Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

के चीनसँग भुटान नजिकिँदै छ ? यसो भन्छन् भारतीयहरू

\"\"भुटानको तीनतिर भारत पर्दछ भने एकतिर चीन पर्दछ । एसियाका दुई शक्ति राष्ट्रको बीचमा करिब आठ लाख जनसंख्या भएको यो राजतन्त्रात्मक देश भारतसँग बढी नजिक रहिआएको छ । भारत र भुटानबीच एउटा विशेष सम्बन्ध रहेको बताइन्छ । भुटानको अन्तर्राष्ट्रिय, आर्थिक र रक्षा नीतिमा भारतको प्रभाव रहिआएको छ । सन् १९४९ मा दुई देशबीच मैत्री सन्धि भएको थियो । सन् २००७ मा त्यसमा केही संशोधन गरियो । भारत र भुटानबीच ६०५ किलोमिटर सिमाना जोडिएको छ र भारत भुटानको सबैभन्दा ठूलो व्यापार सहयोगी पनि हो । भुटानले आफ्नो ९८ प्रतिशत निर्यात भारतलाई गर्दछ र करिब ९० प्रतिशत आयात भारतबाट गर्दछ । भारतीय सेनाले भुटानको शाही सेनालाई प्रशिक्षण दिँदै आएको छ । तर पछिल्ला दिनहरूमा चीन र भुटान नजिकिन थालेका विवरणहरू आइरहेका छन् । भारत सरकारले त्यहाँको संसदीय समितिलाई चीन र भुटानबीचको सम्बन्धमाथि नजर राखेको बताएको छ । हिन्दुस्तान टाइम्सको एउटा रिपोर्ट अनुसार संसद्को विदेश मामिलासम्बन्धी समितिमा राहुल गान्धीले भुटान चीनसँग नजिक भए भारतले के गर्छ भन्ने प्रश्न गरेका थिए । तर भुटानका लागि भारतीय राजदूत रहिसकेका पवन वर्मा त्यस्तो ठान्दैनन् । हाल जनता दल युनाइटेडसँग आबद्ध वर्मा भन्छन्, \"यस्तो रिपोर्ट आएको यो पहिलो पटक होइन । चीन पनि चाहन्छ भुटानसँग उसको कूटनीतिक सम्बन्ध विस्तार होओस् । उसको पनि त्यहाँ दूतावास छ ।\" \"भारतका लागि भुटानसँग राम्रो सम्बन्ध राख्न जति जरूरी छ, उति नै जरूरी चीनका लागि छ । तर भुटान चीनसँग नजिक भएको रिपोर्ट विश्वसनीय लाग्दैन ।\" भुटानसँग राम्रो सम्बन्ध बनाइराख्न भारतका लागि किन आवश्यक छ त ? जवाफमा वर्मा भन्छन्, \"नक्सामा भुटानको अवस्थिति हेरेर पनि यो कुरा बुझ्न सकिन्छ । सुरक्षाको दृष्टिकोणले भुटानसँग राम्रो सम्बन्ध बनाइराख्न भारतका लागि जरूरी छ । तर भुटान एउटा सार्वभौम मुलुक भएकोले कुनै पनि हिसाबले उसलाई आफू अधिनस्थ ठान्नु कूटनीतिक अपरिपक्वता हुनेछ ।\" कैयौँ देशका लागि राजदूत रहिसकेका भारतीय कूटनीतिबारे जानकार लखनलाल मेहरोत्रा भुटानले बेलाबखत चीनसँग कुराकानी गर्ने गरेको कुरा भारतलाई थाहा भएको बताउँछन् । उनी भन्छन्, \"भुटानले चीनसँग संवाद गर्दा जहिले पनि एउटा अफवाह शुरू हुन्छ कि ऊ चीनसँग हुन थाल्यो । तर भुटानले गोप्य रूपमा यदि चीनसँग कुराकानी गर्छ भने त्यसबारे भारत सजग हुनुपर्छ ।\" मेहरोत्राका अनुसार हिन्द महासागर क्षेत्रमा भारतको मैत्री सम्बन्ध रहेका देशहरूमा चीनले आफ्नो प्रभाव बढाउने प्रयास गरेको छ । उनी भन्छन्, \"चीनले एउटा महाशक्ति राष्ट्रका सबै लक्षणहरू देखाइरहेको छ । चीनसँग शक्तिशाली नौसेना छ । उसले अरू देशलाई प्रभावित पार्ने प्रयत्न गर्दै आएको छ ।\' बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies