Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

एमाले, माओवादी र काँग्रेसलाई चित्रबहादुरले लगाए यस्ता आरोप

\"\"बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागी खाने भाँडो बनाइएको बताएका छन् । सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरूले राजनीतिलाई मागी खाने भाँडो बनाएको बताएका हुन् । शुक्रवारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले राजनीति गर्ने मान्छेहरू जोगी हुन पनि तयार हुनुपर्ने बताए । उनले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरे व्याक्तिहरु मोटाउँदै जाने र देश टाट पल्टिने बताए । कांग्रेस, एमाले, माओवादीले सत्ता र शक्तिको राजनीति गरेकाले देशमा भ्रष्टाचार र अराजकता मौलाउँदै गएको उनको दाबी थियो । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेपाली जनताले संघीय प्रणालीको खर्च पुर्‍याउन नसक्ने बताए । संघीय प्रणालीको आफूहरू विरोधी नभएको उल्लेख गर्दै अध्यक्ष केसीले देशको आर्थिक र भौगोलिक अवस्थाले धान्न नसक्ने भएकाले त्यसको विरोध गरिएको उल्लेख गरे । उनले तराईलाई पहाडबाट अलग गराई नेपालमा अस्थिर कायम गर्न भारतले नेपालमा संघीयता ल्याउन खोजेको र जातीयता, क्षेत्रीयता भित्र्याएर नेपाललाई रुवाण्ड बनाउने गरी पश्चिमाहरूले नेपालमा संघीयता ल्याउन चाहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारन्टी राज्यले गर्नुपर्ने बताउँदै राज्यले जनताप्रतिको आफ्नो दायित्व पुरा गर्न नसकेको बताए । उनले मन्त्री, सांसद र कर्मचारीहरु नै सहकारी, बैंक, शिक्षण संस्था, एनजीओ, आईएनजीओको ठेक्का पट्टामा लागेकाले सबै क्षेत्र डुब्दै गएको बताए । एनजीओ, आईएनजीओले नेपालमा समान्तर सरकार चलाएको बताउँदै उनले भने, ‘एनजीओ र आइएनजीओहरु जातीय र क्षेत्रीय भारी बोकेर आएका छन्। स्वास्थ्यलाई नीजिकरण गरेर समाजवादको सपना देख्ने एमाले, माओवादी र कांग्रेसबाट ठुलो आशा गर्न हुदैन ।’ सोही कार्यक्रममा अखिल नेपाल शिक्षक संघका नेताहरूले पेशागत सुरक्षाको माग गरेका छन् । संघका केन्द्रीय अध्यक्ष सानोभाई कार्कीले अहिलेको शिक्षाले २१ सौं शताब्दी चुनौतीहरूको सामना गर्न नसक्ने बताए । कार्यक्रममा शिक्षा विभाग प्रमुख बोमबहादुर खत्री, संघका पूर्व अध्यक्ष नरेन्द्र थापा, अखिल नेपाल शिक्षक संगठनकान अध्यक्ष घनश्याम पाठक, नेपाल राष्ट्रिय शिक्षा संगठनका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका धादिन्द्र क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, जनजाति सम्मेलनका हनुमान चौधरी, अखिल नेपाल युवक संघका कोषाध्यक्ष बाबुराम आचार्य, उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज पौडेल, वामवन्थी बुद्विजीवी दुर्गानाथ खरेल लगायतले बोल्दै शिक्षामा आमूल परिवर्तन हुन आवश्यक रहेको बताएका थिए । संघका अध्यक्ष सानुभाई कार्कीको अध्यक्षता र महासचिव चक्रपाणी पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न जिल्लाका शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies