Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

\"\"नुवाकोट । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले महोत्सवले जिल्लाको आर्थिक गतिविधि र व्यावसायिक विस्तारमा सकारात्मक प्रभाव पार्ने बताए । उनले स्थानीय उत्पादनका साथै धार्मिक तथा सास्ंकृतिक पर्यटन प्रवद्र्धनमा महोत्सवको भूमिका देखिनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले मेला महोत्सवको माध्यमबाट जिल्लामा आर्थिक समृद्धिको मार्ग खोजी हुनुपर्ने बताए । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको र करीब रु दुई करोडको आर्थिक कारोबार भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लाको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको महोत्सवले जिल्लाको समृद्धिका लागि भूमिका खेलेको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । महोत्सवबाट स्थानीय उत्पादन हस्तकलाका सामग्री र कृषिजन्य उत्पादनको प्रवद्र्धन भएको उनले बताए । ११ दिनसम्म सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि महोत्सवमा सहभागी व्यवसायीको मागलाई ध्यानमा राखी एक दिन थप गरिएको आयोजकले जनाएको छ । महोत्सवमा पछिल्ला दिनमा दर्शकको संख्यामा उलेख्य मात्रामा वृद्धि भएको थियो । महोत्सवमा विभिन्न चर्चित कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies