Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

युएई जेलमा रहेका बिकलाई छुटाउन सरकारको असहयोग

\"\"युएई । काम गर्ने स्थलमा दुर्घटना परि साथिको मृत्यु भएपछी चार वर्ष अघि हत्या अभियोगमा युएई अदालतबाट ब्लड मनि भुक्तानको सजाय सुनाईएका चितवन खैरिनिका टोपबहादुर विश्वकर्माको रिहाइको लागि नेपाल सरकारबाट आर्थिक सहयोग गर्न नमिल्ने वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले जनाएको छ । अदालतको फैसला पछि ब्लड मनि जुटाउनका लागि युएईस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक तथा कानुनी सहयोगको लागि पत्र लेखेको भएपनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत बिकलाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाएको नेपाली दूतावास युएईले बताएको छ । बिगत ४ वर्ष देखि उद्दारको पहल गरिदिन हारगुहार गरिरहेका बिकलाइ बचाउन नेपाली दूतावास युएईले सकारात्मक पहल लिएको भए पनि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट सहयोग गर्न नमिल्ने बताएपछि युएईमा कार्यरत नेपालीहरु आक्रोशित बनेका छन । उद्दारको लागि युएई बाटै सहयोग अभियान सुरु लामो समय देखि जेल जीवन बिताउँदै आएका विश्वकर्माको उद्दारका लागि एनआरएनए युएईको संयोजकत्व रहने गरि आर्थिक सहयोग संकलन अभियान थालिएको छ । नेपाली दूतावास युएईमा आयोजना गरिएको सर्वपक्षीय भेलाले युएईमा रहेका नेपाली संघसंस्था र सरोकारवाला सबैसँग हातेमालो गर्दै विश्वकर्माको उद्दारका लागि आवश्यक ब्लड मनि नेपाली करिब ३० लाख रुपैयाँ संकलन गर्न सहयोग संकलन समिति गठन गरेको जानकारी नेपाली जन प्रगतिशील मन्च युएई अबुधाबीका क्षेत्रिय कोषाध्यक्ष खगेन्द्र सुबेदीले खबरडबलीलार्इ जानकारी दिएका छन । समितिमा नेपाली समाज युएई, नेपाली जनसंपर्क समिति, प्रवासी नेपाली मंच, नेपाली जनप्रगतिशिल मंच, आदिवासी जनजाती महासंघ, चितवन समाज, विश्वकर्मा समाज रहेका छन भने युएईमा कृयाशिल संपुर्ण नेपाली संघसंस्थालाई समेत सदस्य तोकिएको सुबेदीले बताएका छन । आगामी साता दूतावासमा संघसंस्थाका प्रमुखहरुको भेला गरेर उपसमिति निर्माण गरि समय सिमा तोकेर आर्थिक सहयोग संकलन अभियान सन्चालन गर्न जानकारी दिएका छन । विश्वकर्माको उद्दारका लागि एनआरएनए आईसिसीले ब्लड मनि रकमको १० प्रतिशत नेपाली दुई लाख ८० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ भने विश्वकर्मा समाज युएईले समेत सहयोग संकलन अभियान संचालन गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies