मनाइदै गरेपनि स्थापनाका दुई वर्षमा संयोजक भट्टराई पार्टी अतिस्त्व रक्षाका लागि संघर्षरत छन् । स्थापनाकालका करीब धेरै जस्तो नेता र कार्यकर्ता नयाँशक्ति परित्याग गरी पुरानै पार्टी तत्कालीन माओवादी केन्द्रमा फर्किसकेका छन् । देवेन्द्र पौडेलदेखि खिमलाल देवकोटालगायतका पार्टीका धेरै कार्यकर्ताले डा भट्टराईको नेतृत्व र कार्यदिशाप्रति असहमति जनाउदै साथ छोडेका हुन । स्थापनाको तेस्रो वर्षगाँठ मनाउँदै गर्दा नयाँशक्ति खिइएर सानो भइसकेको छ । भने यसका संयोजक डा भट्टराई कहिले फोरम त कहिले धुव्रीकरणका कुरा गरिरहेका छन् । स्थापना दिवसका अवसरमा बुधबार नयाँ बानेश्वर नजिकबाट शुरु भएको पदयात्रा बिजुलीबजार हुँदै पार्टी कार्यालय बबहरमहलमा आएर समापन गरिएको थियो । पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माण, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न सन्देश प्रचार गरिएको थियो । विभिन्न जाति, समुदायका सांस्कृतिक वेशभूषा तथा बाजागाजासहित सहभागीले उक्त यात्रामा रमाइलो गरेका थिए । पदयात्रामा केन्द्रीय नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सहभागी थिए । विसं २०७२ जेठ ३० गते पूर्वप्रधानमन्त्री भट्टराईको संयोजकत्वमा उक्त पार्टी स्थापना भएको हो । स्थापना दिवसकै सन्दर्भमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, अन्तक्र्रिया तथा युवा भेला समेत गरिने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies