Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

युएईमा ब्लडमनिको सजाए पाएका बिकलाई छुटाउन रकम जुट्दै, ८० हजार दिराम उठ्यो

\"\"युएई । ‘ब्लडमनी’ बापतको रकम १ लाख दिराम बुझाउन नसकेर स्वदेश फर्कन नपाएका खैरेनी ९, चितवनका टोपबहादुर विकलाई छुटाउन संचालन गरिएको आर्थिक सहयोग अभियान अन्तर्गत हालसम्म ८० हजार दिराम नेपाली झन्डै २२ लाख रुपैयाँ संकलन गरिएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन । चार बर्ष अघि काम गर्दै गर्दा क्रेन दुर्घटनाबाट दुई थाई नागरिकको ज्यान गएपछि (यूएई) को अलऐनस्थित ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई ४ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक–एक लाख दिराम परेको थियो । अदालतको फैसला पछि ब्लड मनि जुटाउनका लागि युएई स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक सहयोगका लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत बिकलाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जवाफ पठाएपछि गैर आवासीय नेपाली संघ युएईको संयोजकत्वमा बिगत एक महिनादेखि ब्लड मनि जुटाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको हो । दुर्घटनापछि ४ महिना २० दिन जेलमा बसेका बिकलाइ अदालतले पासपोर्ट जफत गरि यात्रा प्रतिबन्ध गरेर कम्पनीमा पठाए पनि काम गर्न कम्पनी बन्द भएपछि उनी अलपत्र परेका थिए । हाल उनी आफन्त तथा साथिभाइको संरक्षणमा बस्दै आएका छन । ब्लड मनि जुटाइ बिकलाइ छुटाउन एक महिना अघिबाट संचालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा युएईमा रहेका सबै संघसस्थाहरु एक जुट भएर लागेका छन । यस्तै ब्लडमनिको अपुग रकम झन्डै २० हजार दिराम अप्रिल १३ तारीख भित्र संकलन गरि एकमुष्ट नेपाली दूतावासलाई हस्तान्तरण गर्न जानकारी श्रेष्ठले दिएका छन । यसका लागि १३ तारिख नै दुबईस्थित नुर अल अहलिय अस्पतालमा विशेषज्ञ सहितको नि:शुल्क स्वास्थ्य शिविर राखिएको र उक्त ‘शिविरकै दिन पनि इच्छुक नेपालीले सहयोग गर्न सक्ने व्यवस्था मिलाएको जानकारी दिएका छन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies