Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

वर्षकै धेरै कर तिर्ने व्यक्ति बने राणा

\"\"काठमाडौँ  मुलुकको आर्थिक लक्ष्य हासिल गर्न कर प्रशासनलाई सबल र सक्षम बनाउनुपर्नेमा जोड दिइएको छ । छैटौँ राष्ट्रिय कर दिवस मनाउने क्रममा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले समृद्धिका लागि अधिकतम स्रोत परिचालन गर्न कर प्रशासनको सबलीकरणमा जोड दिएका हुन् । मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकलाई सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका साथै दिगो विकासको लक्ष्य हासिल गर्दै सन् २०३० भित्र मध्यम आय भएको मुलुकको कोटीमा पुर्याउनुपर्ने अभिभारा सरकारमा रहेको भन्दै उक्त लक्ष्य प्राप्तिका लागि मुलुकमा ठूलो आर्थिक स्रोत परिचालन आवश्यक भएको र मुलुकको कर प्रशासनलाई सबल र सक्षम बनाउँदै लगिने बताउनु भयो । त्यसैतै अर्थसचिव शंकरप्रसाद अधिकारीले मुलुकले लिएको लक्ष्य पूरा गर्न लगानी, उत्पादन, रोजगारी, आय तथा बचतमा अभिवद्धि गर्ने र व्यावसायिक वातावरण सुधार गर्नुपर्नेमा जोड दिए । कर दिवस समारोहका अध्यक्ष तथा राजश्व सचिव शिशिरकुमार ढुंगानाले संविधानले निर्दिष्ट गरेको आर्थिक समृद्धि हासिल गर्न अधिकतम कर परिचालन आवश्यक भएको धारणा राखे । आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले मुलुक संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा कर प्रशासनलाई सरल र सहज बनाउँदै लगिने जानकारी दिए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा तथा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले करको दायरा बढाउन करदातामैत्री नीति तथा कार्यक्रम आवश्यक भएको बताए । कार्यक्रममा स्मारिका र विभागको वार्षिक प्रतिवेदन लोकार्पण गरिएको थियो । केन्द्रीय विजक अनुगमन प्रणालीका प्रथम सहभागी सिप्रदी ट्रेडिङका कार्यकारी निर्देशकलाई प्रमाणपत्र वितरण गरिएको थियो । कर दिवस मनाउने क्रममा सरकारले आज बिहान प्रभावफेरी कार्यक्रम गरेको थियो । यो वर्षको नारा ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ रहेको छ । उत्कृष्ट पन्ध्र करदाता सम्मानित सरकारले आर्थिक वर्ष २०७२÷७३ मा विभिन्न विधामा सबैभन्दा बढी राजश्व दाखिला गर्ने १५ करदातालाई सम्मान गरेको छ । सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसी तथा निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता भर्सेन्ड टेक्नोलोजिज प्रालिका वरिष्ठ वित्त व्यवस्थापक सन्तोष कोइरालालाई सम्मान गरिएको हो । त्यसैगरी, उद्योगमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने हिमाल पावर लिमिटेड, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये आयकर तिर्ने करदाता राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, सहकारी संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने करदाता राष्ट्रिय सहकारी बैंक र बैंक तथा वित्तीय संस्था तथा लघु वित्तमध्ये हिमालय बैंक लिमिटेडलाई सम्मान गरिएको छ । बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवातर्फ त्रियोग उच्च मावि, सूचना प्रविधि सेवातर्फ वल्र्ड कम्युनिकेसन प्रालि, पर्यटन व्यवसायतर्फ टाइगर टप्स प्रालि, व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालिले सबैभन्दा बढी कर तिरेका छन् । त्यसैगरी रु पाँच करोडसम्मको कारोबार भएकामध्ये सबैभन्दा बढी कर तिर्ने साना करदाता डा उपेन्द्र देवकोटा, रु ४० करोडसम्मको कारोबार भएका मझौला करदातामध्येबाट सबैभन्दा बढी कर तिर्ने गोर्खा डेभलपमेन्ट बैैंक, व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्शेर र समयमै कर बुझाउने पवनकुमार इन्टरनेशनललाई पनि सम्मान गरिएको हो । विभागमा कार्यरत उत्कृष्ट दश कर्मचारीलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो भने कर दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिताका विजेता एलिसा लामिछाने र कविता प्रतियोगिताका विजेता अस्मिता मरासिनीलाई रु २५ हजार नगद प्रदान गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः करदाता सेवा कार्यालय न्यूरोड, आन्तरिक राजश्व विभाग लाजिम्पाट र आन्तरिक राजश्व कार्यालय बबरमहललाई पनि पुरस्कार वितरण गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies