Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी हुन् ऋण नतिरेर कालोसूचीमा परेका एमालेबाट अध्यक्षका उम्मेदवार

\"\"गुल्मी, ७ असार । घाँस बेच्ने र चन्दा उठाएर चलेका विद्यालयमा बजेट ल्याएर विकास गर्नुको साटो उल्टै ऋण नतिरेपछि विद्यालयले कारवाही गर्ने देखेर यहाँका एक व्यक्ति वडा अध्यक्षको उम्मेदवार बनेका छन् । धुर्कोट गाउँपालिका–६ का कृष्ण नेपाली वडाभित्र पर्ने विभिन्न विद्यालयले ऋण तिर्न ताकेता गरेपछि अध्यक्षको उम्मेदवार बनेका हुन् । ऋण नतिर्ने कृष्ण नेपाली धुर्कोट गाउँपालिका–६ बाट एमालेका उम्मेद्वार हुन् ।

गाउँपालिका भित्रका ईन्दिरा मावि, धुर मावि र छत्रेस्वरी माविबाट उनले ऋण लिएका थिए । प्रावि तहमामात्र सरकारी तलवभत्ता आउने ति विद्यालयमा गाउँका सार्वजनिक जग्गाको घाँस विक्री गरेर चल्दै आएका छन् । विद्यार्थी भर्ना शुल्क तथा अविभावकबाट स्वेच्छिक चन्दा लिएर चलेका ति विद्यालयहरुले संकलन गरेको पैसा ब्याजमा चलाउँदै आएका थिए । तर नेपालीले लिएको ऋण लामो समय भएपछि पनि नतिरेपछि उनलाई पटक पटक ऋण तिर्न ताकेता गरेका थिए । छत्रेश्वर माध्यमिक विद्यालय काफलपानीबाट नेपालीले २०६७ सालमा चौमासिक ब्याज बुझाउने गरी डोजर किन्न भन्दै १ लाख रुपैँया ऋण लगेका थिए । त्यसको एक वर्षपछि ५० हजार त तिरे तर अझै ५० हजार रुपैँया उनले विद्यालयलाई बुझाउन बाँकि रहेको विद्यालयले जनाएको छ । २४ प्रतिशतका दरले विद्यालयमा चौमासिक रुपमा ब्याज बुझाउने भनेपनि अहिले त्यो रकम विद्यालयलाई नतिरेको विद्यालयमा आर्थिक समस्या आउन थालेको प्रध्यानाध्यापक महेन्द्र पन्थीले खबरडबलीलार्इ बताए । ‘हामी यस्तै ऋणको ब्याज उठाएर विद्यालय धानिरहेका छौँ, तर लामो समयसम्म ब्याज नै नतिरेपछि त समस्या भईहाल्छ नि’ उनले भने । त्यो रकम नेपालीले अहिले नै विद्यालयलाई बुझाए पनि ६० हजार त ब्याज मात्रै हुन्छ र त्यसमा सावाँ जोड्दा १ लाख १० हजार पुग्छ । तर तिर्ने छाटँकाटँ नदेखिएको कारवाही प्रक्रिया अगाडी बढाएको विद्यालयको भनाई छ । नेपालीले धुर माध्यमिक विद्यालयबाट लगेको १ लाख २९ हजार रुपैयाँ पनि तिर्न बाँकी छ । २४ प्रतिशत ब्याजदरमा ऋण लगेका उनले १ बर्ष वितिसक्दा पनि बुझाएका छैनन् । हालसम्म उनको ब्याज मात्रै ३० हजार नौ सय साठी भएको विद्यालयले जनाएको छ । उनीबाट त्यो रकम उठाउनको लागि विद्यालयले लगातार पत्राचार गरेपनि अटेरी गरेको विद्यालयका प्रधानाध्यापक दिपक भण्डारीले बताए । ‘विद्यालयमा तलव खुवाउन समस्या छ, ऋण लगेका व्यक्तिले तिर्दैनन्’ उनले भने । नेपालीले इन्दिरा माध्यमिक विद्यालयको ऋण पनि ७ वर्षदेखि नबुझाएर विद्यालयमा समस्या पारेका छन् । विक्रम सम्बंत २०६८ साल मंसिर २१ गते १ लाख ५० हजार ऋण लिएका उनले हालसम्म एकपटक पनि त्यसको ब्याज बुझाएका छैनन् । विद्यालयका अनुसार उनको ब्याज मात्रै २ लाख ६६ हजार २ सय ८९ रुपैँया हुन्छ । ४ लाख १६ हजार बढी रकम भईसकेकोले बुझाउनका लागि पटक पटक ताकेता गर्दा पनि नआएका नेपाली अहिले चुनावमा हिँडेपछि झन समस्या भएको विद्यालयले जनाएको छ । ‘हामीले पटक पटक ऋण असुलिको लागि पत्रचार ग¥यौँ तर पैसा आएन’ विद्यालय व्यवस्थापन समितिका एक सदस्यले भने ‘सात बर्षदेखि गाउँको विद्यालय बनाउनुको साटो ऋण तिर्न अटेरी गरेपछि कसरी स्कूल चल्छ ?’ समयमै ऋण नबुझाएमा कारवाही गर्ने सम्बन्धित विद्यालयहरुले पत्राचार गरेपछि वडा अध्यक्षका उम्मेदवार बनेका उनी अव वडामा आफूले सबै मिलाउने भन्दै हिँडेका छन् । ‘अब विद्यालय चलाउने भनेको वडाले हो, सबै मैले मिलाउँछु भन्छन’ ऋण माग्ने विद्यालयलाई उनले दिने गरेको जवाफ उधृत गर्दै एक प्रधानाध्यापकले भने ‘यहाँ शिक्षकलाई तलव खुवाउन समस्या भैसक्यो, उनले कहिले मिलाउने हुन ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies