Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी रमाउँदै छ ब्राजिल, नेइमारको चर्तिकला हेर्नुहोस् (भिडियोसहित)

काठमाडौं । भोलीदेखि शुरु हुने विश्वकप फुटबल खेल्नका लागि अहिले ब्राजिलको टोली पनि रुसमा छ । विश्पकपको उपाधि जिन्ने बलियो सम्भावनाका रुपमा लिइन्छ ब्राजिललाई । पाँच पटक उपाधि उचाली सकेको ब्राजिल यसपटक पनि जित्ने दाउमा छन् । यो टोलीमा विश्वका महंगा खेलाडी नेइमार छन् । उनको कप्तानीमा ब्राजिलले खेल्ने छ । अहिले ब्राजिलको टीम प्रशिक्षणमा ब्यस्त छ । यो टीमसँग अधिकांश युवा खेलाडी छन् । खेलमा तनाव र दबाब आउँछ । यति हुँदाहुँदै पनि ब्राजिलका खेलाडी भने रमाइलो गर्न छुटाउँदैनन् । उनीहरु प्रशिक्षणका अलवा अनेक रमाइलो पनि गरिरहेका छन् । टिमकै साथी खेलाडीमाथि विभिन्न उट्पट्याङ्ग गरेर रमाइलो गरिरहेका हुन्छन् उनीहरु । यसमा सबैभन्दा अघि तम्सिन्छन् कप्तान नेइमार नै । मंगलबार ब्राजिलियन टोली रुसमा प्रशिक्षण गर्दै थियो । प्रशिक्षणबाट केहीबेर मैदानमै सबै सुस्ताइरहेका थिए । नेइमारलाई उपध्रो सुझ्यो । उनले अण्डा जम्मा पारे । उनका निकै मिल्ने साथी र ब्राजिलियन टिमका खेलाडी फिलिप कोन्टिन्हो अरु साथी खेलाडीसँग कुरा गर्दै थिए । नेइमारले पछिबाट गएर उनको टाउकोमा अण्डा फुटाए । त्यसपछि गाब्रिएल जिसससहितका अरु खेलाडीले पनि कोन्टिन्होको टाउकोमा अण्डा फुटाए । शरीरमा पिठो दले । टिमका अरु खेलाडीमा पनि त्यो उपध्रो भयो । त्यसपछि पालो आयो नेइमारको । नेइमारका दुवै हात मार्सेलोले समाते अर्का खेलाडीले आएर उनको टाउकोमा अण्डा फुटाए । रमाइलो गरे । ब्राजिलियन टोली रुसमा रामाइलो गर्दै प्रशिक्षणमा छ । विश्वकपका लागि समूह ई मा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्नेछ । यो टिममा सर्बिया र कोस्टारिका पनि छन् । खासमा मंगलबार कोन्टिन्होको जन्मदिन थियो । विश्वकपका लागि रुस भएकाले जन्मदिन टिमका साथीहरुसँग प्रशिक्षण गरेर मनाउनु पर्‍यो उनले । नेइमारले मिल्ने साथी कोन्टिन्होलाई जन्मदिनमा खुशी बनाउने उपायको रुपमा यो प्रयांक गरेका हुन् । टाउकोमा अण्डा फुटाए पनि, शरीरमा पिठो दले पनि कोन्टिन्हो निकै खुशी देखिन्थे । मंगलबारदेखि कोन्टिन्हो २६ वर्ष लागेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies