Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको लहोला पल्ला भारी ?

 

\"\"कैलाली । ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै रोजक बन्दै गएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो ।

गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डा आरजु राणा देउवा यस क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव लड्ने भएपछि थप चर्चा बढेको हो । उनको उम्मेदवारीका बारेमा पार्टीभित्र र बाहिर उत्तिकै बहस शुरु भएको छ । डा राणाले मनोनयन दर्ता गराएसँगै सोही दिनदेखि नै झन् रोचक बन्दै गएको छ । उनले कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गर्ने कार्यलाई तीव्रता दिएकी छिन् र उनी आजभोलि हरेक दिन आफ्नो क्षेत्रका विभिन्न स्थानमा सभा तथा घरदैलोमा व्यस्त छिन् । काँग्रेसको पकड राम्रो मानिएको क्षेत्र नं ५ रोज्नुभएकी डा राणाले यस क्षेत्रको विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा भएको बताएकि छिन् । त्यसैगरी आफूले जितेमा धनगढी विमानस्थलको स्तरोन्नति तथा नेपाल–भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूले पहल गर्ने उल्लेख गरेकी छिन् । डा राणाको मुख्य प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारी छन् । वाम गठबन्धनबाट साझा उम्मेदवारी रहेका नारदमुनि रानाले रानाथारू समुदायका मत तान्ने अपेक्षा गरिएको छ । रानाथारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा त्यो समुदायका ३० हजार मतदाता रहेका छन् । रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपप्रमुखमा चुनाव जितेका थिए । रानाले लामो समयसम्म लगानी र योगदान रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले धनगढी उपहानगरपालिकालाई एउटा व्यवस्थित र सुन्दर शहरका रुपमा परिणत गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने, जलस्रोत विकासलाई प्राथमिकतामा राखेर ऊर्जा उत्पादन गर्नेतिर छुट्टै योजना रहेको बताउँदै आएका छन् । त्यसैगरी विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दिनेशराज भण्डारी यस क्षेत्रका स्थानीय व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उनको छवि पनि राम्रो बनेको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा उपमहानगरपालिकाको स्वतन्त्र प्रमुख पदका उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत छ । हमाल हाल विवेकशील साझा पार्टीका ७ नं प्रदेशका संयोजक छन् । विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिइसकेकाले अब मतदाताले नयाँ दललाई भोट दिने विश्वास व्यक्त गर्छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies