Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विराटनगरः कांग्रेस–एमालेका बागी बलियो, यस्तो छ आँकलन

\"\"विराटनगर, १२ असार । दोस्रो चरणको असार १४ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारको समय रातिबाट सकिएको छ । दलहरुले आइतबार मध्यरातको १२ बजेपछि निर्वाचनको प्रचारप्रसारको काम गर्न पाउने छैनन् । मौन अबधिमा सबैले आचारसंहिता कडाईको साथ पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । प्रचारको समय सकिएपनि यो दुई दिनमा हुने आन्तरिक चलखेल र लेनदेनले चुना प्रभावित पार्ने आँकलन गरिन्छ । मौन अबधिमै दलहरुले अबाञ्छित ढंगबाट मत खरिद गर्ने, उम्मेदवारहरुबीच नै अघोषित गठबन्धन बन्ने र प्रचारको समयमा देखिएको जनमत पनि कतिपय बेलामा उल्टिने गरेको छ । दोस्रो चरणको निर्वाचनमा एक मात्र महानगरपालिका विराटनगरमा प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएकोले मौन अबधिमा विराटनगरमा भित्रभित्रै के खेल हुन्छ भन्नेमा दलहरु चनाखो छन् । खासगरी नेपाली कांग्रेसले आफ्नो किल्लाको रुपमा दावी गर्ने विराटनगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम तथा एमाले र लोकतान्त्रिक फोरम गठबन्धन गरी चुनावी मैदानमा खडा भएपछि यहाँको प्रतिष्पर्धा रोचक बनेको छ । चुनाव प्रचारको लागि सबै दलहरुले आफ्नो केन्द्रीय तहका नेताहरुलाई ल्याएर परिचालन गरेका छन् । कांग्रेसका नेताहरु डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला लामो समयदेखि विराटनगरमै छन् भने विमेलन्द्र निधिसहितका नेताहरु पनि अन्तिम चुनावी प्रचारमा सहभागी भएका छन् । कांग्रेसले महानगरको मेयरमा भिम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई मैदानमा उतारको छ । उता एमाले–लोकतान्त्रिक फोरम गठबन्धनका मेयरका उम्मेदवार विनोद ढकाल र उपमेयरकी उम्मेदवार सुची चौधरीको चुनाव प्रचारमा एमाले अध्यक्ष केपी ओली, महासचिब इश्वर पोखरेल, नेता सुरेन्द्र पाण्डेदेखि माधब नेपालसम्म विराटनगर आएका छन् भने लालबाबु पण्डित जीवन घिमिरेलगायत नेताहरु यहाँकै बासिन्दा भएकोले सक्रिय छन् । संयुक्त गठबन्धनको चुनावी अभियानमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागी भइसकेका छन् । माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनबाट मेयर उमेश यादव र उपमेयर नमिता न्यौपानको चुनावी प्रचारमा माओवादी महासचिव रामबहादुर थापा, नेता गोपाल किराती, सावित्रीकुमार काफ्ले, फोरम अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका थिए । सबै दलहरुले चुनावी अभियानको क्रममा आफ्नो पक्षमा लहर आएको भन्दै चुनाव जित्ने दावी गरिरहेका छन् । राप्रपाका मेयरका उम्मेदवार प्रल्हाद श्रेष्ठको दावी पनि चुनाव जित्ने छ । विगतमा के थियो अवस्था ? हाल १ लाख १४ हजार मतदाता रहेको विराटनगर महानगरपालिकाको क्षेत्रमा गत संविधानसभा निर्वाचनमा करिब एक लाख मात्र मतदाता थिए । साविक विराटनगर उपमहानगर जोडिएका मोरङका ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा करिब १ लाख ६० हजार मतदाता थिए । विराटनरबाट मात्र गत संविधानसभामा कसले कति मत ल्याएको थियो भन्ने तथ्यांक पाउन मुस्किल छ । विराटनगर जोडिएका तीन निर्वाचन क्षेत्रमा भने कांग्रेस नै विजयी भएको थियो । ५ मा फोरम नेपाल दोस्रो, माओवादी तेस्रो तथा एमाले चौथो बनेको थियो । ६ मा भने फोरम लोकतान्त्रिक दोस्रो, एमाले तेस्रो र माओवादी चौथो थियो भने ७ मा फोरम लोकतान्त्रिक दोस्रो, माओवादी तेस्रो र एमाले चौथो बनेको थियो । तीन क्षेत्रमा कांग्रेसले ३८ हजार, फोरम नेपालले २१ हजार, फोरम लोकतान्त्रिकले १९ हजार, माओवादीले १४ हजार र एमालेले १२ हजार ल्याएको थियो । जुन मतमा महानगरभित्रको मत सरदर करिब ६२.५ प्रतिशत रहेको अनुमान गर्न सकिन्छ । जसअनुसार काँग्रेसको मत २३ हजार, फोरम नेपालको १३ हजार, लोकतान्त्रिकको ११ हजार, माओवादीको ९ हजार र एमालेको ७ हजार थियो । अहिले थपिएका करिब १५ प्रतिशत मत समानुपातिक रुपमा दलहरुले पाउने हो भने कांग्रेसको करिब २६ हजार, फोरमको करिब १५ हजार, लोकतान्त्रिकको करिब १३.५ हजार, माओवादीको १०.५ हजार र एमालेको ८ हजार मत हुन्छ । तर, विगतकै ट्रेनमा मत यस पटक झर्छ भन्ने छैन । के होला यसपटक ? चुनावमा १ लाख १४ हजार मतदातामध्ये सरदर ७० देखि ७५ प्रतिशत मतदान भएमा ८० देखि ८५ हजार मत खस्नेछ । जसमध्ये अहिले कांग्रेस, माओवादी–फोरम गठबन्धन र एमाले–लोकतान्त्रिक गठबन्धनबीच त्रिपक्षीय प्रतिष्पर्धा हुँदा ३० हजारसम्म मत ल्याउने उम्मेदवार विजयी हुनसक्ने अनुमान गर्न सकिन्छ । विगतकै ट्रेनमा मतदान भएमा कांग्रेस एक्लै प्रतिष्पर्धामा आउने देखिन्छ । किनकी उसकै करिब २६ हजार मत रहेको देखिन्छ । यस्तै माओवादी फोरम गठबन्धनको मत विगतलाई आधार मान्दा २५.५ हजार र एमाले–लोकतान्त्रिक गठबन्धनको मत करिब २२ हजार छ । दलहरुबीचको समिकरणको कारण महानगरमा तीन उम्मेदवारबीच कडा टक्कर हुने देखिन्छ । विराटनगरमा कांग्रेसले माओवादी–फोरम गठबन्धनलाई र सो गठबन्धनले कांग्रेसलाई प्रतिष्पर्धी मानेका छन् । दुबै गठबन्धनको बुझाई एमाले गठबन्धन तेस्रो हुन्छ भन्ने छ । तर, एमालेले भने कांग्रेसलाई प्रतिष्पर्धी मानेको छ । उसले माओवादी–फोरम गठबन्धन तेस्रो हुने बताइरहेको छ । दलहरुबीचको समिकरण जस्तो भएपनि उनीहरुभित्रको आन्तरिक किचलोको कारण चुनाव परिणाम फरक पर्ने विश्लेषण हुने गरेको छ । कांग्रेसको उम्मेदवार चयनमा देखिएको किचलो र एमालेभित्र लोकतान्त्रिकसँग गठबन्धन गरेको कारण उत्पन्न किचलो मतदानमा पनि देखिने अनुमान गरिएको छ । महानगरको मेयरका आकांक्षी अमृत अर्यालले खुलेर पराजुलीको पक्षमा नलागेको चर्चा कांग्रेसमा छ भने एमालेको एउटा पंक्तिले उपमेयरको उम्मेद्वार सुचीलाई आपूmहरुले ‘नचिनेको’ बताइरहेका छन् । त्यसको तुलनामा माओवादी–फोरम गठबन्धन भने बलियो देखिएको छ । किनकी उनीहरुले संयुक्त सभा र संयुक्त चुनाव प्रचार गरेका छन् । वडाहरुमा आ–आफ्नै उम्मेद्वार भएपनि मेयर र उपमेयरको प्रचार भने दुबै पार्टीले गरेका छन् । दुबै जना युवा र समावेशी रहेकोले उनीहरुले त्यही अनुसार चुनाव प्रचार गरिरहेका छन् । चुनावी ‘फ्याक्टर’हरु तीन प्रमुख प्रतिष्पर्धी बाहेक राप्रपालाई पनि विराटनगरमा महत्वपूर्ण पक्ष मानिएको छ । गत संविधानसभामा समानुपातिकतर्फ दोस्रो मत ल्याएको राप्रपाको प्रत्यक्षतर्फ भने कमजोर उपस्थिति थियो । यस पटक प्रल्हाद साह उम्मेदवार भएको कारण मधेसी समुदायको केही मत तान्ने देखिएको छ । त्यसबाहेक निर्वाचनमा सहभागी नभएको राष्ट्रिय जनता पार्टीको मत पनि विराटनगरमा छ । उसको करिब ४÷५ हजार मत रहेको अनुमान गरिएको छ । राजपाका उम्मेदवार नरहेकोले उनीहरुको मत कता जान्छ भन्ने विषयले पनि निर्वाचन परिणाम तलमाथि पार्नसक्छ । राजपाको मत आफूतिर आउने दावी फोरमका यादव र कांग्रेसका पराजुलीले गर्दै आएका छन् । अर्कोतिर विराटनगरमा करिब ४० हजार मधेसी मतदाता छन् । पहिलो संविधानसभामा फोरममा केन्द्रित भएका उनीहरुको धेरै मत दोस्रो संविधानसभामा कांग्रेसले पाएको थियो । तर, अहिले त्यो अवस्था छैन । कांग्रेसका सभाहरुमा मधेसी मतदाताको उपस्थिति कमजोर देखिन्छ भने उसले मेयर र उपमेयर दुबैमा पहाडे समुदायका उम्मेदवार बनाएकोले उनीहरु आफ्नो प्रतिनिधित्व नभएको भन्दै रुष्ट छन् । उता संविधान संशोधनको विरुद्ध उभिँदै आएको एमालेको पक्षमा मधेसी जनमत बन्न सकेको छैन । एमालेका कार्यकर्ताहरु मधेसी समुदायका आम मतदातासम्म पुग्न सकिरहेका छैनन् भने उनीहरु सभाहरुमा पनि त्यो समुदायको उपस्थिति कमजोर देखिएको छ । मधेसी मतदाताहरुलाई माओवादी र संघीय समाजवादीले भने राम्रैसँग आकर्षित गरेको देखिएको छ ।   [caption id=\"attachment_138220\" align=\"alignleft\" width=\"179\"]\"\" भीम पराजुली[/caption] भीम पराजुली, कांग्रेस (मेयर) कांग्रेसबाट मेयरका उम्मेदवार रहेका भीम पराजुली युवामाझ स्थापित छन् । दुई कार्यकाल कांग्रेसको नगर सभापति रहेका उनी यसअघि महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको बागी उम्मेदवार बनेर स्ववियु सभापति भएका थिए । कांग्रेसभित्र अन्तरघात नभएको अवस्थामा पराजुलीले महानगरको नेतृत्व पाउने अवस्था हुनसक्छ । कांग्रेसमा खासगरी पूर्व पार्टी सभापति अमृत अर्यालको भूमिका निर्वाचनमा के हुन्छ भनेर सबैले हेरिरहेका छन् । मेयरको आकांक्षी भएपनि उम्मेदवारी नपाएका अर्याल र एमालेका उम्मेदवार विनोद ढकालबीच ‘नजिकको’ र गैरराजनीतिक सम्बन्ध रहेको चर्चा विराटनगरमा छ । त्यस अनुसार अर्यालले ढकाललाई सहयोग गर्ने एमालेजनहरुको आशा अनुसार उनले काम गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ । कांग्रेसले आइतबार गरेको अन्तिम चुनावी सभाको फितलो उपस्थितिले काँग्रेसी कार्यकर्ताहरुलाई नै झस्काएको छ ।   इन्दिरा कार्की, कांग्रेस (उमेयर) [caption id=\"attachment_138221\" align=\"alignleft\" width=\"206\"]\"\" इन्दिरा कार्की[/caption] पराजुलीको तुलनामा कांग्रेसकै उपमेयरकी उम्मेदवार इन्दिरा कार्कीलाई भने कमजोर उम्मेदवारको रुपमा हेरिएको छ । कांग्रेसको पुरानै कार्यकर्ता भएपनि नगरवासीबीच उनी परिचित छैनन् । अर्कोतिर भागवण्डाको क्रममा उनी कांग्रेसको देउवा समूहमा रहेकै कारण धेरै नाम चलेका नेतृहरुलाई पाखा लगाउँदै उम्मेदवार बनेकोले त्यहाँभित्र पनि असन्तुष्टि छ । उमेश यादव, माओवादी–फोरम (मेयर) [caption id=\"attachment_138223\" align=\"alignleft\" width=\"211\"]\"\" उमेश यादव[/caption] नगरमा विगतको मतको आधारमा दोस्रो शक्ति रहेको माओवादी फोरम गठबन्धनबाट मेयरका उम्मेदवार उमेश यादव मधेस आन्दोलनपछि फोरम राजनीतिमा सक्रिय भएका हुन् । फोरमको नगरमा बलियो पकड हुनु, महानगरमा ५० हजार बढि मधेसी समुदायका मतदाता हुनु, उपमेयरमा माओवादीकी नमिता न्यौपानेले पहाडे समुदायको प्रतिनिधित्व गर्नु र चुनावमा सहभागी नरहेको राजपाको मत पनि आपूmलाई आउने भएकोले जित नजिक रहेको दावी गर्छन् । नगरको दक्षिणी क्षेत्रको एक मात्र मेयरको उम्मेदवार रहेकोले पनि उनलाई बलियो उम्मेदवार मानिएको छ । नेविसंघ हुँदै कांग्रेसको कार्यकर्ताबाट फोरमको राजनीतिमा रहेका उमेशलाई उनको विवादित विगतले भने चुनावको समयमा पनि घोचिरहेको छ । अर्कोतिर जातीय आधारमा पहाडे समुदायको मत नआउने हो कि भन्ने चिन्ता उनलाई छ । नमिता न्यौपाने, माओवादी–फोरम (उपमेयर) [caption id=\"attachment_138224\" align=\"alignleft\" width=\"217\"]\"\" नमिता न्यौपाने[/caption] माओवादी फोरम गठबन्धनबाट उपमेयरकी उम्मेदवार रहेकी नमिता न्यौपालेलाई भने विराटनगरकै सबैभन्दा बलियो उम्मेदवारको रुपमा हेरिएको छ । पार्टीको नगर संयोजकको रुपमा निरन्तर नगरकै काममा सक्रिय उनको उम्मेदवारी दुई महिना अगाडि नै तय भएकोले उनी नगरका अधिकांश मतदाताबीच पुगेर आफ्ना एजेण्डा सुनाएकी छन् । महानगरमा विगतमा माओवादी कमजोर रहेपनि पछिल्लो समयमा भएको पार्टी एकता, माओवादी सरकारले गर्दाका लोडसेडिङ अन्त्यदेखि आर्थिक बृद्धि उच्च राख्नेसम्मका काम, विराटनगरलाई महानगर बनाउन खेलेको भूमिका र संघीय समाजवादीसँगको गठबन्धनले पनि उनलाई बलियो बनाएको छ । त्योसँगै एमालेभित्रको र कांग्रेसभित्रको असन्तुष्टिको फाइदा पनि उनले लिने आँकलन गरिएको छ । तर, गठबन्धन गरेको फोरमका कार्यकर्ताले उपमेयरमा पनि मशालमै मत दिने हुन् कि भन्ने चिन्ता भने बाँकी नै छ । विनोद ढकाल, एमाले–लोकतान्त्रिक (मेयर) [caption id=\"attachment_138225\" align=\"alignleft\" width=\"162\"]\"\" विनोद ढकाल[/caption] एमाले–लोकतान्त्रिक गठबन्धन विगतको मतका आधारमा विराटनगरमा तेस्रो स्थानमा रहेपनि मेयरका उम्मेदवार विनोद ढकाल व्यक्तिगत रुपमा सबैभन्दा प्रभाबशाली हुन् । एमाले मोरङको दोस्रो कार्यकालको नेतृत्वमा रहेका ढकाललाई लोकतान्त्रिकसँगको गठबन्धन र विराटनगरका मारवाडी समुदायसँगको नजिकको सम्बन्धको कारण बलियो बनाएको मानिन्छ । यद्यपी फोरम लोकतान्त्रिकसँगको तालमेलको कारण एमालेको विवाद छरपष्ट हुनु, जिल्लाभरको उम्मेदवारी चयनमा गुटबन्दी गरेको आरोप माधब नेपाल पक्षबाट लाग्नु र विगतमा सांसद उठेर पराजित भएपछि पुनः स्थानीय तहमा आएर नयाँ पुस्तालाई नेतृत्वमा जानबाट रोकेको आरोप उनीमाथि लागेको छ । यस्तै विराटनगरमा विगतमा गुण्डागर्दीको संरक्षण गरेको आरोप लागेका उनी अहिले भने त्यसबाट बच्ने कोसिस गरिरहेका छन् । लोकतान्त्रिकसँगको गठबन्धनको विरोध पार्टीबाट भएका कारण लोकतान्त्रिक सशंकित रहेकोले उसको मत आउँछ कि आँदैन भन्नेमा भने एमालेमा संसय छ । सुची चौधरी, एमाले–लोकतान्त्रिक (उपमेयर) [caption id=\"attachment_138226\" align=\"alignleft\" width=\"186\"]\"\" सुची चौधरी[/caption] एमाले गठबन्धनबाट उपमेयरकी उम्मेदवार बनेकी सुची चौधरी भने कुनै राजनीतिक हैसियत नभएपनि विजयकुमार गच्छदारको आफन्त भएकै कारण उम्मेदवारी पाएकी हुन् । गच्छदारले आगामी संसदीय निर्वाचनमा एमालेले सहयोग गर्ने सर्तमा विराटनगरमा आफ्नो पार्टी बलियो भएपनि कमजोर एमालेलाई महानगरको मेयर स्वीकारेर उपमेयर लिएको चर्चा महानगरमा छ । गच्छदारले एमालेसँगको गठबन्धनलाई रणनीतिक महत्वको बताएर आगामी निर्वाचनमा सहयोग खोजेको संकेत सार्वजनिक रुपमै गरिसकेका छन् । यद्यपी सुचीलाई उपमेयर दिएको विषयमा एमालेभित्र चर्को असहमति कायमै छ । पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी पक्षले सार्वजनिक रुपमा सुची आफ्नो उम्मेदवार नभएको बताइरहेका छन् । एमालेभित्र विवादकै कारण एमालेका कोही पनि कार्यकर्ताले सुचीको पक्षमा प्रचार गरेका छैनन् । शनिबार विराटनगरमा दुई दलको संयुक्त चुनावी सभा गर्ने भनिएपनि एमालेको मात्र व्यानर रहेको सभामा आएर गच्छदार र चौधरीले भाषण गरेका थिए । एमाले कार्यकर्ताहरुले असार १४ गतेसम्म सुचीलाई आपूmहरुले नचिन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेकोले एमालेको धेरै मत उनलाई नजाने देखिएको छ । कांग्रेस–एमालेमा बागीको तनाब विराटनगरमा कांग्रेस र एमालेले आफ्नो बलियो उपस्थिति रहेको बताइरहेपनि उनीहरुलाई विभिन्न वडामा आफ्नै बागीले कडा चुनौति दिइरहेका छन् । विराटनगरको ६, ७, १०, १२, १४ लगायत वडामा कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा भएका छन् भने ५, ८, १०, १३, १४ लगायत वडामा एमालेका बागी छन् । बागी उम्मेदवारलाई दुबै पार्टीले कार्वाही गरेपनि वडामा ती पार्टीका आधिकारिक उम्मेदवारको भन्दा बागीको प्रभाव बलियो देखिएको छ । जसले गर्दा मेयर र उपमेयरको मतसमेत उनीहरुले प्रभाव पार्ने देखिएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies