/  Thu, August 17, 2017

‘रेणुविरुद्ध आत्महत्या गर्नेदेखि मलामी जाने तयारीसम्म’

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी हुनपूर्व नै नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी उम्मेद्वार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमा गाली र अपशब्दको बर्षा नै चल्यो । ताकि अहिले नेकपा एमालेका कार्यकर्ताहरुले सामाजिक सञ्जाल रेणु दाहालविरुद्ध रंग्याएका छन् । त्यसो त उनलाई बधाइ दिनेहरु पनि कम भने छैनन् ।

रेणु मेयर पदमा विजयी हुनअघि प्रकाश अधिकारीले सामाजिक सञ्जाल फेसबुकबाट नेकपा एमाले बौद्धिक समूहको गु्रपमा स्ट्याटस पोष्ट गरे ‘प्रचण्ड पुत्रीले मेयरमा जिति भने त आत्महत्या गरेरै मर्छु बरु ।’ यो स्ट्याटस रेणुले जित्नु भन्दा अघि नै पोष्ट गरिएको हो । स्ट्याटस हेर्दा लाग्छ अधिकारी नेकपा एमालेका कार्यकर्ता हुन् । यसरी कसैले जित्यो या हार्यो भने आत्महत्या गर्छ भन्ने जस्ता स्ट्याटसले गर्दा अधिकारी मात्रै होईन अरुले पनि यस्तै सिक्छन् । र, भोलि जो कोहिले पनि आत्महत्या गर्न सक्छ । त्यसैले सामाजिक सञ्जालको दुरुपयोग होईन, सदुपयोग गर्न जरुर छ ।

त्यसो त रेणु दाहाल मेयरमा विजयी भइसकेपछि निरज श्रेष्ठ नामक फेसबुक एकाउण्टबाट अर्को स्ट्याटस पोष्ट भयो । श्रेष्ठले दाहाललाई अश्लिल शब्द प्रयोग गरेका छन् । उक्त स्ट्याटसमा रेणुलाई श्रदाञ्जलीसमेत दिइएको छ । श्रेष्ठले स्ट्याटसको अन्तिममा लेखेका छन् ‘मलामीको तयारी गर्दैछु ।’

सामाजिक सञ्जाल अचेल सदुयोग भन्दा दुरुपयोग नै बढि भएको देखिन्छ । कसैलाई गाली गर्नु परे फेसबुक ट्वीटर नै बढि प्रयोग भएको पाइन्छ । कोहि कसैलाई अश्लिल गाली गलौज गर्दा कानु लाग्ने ठान्दा ठान्दै पनि फेसबुकमा समाजमा पच्नै नसक्ने शब्दहरु प्रयोग गरिएको छ । रेणु त एउटा पछिललो उदाहरण हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध पनि फेसबुकमा अश्लिल शब्द प्रयोग गरेर गाली गर्ने कम थिएनन् । भण्डारीलाई अश्लिल शब्दले गाली गर्नेलाई प्रहरीले प्रक्राउ गरिसकेको छ । तर यसअघि रेणुलाई नै अश्लिल शब्द प्रयोग गर्ने निरब ज्ञवाली भने २५ हजार धरौटीमा छुटिसकेका छन् ।

भरतपुर महानगरपालिकाको मेयर पदमा एमालेका उम्मद्वार देवी ज्ञवालीलार्इ २०३ मत अन्तर हराउँदै रेणु विजयी भएपछि उनीबिरूद्द सामाजिक सञ्जालमा एमाले कार्यकर्ता खनिएका हुन् । जेठ १४ गते विवादका कारण मतपत्र च्यातिएपछि भरतपुर-१९ मा शुक्रवार मतदान भएको थियो । भरतपुरको मेयरमा माअोवादी नेतृ रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह निर्वाचित भएका छन् ।

 

साउन २२ गते, २०७४ - १६:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसदलाई ‘बाँदर’ भनेपछि संसद बैठकमा…

सांसदलाई ‘बाँदर’ भनेपछि संसद बैठकमा…

काठमाडौं । व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति...   
प्रधानमन्त्रीलाई बोलाएर के भनिन् राष्ट्रपतिले ?

प्रधानमन्त्रीलाई बोलाएर के भनिन् राष्ट्रपतिले ?

फाइल फोटो काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता...   
चुनावको मिति तोक्न प्रमुख दलको बैठक शुरु

चुनावको मिति तोक्न प्रमुख दलको बैठक शुरु

काठमाडौं । प्रदेशसभा तथा प्रतिनिधिसभाकाे चुनाबको मिति तोक्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा...   
सरकारी गोदाममा कति थन्किएका छन् त्रिपाल र टेन्ट ?

सरकारी गोदाममा कति थन्किएका छन् त्रिपाल र टेन्ट ?

काठमाडौं । केहि दिन अघिदेखि देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोको कारण एक सय भन्दा बढीले ज्यान गुमाएका...   
सरकारी गोदाममा थन्किएको त्रिपाल र टेन्ट वितरण गर्न मन्त्री प्रभु साहको निर्देशन

सरकारी गोदाममा थन्किएको त्रिपाल र टेन्ट वितरण गर्न मन्त्री प्रभु साहको निर्देशन

काठमाडौं । सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको...   
सर्पको डसाइबाट एक बालकको मृत्यु

सर्पको डसाइबाट एक बालकको मृत्यु

फाइल फोटो राजविराज । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट आज एकजना बालकको मृत्यु...   
प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

सप्तरी । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीको विपत्तिपछि...   
निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र...   
भारत र चिनियाँ सेनाबीच झडप

भारत र चिनियाँ सेनाबीच झडप

फाइल फोटो भारत । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार...   
डुबेर आमा-छोरीको ज्यान गयो, अर्की छोरी वेपत्ता

डुबेर आमा-छोरीको ज्यान गयो, अर्की छोरी वेपत्ता

बाँके । राप्ती नदीको डुबानमा परेको नरैनापुर गाउँपालिका ६ गंगापुर कुदेरबेटवा गाउँस्थित सिंगैया नालामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top