/  Tue, October 17, 2017

दश लाख पर्यटक नेपाल आउने

काठमाडौं । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् ।

सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशैंमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा चितवनलगायतका ठाउँका होटलहरु भरिन थालेका छन् ।

होटल एशोसिएशन अफ नेपालका अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा यो दर ५० प्रतिशत मात्र थियो ।

यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । दशैँपछि अष्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकबाट बढी पर्यटक आउने व्यवसायीहरु बताउँछन् ।

नेपालमा यतिखेर चाडपर्व भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली स्वेदश फर्किरहेका छन् । आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा गैरआवासीय नेपाली संघको ‘ग्लोबल मिटिङ’ भएकाले धेरै प्रवासका नेपाली नेपाल आउने अनुमान गरिएको छ ।

हानका अनुसार देशभर साना ठूला गरी एक हजार २०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालित छन् । अहिले नेपालका होटलमा करिब ४५ हजार शय्या छन् । नयाँ चार हजार शय्या थपिँदैछन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष चन्द्र रिजालले पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पदयात्री तथा संस्कृतिबारे जिज्ञासु धेरै पर्यटक नेपाल आउने गरेको बताए ।

पदयात्रा पर्यटनका लागि अक्टोबर र नोभेम्बर उपयुक्त समय हो । दशैँ, तिहारजस्ता पर्व पनि यसै बेला पर्ने भएकाले दशैँको संस्कृति बुझ्न कतिपय विदेशी पर्यटक आइरहेका हुन्छन् । त्यस्तै, माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ ।

टानका अनुसार पदयात्री पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० देखि ४० प्रतिशतले बढेको छ । अहिलेको मौसम हिमाल आरोहणका लागि पनि उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यतिखेर मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न विदेशी पर्यटक आइरहेका छन् ।

विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अहिले ८० भन्दा बढी आरोहण दल विभिन्न हिमाल तथा शिखर चढ्न आएका छन् । पर्वतारोहणका लागि आउने पर्यटकका कारण पनि अहिले चहलपहल बढेको छ ।

सन् २०१७ मा १० लाख पर्यटक भित्रिने व्यवसायीको प्रक्षेपण छ । होटल बुकिङ र पर्यटक आगमनलाई आकलन गर्दा १० लाख पर्यटक पुग्ने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताए । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

सन् २०१७ को पहिलो आठ महिनाको अवधिमा करिब आठ लाख पर्यटक आइसकेको अनुमान छ । सन् २०१६ मा साढे सात लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो अनुपातलाई आधार मानेर नेपाल पर्यटन बोर्डले सन् २०१७ मा १० लाख पर्यटक नेपाल आउने अनुमान गरेको छ ।

“पर्यटकीय पूर्वाधारले साथ दियो भने १० लाख पर्यटक सहजै पुग्ने अनुमान व्यवसायीको छ, विमानस्थल र बाटोघाटो राम्रो भएको खण्डमा हामी लक्ष्यमा पुग्छौँ, यसमा सरकारले पूर्वाधारको क्षेत्रमा ध्यान दिनुपर्छ” – महासचिव शाहले भने।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी अनुकूल वातावरण भएको र निजी क्षेत्रले लगानी पनि बढाएकाले पर्यटक आगमनको अवस्था विगतमा भन्दा राम्रो रहेको बताए ।

अशोज १० गते, २०७४ - १७:१९ मा प्रकाशित
बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

  खोटाङ । चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले...   
वाईसीएलले गर्यो १ बुथ १ सय युथको निर्णय

वाईसीएलले गर्यो १ बुथ १ सय युथको निर्णय

काठमाडौं । नेकपा माओवादी निकट वाईसीएल नेपाल २ नम्वर प्रदेशको पूर्ण बैठक सम्पन्न भएको छ । महोत्तरीको...   
नगदसहित ८ जना पक्राउ

नगदसहित ८ जना पक्राउ

  कैलाली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज १ लाख ६४ हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ । धनगढी...   
मुलुकलार्इ विद्युतीय सवारी साधन तर्फ लैजाने

मुलुकलार्इ विद्युतीय सवारी साधन तर्फ लैजाने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र...   
१ करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

१ करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रु एक करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र...   
सूचनाको सही प्रयोग गरौं : राष्ट्रपति

सूचनाको सही प्रयोग गरौं : राष्ट्रपति

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको...   
८८ किलो सुन प्रकरणका व्यापारी पक्राउ

८८ किलो सुन प्रकरणका व्यापारी पक्राउ

काठमाण्डौ । प्रहरीले नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ पक्राउ गरेको छ।...   
२६ हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

२६ हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

  काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या...   
लोकतान्त्रिक गठबन्धनमा जाँदैनाै : अध्यक्ष यादव

लोकतान्त्रिक गठबन्धनमा जाँदैनाै : अध्यक्ष यादव

  विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक...   
कुसल क्रान्तिकारी तथा युवा नेता गंग बहादुर घर्ती दैलेखबाट सिफारिस

कुसल क्रान्तिकारी तथा युवा नेता गंग बहादुर घर्ती दैलेखबाट सिफारिस

काठमाडाैं । कम्यूनिष्ट पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा होमिएका तथा भूमिगत जीवन जनयुद्धमा समर्पित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top