Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

माअाेवादी भित्र मन्त्री बन्नका लागि लबिङ दाैड, चर्चामा रहेका को कतिपटक मन्त्री ?

\"\"काठमाडौ । नेकपा माओवादी केन्द्रमा प्रत्यक्ष निर्वाचन जितेका अधिकांश सांसद मन्त्री बन्नका लागि लबिङ दाैडमा लागेका छन् । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीका भागमा सातवटा मन्त्रालय परेका छन् । माओवादीले सबै प्रदेश, क्षेत्र, क्लस्टर र लिंगसमेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने निर्णय गरिसकेको छ । सवै भन्दा बढी कलह गृहमन्त्री बन्नेमा परेकाे छ । गृहमन्त्री बन्न चारजनाको रस्साकस्सी परेकाे छ । माओवादीलाई गृहमन्त्री छान्न सकस परेको छ । पार्टीबाट सरकारको नेतृत्वमा रामबहादुर थापा बादललार्इ   जिम्मेवारी दिइएकाे छ । उनी गृह मन्त्रालय सम्हाल्ने लबिङमा लागेका छन् । पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त पनि गृह नै ताकेका छन् भने, पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा प्रभाकरले पनि गृहमन्त्रीकै दाैडमा रहेका छन्  । थापालाई फुटेर आएका नेताहरूले दबाब दिइरहेका छन् भने पुनले प्रचण्ड र प्रधानमन्त्री ओलीसँग गृहका लागि लबिङ गरिरहेकाे स्राेतले दावी गरेकाे छ । बस्नेत र शर्मा भने गृहमन्त्रीमा दोहोरिन चाहेका छन्। अाफु ऊर्जामा हुँदा राम्रो काम गरेको दावी प्रभाकरकाे छ भने  बस्नेतले गृह पाए राम्रै, नपाए अन्य प्रभावकारी मन्त्रालय भएपनि भन्ने मनस्थितिमा रहेकाे स्राेतले बतायाे । यता ऊर्जा मन्त्रालयमा मातृका यादव र पम्फा भुसालले दाबी गरेका छन् । यादव ऊर्जा मन्त्रालय नपाए सरकारमा नजाने मनस्थितिमा छन् । भूषाल अाफु उर्जामा नै जान चाहेकी छन् । थापालाई उपप्रधानमन्त्रीसहित गृह वा अन्य कुनै मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउने गृहकार्य माअाेवादी भित्र छ । को कतिपटक मन्त्री ? रामबहादुर थापा : थापा माओवादी केन्द्रमा तेस्रो वरीयतामा छन् । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको दाबी गरेका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा चितवनबाट निर्वाचित उनी प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री थिए । तर, रुक्मांगत कटवाल प्रकरणमा सरकार ढलेपछि उनी पार्टीमा खासै सक्रिय देखिएनन् । मोहन वैद्यले पार्टी फुटाएपछि उनी वैद्यतिरै लागे । फुटको झन्डै चार वर्षपछि उनी एउटा समूहको नेतृत्व गरेर प्रचण्डसँग एकतामा आए । दोस्रोपटक मन्त्री बन्ने तयारीमा रहेका उनी सरकारमा पार्टीबाट नेतृत्व गर्न चाहन्छन् । वर्षमान पुन : पुनले सरकारमा गृह मन्त्रालयको दाबी गरिरहेका छन् । ०६४ को संविधानसभा निर्वाचनमा ललितपुरबाट विजयी उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट सांसद बनेका हुन् । ०६३ मा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी दुई महिना शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । जनार्दन शर्मा : यसअघिका दुई सरकारमा लगातार मन्त्री बनेका शर्मा वर्तमान सरकारमा गृह मन्त्रालय ताकेका छन् । ०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहँदा कमाएको ‘पपुलारिटी’ गृहमा दाेहाेर्याउन चाहेका छन् । ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनिसकेका छन् । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । देव गुरुङ : गुरुङले मन्त्री र सभामुख जे भए पनि हुने माग पार्टीभित्र राखेका छन् । सुरुमा मन्त्रीका लागि जोड गरे पनि माओवादीको भागमा सभामुख परेपछि उनको जोडबल सभामुखमै रहेको छ । तीनपटक सांसद, दुईपटक मन्त्री, एकपटक दलको उपनेता र एकपटक प्रमुख सचेतक बनिसकेका गुरुङले ०६४ मा मनाङ र अहिले लमजुङबाट प्रत्यक्ष चुनाव जितेका हुन् । ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा स्थानीय विकासमन्त्री बनेका गुरुङ ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा कानुनमन्त्री भएका थिए । पम्फा भुसाल : भुसाल तीनपटक मन्त्री बनिसकेकी छिन् । ०६३ को गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महिला बालबालिका तथा समाजकल्याण, ०६५ को प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासन र ०६८ मा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेकी हुन् । चौथोपटक मन्त्री बन्ने उनको दाउ छ । शक्तिबहादुर बस्नेत : ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकार र ०७२ मा केपी ओली नेतृत्वको सरकारमा बस्नेत मन्त्री बनिसकेका छन् । ०७२ मा गृह मन्त्रालय उनको जिम्मामा थियो । मन्त्रीको दौडमा रहेका उनी गृहमा दोस्रो इनिङ गर्न चाहन्छन् ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies