Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

बालकृष्ण र पुष्करलाई जेल हाल्दा अरु परिवारमाथि अन्याय

ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठ र भुवनकुमार श्रेष्ठको तत्कालिन युद्धका बेला हत्या भयो । उज्जन र भुवनको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै बारंबार कुरा उठ्ने गरेको छ । दश वर्षे द्वन्द्वका क्रममा उज्जन र भुवनमात्रै होइन, धेरै मानिसको ज्यान गयो । देशभर झण्डै १७ हजार नागरिकले ज्यान गुमाए । देशभरको कुरा मात्र होइन, उज्जन र भुवनकै गाउका मात्रै आठ नौ जनाले ज्यान गुमाएका छन् । उज्जन र भुवनको हत्यामा बालकृष्ण ढुंगेल र पुष्पर गौतमलाई दोषी ठहर गरिएको छ । अदालतले ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ । तर अदालतको फैसला कार्यान्वयन नभएको भन्दै दायर गरिएको रिटमा सर्वोच्चले पुन आममाफी नहुने फैसला सुनाएको छ ।
\"निर्मल

लेखक

  द्वन्द्वकालिन समयमा ओखलढुङ्गाको पोकली–१ र २ मा राज्यका तर्फबाट र तत्कालिन बिद्रोही पार्टी माओेवादीको तर्फबाट उज्जनकुमार श्रेष्ठ, भुवनकुमार श्रेष्ठ मात्र नभएर अरु पनि मारिएका छन् । त्यतिबेला उज्जन र भुवन मात्र नभइ पोकली–२ की कमला कार्की, सोही ठाउँकै दिनेशकुमार गौतम, प्रल्हाद गौतम, वालन नेपाल, पोकली–१ की मन्जु गौतम मारिए । कसैको लाश भेटियो कसैको ऐलेसम्म न लाश न सास भेटिएको छ । पोकलीको यति सानो गाउँ दुई वडामा गरी जम्मा १३५ घर धुरी छन् । यति सानो गाउँमा ८/९ जनाले जीवन आहुती दिएका छन् । जो सुकै भए पनि दोषीलाई कारबाही हुनुपर्छ भन्नेमा हाम्रो पनि मत छ । तर ती घटनाहरु सोच्दा पनि आँसु आउँछ । मृत्युवरण गर्ने कोही काखा र कोही पाखा भन्ने हुँदैन । सबैका सन्तान समान हुन्छन् । हो, न्याय सबैले पाउनु पर्दछ तर जुन एउटै गाउँका जनतामा राज्यले कसैलाई त्यहीँ ज्यान गुमाएवापत द्वन्दपीडित परिवारको बिल्ला भिराएर ज्यानको मूल्य तोकेर केही रकम बाड्ने काम ग¥यो । त्यही रकम पनि जो पीडित परिवारले सबै रकम पाएनन् गाउँका टाठा बाठा भनाउँदाहरुले गाउँमै पैसा ल्याइदिने बाहना गरेर आधा रकम ल्याउनेले नै खाइदिए । आज त्यही गाउँका बालकृष्ण ढुंगेल र पुस्कर गौतमलाई सर्बश्वसहित जन्मकैद गर्दा कमला कार्की, दिनेश गौतम, मञ्जु गौतम लगायतका परिवारलाई अन्याय भएन र ? यो कुराको चित्तबुज्दो जवाफ सरकारले त्यो परिवारलाई दिन सक्नुपर्छ । आज पुस्कर गौतम र बालकृष्ण ढुंगेललाई जेल हाल्ने भयो भनेर मैले यो कुरा लेखेको होइन । किनकी म कसैको कार्यकर्ता होइन तर एउटै गाउँका एकै प्रकृतिका घटनामा जो बोल्न सक्दैन, जो आर्थिक रुपले कमजोर छ, उनीहरुमाथि अन्याय भएको छ । सरकारले कुनै परिवारलाई १÷२ लाख दिएर फकाउने, कसैलाई सर्बश्वसहित जन्मकैद गरेर पीडितलाई न्याय दिलाउने गर्दा भोलिका दिनमा उज्जनकुमार श्रेष्ठको परिवारको नजरमा कमला कार्की, दिनेश गौतम, मन्जु गौतम जस्ताको परिवार सधैं झुक्नुपर्ने अवस्था आउन सक्दछ । त्यसैले सरकारले सबै पीडित परिवारलाई न्याय हुने काम गरोस् । सरकारले कसैमाथ अपमानित र गिरेको महसुस नहुने गरी पीडित परिवारलाई न्याय प्रदान गरोस् । आम द्वन्द्वपीडित परिवार यही चाहन्छ । (घिमिरे ओखलढुंगा पोकली–२ का बासिन्दा हुन् ।)  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies