Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भाडादरको छड्के अनुगमनमा प्रशासन

\"\"अछाम । अछाम प्रशासनले पछिल्लो समय निर्धारण गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन भए/नभएको बारे छड्के अनुगमन कार्य सुरु गरेको छ । दशैँ तिहारलाई मध्यनजर गर्दै यात्रु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर व्यवसायीले कार्यान्वयन गरे÷नगरेको बारे छड्के अनुगमन सुरु गरिएको हो । मंगलसेन, जयगढ, साँफेबगर सडकखण्डमा सञ्चालन हुने जिप तथा बसले भाडादर कार्यान्वयन गरे/नगरेको र नियमानुसार यातायात सञ्चालन गरे/नगरेको बारे निगरानी गरिएको छ । प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा गरिएको छड्के अनुगमनका क्रममा बाटोमा भेटिएका यातायातका साधन जिप तथा बस सञ्चालक र त्यसमा सवार यात्रुलाई सोधपुछ गरिएको बताइएको छ । अनुगमनका क्रममा केही यात्रुले आफूहरु साँफे, जयगढ मंगलसेनखण्डमा पुरानै भाडा तिरिरहेको बताएका प्रजिअ चौधरीले जानकारी दिए । यस्तै, यातायात सञ्चालक र सवारी चालकलाई पनि साँफे –मंगलसेनको रु १६० र साँफे–जयगढ तथा जयगढ–मंगलसेनको रु ८० निर्धारण गरिएकाले सो भाडादरमै यात्रुलाई सेवा दिन निर्देशन गरिएको उनको भनाइ छ । सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन गरिएको र त्यसो गरेको गुनासो आए तत्काल कारबाही गरिने प्रशासनले जनाएको छ । यात्रुलाई पनि सवारी चालक र सञ्चालकले निर्धारित भाडादरभन्दा बढी लिएमा र क्षमताभन्दा बढी यात्रु बोकेमा प्रहरीको १०० नंमा फोन गरी जानकारी गराउन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, अछामले तीनवटै सुरक्षा निकाय र यातायात व्यवसायीको सहभागितामा अछामका सबै क्षेत्रमा सञ्चालन हुने बस तथा जिपको भाडादर रु २० देखि १०० सम्म घटाएर नयाँ भाडादर निर्धारण गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies